आफ्नै भैँसीले आक्रमण गरी एक जनाको मृत्यु

गौशाला,मंसिर ४ । भैँसीको आक्रमणबाट महोत्तरीको बथनाहा गाविसमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने बथनाहा  ७ मरुवाही बस्ने वर्ष ७५ का हासिम कवारी रहेका छन । सोमवार बिहान घरबाहिर घाम तापेर बसिरहेका कवारीलाई आफ्नै भैँसीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो। घाइते कवारीलाई परिवारजनले उपचारका लागि भारतीय सहर सुरसण्डमा लगेको र उनको उपचारकै क्रममा मृत्यु भएको स्थानीय माओवादी नेता सत्येन्द्र यादवले बताउनु भयो । कवारीका नातिले भैँसीलाई चराउन वनमा लगिरहेका बेला त्यो भैँसीले हातको डोरी फुत्काएर कवारीमाथि आक्रमण गरेको थियो । रासस

-
 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)