लुटिएको सुन प्रहरीको घरमा

काठमाडौ, १४ साउन । केही दिनअघि कलंकीबाट लुटिएको १ किलो सुन महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत सादा पोसाकका प्रहरी जवानको कपिलवस्तुस्थित घरमा फेला परेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले प्रहरी जवान भागिराम थारुको घरबाट सुन बरामद गरेको हो । बरामद सुन माटोमुनि लुकाइएको अवस्थामा फेला परेको छ । प्रहरीले लुटपाटमा सम्लग्न ३

सुरक्षा मागेको ३ दिन नबित्दै हत्या

सप्तरी, १४ साउन । शान्ति सुरक्षा माग्दै ३ दिन अघि जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेकी एक महिलाको विभत्सढंगले हत्या गरिएको छ । सप्तरी सिम्राहा सिग्यौन ६ बस्ने ४० वर्षीया उर्मिलादेवी मण्डलको घाँटी रेटी हत्या गरिएको हो । गत शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आफ्नो ज्यान खतरामा रहेको र कुनैबेला पनि आक्रमण हुन सक्ने भन्दै उर्मिलाले गाँउकै

पारस शाहको दुब्लाएको फोटो सार्वजनिक

पारस शाहको दुब्लाएको फोटो सार्वजनिक नेपाल फर्कनु अगाडि सामाजिक सञ्जाल फेबुकमार्फत पूर्व युवराज पारस शाहका केही तस्वीर सार्वजनिक भएका छन । गाजासहित पक्राउ परेपछि उनी नेपाल आउने चर्चा सुरु भएको थियो । नेपाल आउनु अघि सार्वजनिक तस्वीरमा पासर निकै दुब्लाएको देखिएको छ भने कपाल निकै लामो छ । उनी सोमबार बैंककस्थित शिव मन्दिरमा पुगेका छन् । मन्दिरमा पूर्जा अर्चना गर्दै

विषालु च्याउ खाँदा एकै परिवारका चारको ज्यान गयो

दैलेख, १३ साउन। दैलेखको डाँडापराजुली गाविस वडा नं। १ आरुखर्कमा विषालु च्याउ खाँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमा चन्द्रा गाहा मगर, उनकी छोरी झरना, छोराहरु विशाल र भुपेन्द्र गाहा मगर रहेका छन् । च्याउ खाएका २ जनाको अवस्था चिन्ताजनक रहेको छ । चन्द्राले घाँस काट्न जाँदा जंगलबाट ल्याएको च्याउ खाएपछि

श्यामर रिन्पोचेको शव आज भुटानबाट काठमाडौ ल्याइयो

काठमाडौ, १३ साउन । १४ औं श्यामर रिन्पोचेको शव अन्तिम संस्कारका लागि भुटानबाट आज काठमाडौं ल्याइएको छ। मन्त्रिपरिषद्ले उनको शव नेपाल ल्याउन अनुमति दिने औपचारिक निर्णयपछि ड्रुक एयरलाइन्सको चार्टंर उडानबाट रिन्पोचेको शव काठमाडौं ल्याइएको हो। काठमाडौं विमानस्थलबाट उनको शव सिधै रानीबनस्थित शरमिनाभ गुम्बामा लगिएको छ। मंगलबार र बुधबार अन्तिम श्रद्धाञ्जलीका लागि राखेर बिहीबार उनको त्यही

रेडियो स्टेशनमा ब्लुफिल्म धन्दा, आफ्नै सहकर्मीको ब्लुफिल्म बनाएपछि पत्रकार पुगे खोरमा

काठमाडौ, १३ साउन । साइवर मुद्दामा यतिवेला दुई पत्रकार थुनामा छन् । समाचारपत्रका लेखनाथ अधिकारी र ललितपुर शाखाका सदस्य मन्त्रायको प्रोजेक्टमा काम गर्ने गोकर्ण भट्टलाई प्रहरीले थुनामा राखी अनुसन्धान गरिरहेको छ । सोझा स्वभावका पत्रकार अधिकारी व्यापारी पशुपति मुरारकालाई जननेपाल नामक फेसबुक पेजबाट धम्काएको आरोपमा पक्राउ परेपछि सञ्चारकर्मीहरु आश्चर्यमा परेका छन् । त्यस्तै राष्ट्रिय एड्स

नाङ्गै पारेर श्रीमतीलाई घर निकाला गर्ने श्रीमान पक्राउ

धादिङ, १३ साउन । सदरमुकामस्थित नीलकण्ठ नगरपालिका– ३ की एक महिलालाई गएराति उनका श्रीमानले कुटपिट गरी नाङ्गै पारेर घर निकाला गरेका छन् । उत्तरी धादिङको बसेरी गाविसका पूर्वअध्यक्ष डम्मर ढकालले आफ्नी श्रीमती ४५ वर्षीया राधा ढकाललाई सदरमुकामस्थित घरमा बसिरहेको बेला कुटपिट गरी नाङ्गै पारेर घर निकाला गरेको प्रहरीले जानकारी दिएको छ । ‘पहिला कुटे, त्यसपछि

कार्यकर्ता पढाउन एमाओवादीले बनायो पाठ्यक्रम

काठमाडौ, १३ साउन । शान्तिपूर्ण राजनीतिको कोर्समा प्रवेशयता पार्टीका नेता कार्यकर्तामा अध्ययन गर्ने बानी हराएको भन्दै एकीकृत नेकपा माओवादीको केन्द्रीय स्कुलिङ विभागले पाठ्यक्रमै तयार पारेको छ । नेता कार्यकर्तामा देष्टिकोणमा देखिएको समस्या हल नगरे पार्टी विद्यटनमा जान सक्ने भन्दै यस्तो पाठ्यक्रम तयार पारिएको हो समाचार आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । माघ २०७० को

शरीरमा तातो पानी खन्याएर हत्या

कञ्चनपुर, १२ साउन । कृष्णपुर–४ कोइराल भुजियाका ४३ वर्षीय टेकबहादुर ऐरको शरीरमा तातो पानी खन्याएर हत्या गरिएको छ। त्रिवेणीचोक नजिकको पल्टुराम चौधरीको खेतमा उनी गएराति मृत अवस्थामा फेला परेका थिए। तातो पानी खनाउँदा शरीरको छाला पूरै खुइलिएको र घाँटीमा घाउ रहेकाले हत्या गरिएको हुन सक्ने इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक राजेन्द्र नाथले बताए।

त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा बंगलादेशको बीजी बिमानमा आगलागी

काठमाडौ, १२ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बंगलादेशको बीजी ७०२ बिमानमा सामान्य आगलागी भएको छ। सोमबार दुई बजे अवतरण गर्ने क्रममा विमानको पछाडिको दायाँपट्टिको चक्कामा आगो लागेको हो। विमानस्थलका अग्नी नियन्त्रकले तत्काल आगो नियन्त्रणमा लिएका थिए। विमानमा सवार यात्रुलाई सकुसल उद्दार गरिएको छ। अहिले विमानलाई पार्किङ गरेर राखिएको र विमानको अपरान्ह ३.१० मिनेटको