मोरङ कटहरिका एक युवाले गाईपालन गरी मासिक पचास हजार रुपैयां भन्दा बढी आम्दानी गर्दै आएका छन्। उनको कामले रोजगारीका विदेश नै जानुपर्छ भन्ने मान्यतालाई चुनौति मात्रै दिएको छैन, आफू लगनशील भए पैसा आफ्नै हातमा छ भन्ने स्पष्ट पारेको छ।मोरङ कटहरिका प्रभात बिहानीले ६ वर्ष अघि गाईपालन सुरु गरेका हुन्। १५ वटा गाई ल्याएर गाईपालन सुरु गरेका उनले अहिले नेसनल क्याटल फार्मिङ नै दर्ता गरी व्यावसायिक गाईपालन सुरु गरेका छन्। उनको फार्ममा अहिले एक सय वटा गाई छन्। एउटा गाईको मूल्य पचासदेखि असी हजार रुपैयासम्म पर्ने गरेको उनी बताउंछन्। उत्पादित दूधलाई विराटनगर पुर्याई विक्री गर्ने गरेका उनले यस व्यवसायबाट राम्रै आम्दानी भएको बताए। दूध विक्रिबाट मासिक पचास हजार रुपैयां भन्दाबढी मुनाफा हुने उनको भनाइ छ। उनको फर्ममा रहेका गाईमध्ये तीस वटाले दैनिक दुध दिने गरेका छन्। जसबाट दैनिक चारसय लिटर दूध उत्पादन हुने गरेको छ। एउटा गाईले दैनिक १५ देखि तीस लिटरसम्म्ा दुध दिने गरेको छ। उनले फार्ममा ११ जनालाई रोजगारीसमेत दिएका छन्। गाइलाई खुवाउने दाना अभाव र बढ्दो लोडसेडिङका कारण चोकर उत्पादन तथा गाईको स्वास्थ्य परीक्षणका लागि चिकित्सकको अभाव जस्ता भने समस्या रहेको उनको भनाइ छ। सरकारले कृषि क्षेत्रमा लगानी गर्ने बातावरण सृजना गरे युवा पुस्ता कृषि क्षेत्रमा आकर्षित हुने उनी बताउछन्। मानवहादुर ओली-himalayatv
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
प्रभात बिहानी लाइ धेरै धेरै शुभकामाना ..पत्रकारले युवाहरुलाई जोश बडाउने खबरको लागि द्यान्न्याबाद ..सहि कुरा हाम्रो सरकार नकाम रहेर युवाहरु बिदेशिनु परेको हो …देशमै केहि गर्ने इक्ष्य धेरै युवाहरुको छ
Well-loved. Like or Dislike:
43
0
Congratulations!
नेताको चाकरी गर्दैमा र पार्टीको झण्डा बोक्दैमा केही लछार पछार लाग्दैन l
नेताको पुच्छर हरुको घैटोमा घाम लाग्नु जरुरि छ l
अलि अलि भएको दिमाग ढुंगा मुडा, टाएर बालनी, सडकमा उफ्रिनी कुरा मा भन्दा Creative र Technical कुरा मा खर्च गरे राम्रो l
We need a full solid budget to train people about professional farming, animal keeping and to buy professional tools and stuffs.
Well-loved. Like or Dislike:
38
1
जोस र अठोट नभएको हैन. बिदेशिनू पनि आफ्नो आफ्नो बाध्यता हुन्छ. देश छोडेर हिड्दा धेरै चोट परेको छ.
Well-loved. Like or Dislike:
10
0
श्रीमान,
पत्रकार महोदय,
उपरोक्त लेख धेरै राम्रो लाग्यो. तपाइको भनाइ सहि हो, “रोजगारीका लागि विदेश नै जानुपर्छ भन्ने मान्यतालाई चुनौति(लगनशील भए पैसा आफ्नै हातमा छ)” तर तपाई आफैले सोचेर हेर्नु, १५ वटा गाई किन्नलाई कति लगानी गर्न पर्छ सुरुवातमा ? के यो सबै नेपालीको घरमा सम्भव छ त ? हरेक नेपालि तेत्तिकै विदेशिएको छैन होला जस्तो लाग्छ | उसले पनि नेपाल मै केहि गर्न खोज्दा खोज्दै सिप नलागेर यो बाध्यतालाइ अपनाएको हुन् सक्छा | तपाइँ जस्तो कैयो पत्रकार, मोडेल, गायककार तथा कलाकार जस्ता महान हस्ती हरु पनि विदेशिनु बाध्य भएका छन् | सो कुरा सबैलाई सर्वविदितै छ | कसैले नेपालमै तरक्की गरेको छ भने कसैले बिदेशमा पनि राम्रै तरक्की गरेका छन् | यदि नेपालमै सबैले तरक्की गर्न सके राम्रै हो | हुनु पनि पर्ने थियो तर तपाइले एक चोटी फेरी सोच्नुस कि के यो हाम्रो नेपाल मा सबै नेपालीलाइ सम्भव छ त ?
Well-loved. Like or Dislike:
23
0
माथिको कुरा लगभग सहि हो. एकचोटी म क्रिशिमूखी पर्येटन कम्पनी खोल्न को लागि दर्ता गर्न जाँदा मेरो त्यो नया कम्पनी क्रिशिमूखी पर्येटन भनेको क हो? तेस्को परिभासा दिनुष भन्ने कुरा आयो. तेस प्रश्न लाइ मैले, क्रिशिमूखी पर्येटन भनेको अग्रो तौरिस्म हो भन्दा मेरो कम्पनी उक्त नाम बाट परिचय गर्न मिल्दैन भनि त्यो नाम राख्न दिएयेना, तेस्ता बेयेक्ति पनि छन् कति पए सरकारी कार्यलायेमा. काम गरि खान्छु भन्ने लाइ पनि विविन्न खालका बाधा अड्चन दिन खोज्छन, अनि किन युवा नाबिदेसिउन?
मन परे हरियो, नपरे रातो
2
0