विवाहअघि नो सेक्स – मोनिका दाहाल

बलिउड फिल्म ‘एक था टाइगर’ सामू उत्रिएको फिल्म हो– लभ इज लाइफ । राजधानी र मोफसलका हलमा यसै साता रिलिजको भएको फिल्मको यही आइटम गीतका कारण सुपर हिट भएकी छन्, नवनायिका मोनिका दाहाल । यसको नृत्य र नखराले देखाउँछ, मोनिका क्रेज । लभ इज लाइफको कामुक गीत र नृत्यले कलिउडको बक्स अफिस तताएको छ ।

किस सिनदेखि बेड सिनसम्म छाएकी मोनिकालाई एकातिर बाटोमा जिस्काउनेहरु देखेर खुसी लाग्छ, भने अर्कातिर गलत हिसाबले कटाक्ष गर्नेहरु देख्दा दिक्क लाग्छ । तैपनि दर्शकले पैसा तिरेर हेरेपछि केही न केही मनोरन्जन दिनुपर्छ भन्ने उहाँको धारणा छ । “कथाले मागेपछि के गर्नु ? मैले नदिए मेरो ठाउँमा अर्की नायिकाले कथा मागेको दृश्य दिइहाल्छन्,” उहाँको स्पष्ट भनाइ छ, “बेड सिन, किस सिन सामान्य हो । यस्ता कामुक दृश्य दर्शक्ले एकदमै मनपराएका छन् । नेपाली सिनेमामा अश्लीलता बढ्नुमा कलाकारभन्दा पनि दर्शकको माग हो ।”

छोटो समयमा बोल्ड र ब्युटी देखाउन सफल यी उदीयमान नायिका सेक्स फिल्म बन्नुहँदैन भन्ने पक्षमा हुनुहुन्छ । फिल्म समाजले स्विकार गर्न सक्ने, परिवार बसेर हेर्न सकिने हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ । युवा पुस्तालाई मनोरन्जनमुलक फिल्म नै चाहिने उहाँको भनाइ छ । काठमाडौंमा एक था टाइगरकै रजगज भए पनि राजधानीबाहिर मोनिकाको आइटम डान्सले बजार पिटेको छ । सबको मुखमा झुन्डिएको छ,– हेर न हेर चुहियो, तप्प तप्प चुहियो जवानी ।

मोनिकाको डेब्यु फिल्म हो– लभ इज लाइफ । त्यसो त यसअघि नै छवटा फिल्ममा उहाँले अभिनय गरिसक्नुभएको छ । सिन्धुलीको सुगारेमा २०४६ सालमा अमरचन्द्र दाहाल र शारदा दाहालकी कान्छी छोरीका रुपमा जन्मिएकी मोनिकाका दुई दिदी र एक भाइ छन् । उहाँको प्रारम्भिक शिक्षा गाउँमै भए पनि कलेजचाहिँ काठमाडौंमा पढ्नुभयो । हाल ब्रिलियन्ट कलेज चाबेलमा समाजशास्त्र विषय लिएर बिए तेस्रो वर्षमा पढाइ चल्दैछ ।
फिल्म लाइनमा उहाँको प्रवेशचाहिँ संयोग हो । नाचगानमा बाल्यकालदेखि नै रुचि भए पनि कलेजको वेलकम पार्टीमा उहाँको नाच हेरेर औधी प्रभावित हुनुभयो, निर्देशक लय संग्रौला । तत्कालै अफर गरिहाल्नुभयो– नानी, एउटा रोल छ । खेल्छौं ? नभन्दै नेपाल टेलिभिजनको टेलिशृंखला थोरै भए पुगिसरीको ३० भागसम्म मुख्य भूमिकामा छाउनुभयो, मोनिका । त्यसको रेस्पोन्स पनि राम्रो आयो ।

संग्रौलाकै सिफारिसमा मनमनै मन पराएँ फिल्ममा सहअभिनेत्रीको रोल पाउनुभयो । अभिनय गर्न गाह्रो हुने नै भयो । विस्तारै सजिलो हुँदै गयो । निखार आउँदै गयो । त्यसपछि खेल्नुभयो, रुद्राक्ष, वर्षात, ब्ल्याकनाइट, सुरक्षा गार्ड, धर्मयुद्ध आदि । त्यसो त उहाँलाई मनपर्ने हिरो, हिरोइन भने राजेश हमाल र करिश्मा मानन्धर रहेछन् । करिश्मामा नभएको कुन गुण छ त मोनिकामा । उहाँ भन्नुहुन्छ,– दिदीभन्दा मेरो हाइट बढी छ । उहाँको उचाइ ५ फिट ५ इन्च रहेछ ।

नयाँ हिरोइन भए पनि अभिनयमा उहाँको कौशल कमजोर छैन । अभिनयका रहस्य पनि थाहा हुन थालेको छ । विशेषतः समाजका लागि शिक्षाप्रद र लभ स्टोरी सिनेमा खेल्न मनपर्छ उहाँलाई । लोकदोहोरीमा समेमत रुचि राख्ने मोनिकालाई परिवारको समेत सपोर्ट छ । त्यसमा पनि बुबाआमाको । पहिलो अफर आउँदा बुबाआमाले भन्नुभयो रे– अरु कति तालिम लिएर पनि मौका पाउँदैनन्, आएको मौका किन छाड्ने ?
नभन्दै अभिनयमा सिपालु हुनुभयो, क्यामरा फेस गर्न सफल हुनुभयो । लय संग्रौला उहाँका गडफादर भए टेलिफिल्मका लागि । त्यसपछि शंकर अधिकारी घायल । परिवारिक चिनजानका घायललाई उहाँ अंकल भन्नुहुन्छ । अधिकारीकै कारण फिल्ममा जम्दै हुनुहुन्छ अहिले । समयले साथ दिएमा अझ राम्रो गर्दै जाने सोच पनि छ ।

उहाँलाई खानामा साधारण दालभाततरकारी मनपर्छ । कुनै अम्मल छैन । सिगरेट त अरुले खाएको समेत मन पर्दैन । लगाउनमा साडी मनपर्छ उहाँलार्य । अहिलेसम्म विदेश जानुभएको छैन । अब चाँडै जाने विचार छ । विदेशबाट फर्केर फेरि नेपालमै बस्ने चाहना पनि । उहाँले घुमेका ठाउँ लुम्बिनी र गोरखा हुन् । सिनेमाका साथै पढाइको व्यस्तताले थप घुम्न पाउनुभएको छैन ।

उहाँको आइडल कोहीछैन । तर, त्यसै कारण पछि परेजस्तो पनि लाग्छ । सिनेमा क्षेत्रमा शारीरिक शोषण हुने कुरा उहाँलाई स्वाभाविक लाग्छ । उहाँ भन्नुहुन्छ– त्यो मान्छेअनुसार हुन्छ । सोचाइअनुसार पनि हुन्छ । मैले चाहिँ त्यस्तो परिस्थिति सामना गर्नुपरेको छैन । त्यसो त अहिलेसम्म उहाँको कुनै रिलेसनसिप पनि छैन रे ।

उहाँको विचारमा मुर्खको औषधी हो प्रेम । जो माया दिएर परिवर्तन हुन्छ । तर, उहाँ प्रेम नगरी एकैचोटि विवाह गर्ने पक्षमा हुनुहुन्छ । त्यो पनि बुबाआमाले खोजिदिएको केटा । विवाह पनि अहिले होइन, चार, पाँच वर्षपछि गर्ने उहाँको तयारी छ । ह्यान्डसमभन्दा पर्फेक्ट अनि आफ्नै खुट्टामा उभिएको र आफैं संघर्ष गरेर अघि बढ्ने सक्षम पुरुष नै उहाँको सपनाको राजा हुन सक्छ ।

सेक्स बेसिक निड हो उहाँको विचारमा । कुन ठीक र कुन गलत भन्ने छुट्याउन नसक्ने भई त्यस्ते सम्बन्ध राख्न नहुने उहाँको स्पष्ट मान्यता छ । सेक्स कसैको आवश्यकता हुन्छ, कसैको बाध्यता । कोही बुझेर लाग्छन्, कोही नबुझीकन पनि लाग्छन् । तर सेक्स प्रकृतिको नियम हो । यसलाई आफ्नो आवश्यकताअनुसार प्रयोग गर्नु राम्रो हो । चुम्बनदेखि बेडसिनसम्मका दृश्यले प्रसिद्धि पाएकी मोनिकालाई सेक्सको अनुभव छ कि छैन त ? उहाँ भन्नुहुन्छ– अहिलेसम्म म भर्जिन छु । विवाहअघि नो सेक्स, नो अफयर्स ।

-ऋषि
काठमाडौं

 

3 Responses to “विवाहअघि नो सेक्स – मोनिका दाहाल”

  1. हितमान घले, लाप्राक गोर्खा says:

    It doesn’t really matter to have sex before marriage as long as you are safe
    but it is entirely up to you if you wanna go for it.

    It is kinda weed but I have seen heaps of single young mum.

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 11

  2. Gurung dev says:

    नीलो बनाइसके पछी बल्ल होस् आयो क्या हो ! कि बिवाह को एडवर्ट्राइज गर्या ?

    Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 1

  3. आरे बेबी, कम्मन , लेट्स गेट स्टार्टेड …..

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)