मोटरसाइकल दुर्घटनामा परेर माओवादी कार्यकर्ताको मृत्यु

सिरहा,मंसिर ४ । शिक्षामन्त्री दीनानाथ शर्मालाई स्वागत गरेर सिरहाको बडहरामाल बाट फर्किने क्रममा ज.३.प १६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर घाइते एक माओवादी कार्यकर्ताको सोमवार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा पिप्रा ९प्रपि०–४ का ४० वर्षीय गङ्गाराम यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यादवको उपचार सिरहामा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो हस्पिटल पुरयाइएको थियो । चौहर्वा सडकखण्डको नहरामा यादव चढेको मोटसाइकल दुर्घटनाग्रस्त भएको थियो ।

-
 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)