पाल्पा,मंसिर १० । पाल्पामा आइतबार बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । रुपन्देही गंगोरियाका २६ बर्षीय पशुपति वस्यालको तानसेन मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका अर्का एक घइतेको मिसनमै उपचार भैरहेको छ ।
बुटवलबाट बालुवा लिएर तानसेन आउँदै गर्दा तानसेन अप्पु भिलेजमा ब्रेक फेल भएर पछि हटेको ट्याक्टर सडकबाट करिव ३० मिटर तल खसेको थियो ।
ट्याक्टरमा सवार चारजना मध्ये दुईजना हाम फालेर सकुसल रहेको प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।
Hi, do you have a facebook ID?
return man 2
मन परे हरियो, नपरे रातो
0
0