प्रहरीद्वारा २१ तोला सुनका गरगहना बरामद

तनहुँ,मंसिर ४ । भारतको हरयाणाबाट केही समयअघि चोरी गरिएको २१ तोला सुनका गरगहना तनहुँको डुम्रे प्रहरीले बरामद गर्न सफल भएको छ । नवलपरासी जिल्ला देउराली गाविस  ४ स्थायी घर भई भारतको हरयाणामा चौकीदार काम गर्ने मानबहादुर विकले चोरी गरेर ल्याएको उक्त सुनका गरगहना आइतबार डुम्रे प्रहरीले बरामद गरेको हो । उक्त सुन डुम्रे बजारस्थित पोखरेली सुनचाँदी पसलका सञ्चालक राजेन्द्र कुमार सुनारलाई रु पाँच लाख ६८ हजारमा बिक्री गरेको र उक्त सुनको वर्तमान बजार मूल्य करिब रु १३ लाख रहेको तनहुँका प्रहरी प्रमुख देवीबहादुर बोहराले जानकारी दिनुभयो । भारतको हरयाणास्थित एक घरमा चौकीदार काम गर्दै आएका विकसहित तीन जनाले घरधनीलाई नसालु पदार्थ खुवाएर गरगहना लुटेको प्रहरी अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो । पक्राउ परेका विक, पोखरेली सुनचाँदी पसलका सञ्चालक सुनार र गरगहनालाइ नवलपरासी प्रहरीमा बुझाइएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस

-
 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)