ज्यान मारा बनेको कर्णाली राजमार्ग,काल बन्यो राजमार्ग

कर्णाली राजमार्गको सुर्खेत-जुम्ला खण्डमा सोमबार साँझ ५:४५ बजे मान्मबाट ३७ यात्रु बोकेर जुम्ला गुडेको ना४ख ६८७७ नम्बरको बस सोमबार राति ११ बजे कालिकोटको पाखा- १, बिर्तामोडमा सडकबाट ५ सय मिटर तल तीलानदी किनारमा खस्दा २८ यात्रुको मृत्यु भएको हो । २८ जनाको ज्यान लिने गरी भएको दुर्घटनास्थल कर्णाली राजमार्गको ‘अत्यन्तै खराब खण्ड’ का रूपमा चिनिन्छ। त्यहाँ खोल्नुपर्ने जति फराकिलो ट्र्याक खोलिएको छैन। कालिकोट-जुम्ला खण्ड पिच र विस्तारको जिम्मा लिएको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्ट (आरएसडिपी) कार्यालयका अनुसार उक्त खण्डमा सरदर साढे ३ मिटरमात्र ट्र्याक खोलिएको छ। सडकको स्टिमेटमा पाँच मिटर चौडाइ हुनुपर्ने उल्लेख छ।
बस दुर्घटना भएको खण्ड राजमार्गको साइगाउँ-राँचुली खण्डअन्तर्गत पर्छ। यो खण्डको निर्माण नेपाली सेनाले गरेको हो जहाँ हालसम्म सबैभन्दा बढी सडक दुर्घटना भएका छन्। कर्णाली राजमार्ग सरोकार समितिका अनुसार राजमार्ग सञ्चालनमा आएयता भएका करिब १ सय ५० दुर्घटनामध्ये अधिकांश त्यही खण्डमा भएका छन्। समितिका सदस्य कालिकोटका कटकबहादुर शाही भन्छन्, ‘सडक नाममात्रको छ, उताबाट अर्को गाडी आयो भने दायाँबायाँ गर्ने ठाउँ हुँदैन, दुर्घटना भइहाल्छ।’ कतिपय दुर्घटना चालकले मोड्ने र पछाडि सार्ने क्रममा भएको उनले बताए। हालसम्म उक्त खण्डमा भएका दुर्घटनामा कम्तीमा सयजनाकोे मृत्यु भएको उनको भनाइ छ।
यसअघि २०६७ चैतमा साइगाउँ-राँचुली खण्डको किट्टुनजिकै बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको थियो। सोमबारको दुर्घटना त्यसपछिको ठूलो हो।off the beat

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

10 Responses to “ज्यान मारा बनेको कर्णाली राजमार्ग,काल बन्यो राजमार्ग”

  1. Tirtha gurung (U.K.) says:

    हार्दिक समबेदना …………….मृतात्मा प्रति …………..

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 2

  2. Anup Lama says:

    सबैलाई सहिद घोषणाको माग गरे कसो होला ? एउटा रक्सि पिएर केटि संगको रोमान्समा कुरा नमिलेर मृत्यु हुने पत्रकारले सहिद घोषणा अनि जेलमा गुण्ड गर्दी गर्दै बिताउदैअनि त्यहि मृत्यु हुदा सहिद घोषणा हुदा यिनीहरुले किन नपाउने ? होइनाता ?

    Well-loved. Like or Dislike: Thumb up 104 Thumb down 5

  3. pasang sherpa says:

    ५ मिटरको हुनु पर्ने ३ मिटरको मात्र बाटो ३ ४ इन्च को पिच हुनु पर्ने १ इन्च को मात्र पिच किन एती कम्जोर नेपालको सरकार कसरि पास बायो योजना रोड बनाउने आर्मीको ठेकदार र योजना पास गर्ने निरहकछेन लाई तुरुन्तै कारबाई गर्नु पर्छ एस्तो तरिकाले कहिले हुने हाम्रो नेपालको विकास नेता गदारी ठेकधर गदारी सरकारी कर्मचरी गदारी पुलिस गदारी गदारी नै गदारी यी सबै गदारी हरुलाई कारबाई गरी मिर्तक हरुको परिवारलाई छेयतीपूर्ति दिलाउनु पोर्छ सरकारले

    Well-loved. Like or Dislike: Thumb up 72 Thumb down 0

  4. ram oli says:

    यो सबै रोड़ निर्क्छं को कमजोरी हो त्यो ओभर सीयार र इन्जिनियर लाइ लिल्म्बं गरी कार बाहिको दाइरा मा लिनु पर्छ र सो सडक लाइ पुन मर्मत गरी फराकिलो बनाउनु पर्छ यदी सरकार मा रहने हरुलाई जनता को माया छ भने

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 1

  5. pardesi tara nepali says:

    साह्रै दुख लक्दो छ, मृतकहरुका परिवारमा दुख त पर्ने भो अब देशको बिकासको नाममा कहिले पनि आखा नखुल्ने भयो. कहिले सम्म अनुपयुक्त चिजको निर्माण गर्ने, लगानी हाले पछी खातायेरै भए पनि राम्रै बनाउन कयिले सिक्ने हो.

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

  6. regish says:

    त्यो ठाउँ लै नमिठो नाम दिनु भन्दा चालक, सडक , नेपाली का नकारात्मक चरित्र, सडकका व्यक्ति , नेपाली राजनीतिमा सुदर हुनु जरुरि छ

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  7. magar aatteess says:

    दुर्घटना सत्य भये पनि please फोटो वास्तविक छपाउनु होला ……….
    यो त कतै २०६८ कार्तिकमा सिन्धुलीको दरलाग्दो दुर्घटनाको फोटो त होइन ?????????????
    राम्रोसँग हेरौ ।।।।। आखिर किन यस्तो लापर्बाही ????????????
    any way …..
    हार्दिक समबेदना …………….मृतात्मा प्रति …………..

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • magar aatteess says:

      २८ जनाको फोटो तेती धेरै हुन्छा त??????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

  8. सम्पूर्ण नेपाली मित्रहरु नेपाल मा प्लेन दुर्घटना मा २ जना को मिर्तु भय पनी त्यस ले नेपालको मंत्री सम्म को सहनुभुती पाउछ/ बस को दुर्घटना हुदा सरकार लाई वास्ता पनी हुदैन होला.त्यसमा मिर्तक को परिवार ले भोग्ने सास्ती त छदै छ/नेपाल मा कति यात्रु बाहक बस को दुर्घटना हुन्छ हामी सबै लाई थाह छ /अब हामी सबै नेपाली मीलेर सडक दुर्घटना हुदा पनी हवाई दुर्घटना मा जस्तै पउने बीमा को लागी पहल गर्नु पर्यो/यस ले मृतक क परिवार लाई राहत पुगोस.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  9. Bishwaraj says:

    राम राम – हे भगवान – घटना नै घटना को देश- मर्ने त त्येही गरीब- यी सबै चोर, भ्रस्ट नेताहरुले गर्दा भएका -

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)