लमजुङका भीरपहरामा आयोजना हुने मह शिकार महोत्सवको मज्जा नै बेग्लै

लमजुङका भीरपहरामा आयोजना हुने हनी हन्टिङ अर्थात् मह शिकार महोत्सवको मज्जा नै बेग्लै छ। केही वर्षदेखि नियमित आयोजना हुंदै आएको मह शिकार महोत्सवमा यस वर्ष पनि कैयौंले आनन्द लिए। मह शिकारीहरु साइत जुराएर मह काढ्न थाने भएकाले पनि यसको छुट्टै पहिचान रहेको छ। कहालीलाग्दा भीरपहरामा हुने महशिकार अथार्त ‘हनि हण्टिङ’ विश्वमै बिरलै हुने गर्दछ। यसवर्षको महोत्सवमा घनपोखराको ङ्योजेे भीरमा महशिकारी खुसीराम गुरुङ, मेनप्रसाद गुरुङ र बिर्खराज गुरुङले मह शिकार गरेका थिए। महशिकार महोत्सवमा विभिन्न सरकारी कार्यालय तथा विभिन्न सघंसस्थाका प्रतिनिधि सहभागी भएका थिए। लमजुङको घनपोखरा, खुदी, ताघि्रङ, भुलभुले, भुजुङ, दूधपोखरी लगायतका भीर पहराहरुमा भीर माहुरी प्रशस्तै पाइने गर्छ। महशिकार गर्ने प्रचलन धेरै पुरानो भएपनि पर्यटक आकर्षित गर्न पछिल्लो समय ‘हनिहन्टिङ फेस्टिवल’ का रुपमा महशिकार गरिंदै आएको छ। महशुर महशिकारीहरुले गर्ने महशिकार पर्यटकका लागि नौलो र आकर्षणको विषय बन्ने गरेको छ। प्रति लिटर एकहजार रुपैयाँ पर्ने भिर मौरीको मह दम, नशा, ढाड सम्वन्धि रोगको औषधिको रुपमा प्रयोग गरिन्छ। लमजुङमा एक सिजनमा ५ सय लिटर भीर मौरीको मह जम्मा गर्न सकिने महशिकारी बताउंछन्। महशिकारीहरुले साइत जुराएर महशिकार गर्न जाने भएकाले यो रोचक हुने गरेको छ।गुरुङ समुदायका मानिसको आम्दानीको स्रोत बन्ने गरेको महशिकार पछिल्लो समय पर्यटक लोभ्याउने विषय बन्ने गरेको छ। महशिकारीलाई तालिम र आधुनिक सामग्री वितरण गर्नसके महशिकारीको जीवन सुरक्षामा सहयोग पुग्ने देखिन्छ। योसंगै भीरपहरामा रहने मौरीको संरक्षणमा पनि ध्यान पुग्ने हो भने महशिकारबाट पर्यटकीय आकर्षण कायम राख्दै स्थानीयवासीको आयश्रोतमा पनि टेवा पुग्ने सरोकारवालाको भनाइ छ। मह शिकारलाई व्यवस्थित गरिए भिरपहरामा पाइने मौरीको संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयको भनाइ छ। सृजना घिमिरे@himalayatv

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

4 Responses to “लमजुङका भीरपहरामा आयोजना हुने मह शिकार महोत्सवको मज्जा नै बेग्लै”

  1. basnet sherpa says:

    गुरुङ समुदाय लाइ धेरै धेरै खुशीको खबर हो ..बिदेसी पर्यटक हरुले दिस्कोवारिमा एक साल अगी नै हेरी सके तर हाम्रो नेपालीले बल्ल हेर्न पाएको हो…हाम्रो नेपाली पत्रकारको सुस्तिको बजयेले

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

  2. jeevan shrestha(UAE) says:

    आहा ! क्या राम्रो मह | जता गुलियो उतै मन भुलियो | कि कसो साथी हो ! please like !

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

  3. hareram says:

    एस्लाई सपोर्ट बनायौनु पर्यो ? धेरै दम छ येस मा … तर त्यो चोया को लड़दर ले चै हुदैन,,राम्रो प्रभिदी प्रयोग गरेर बबस्थिस गर्नु पर्यो… अनि वर्ष पिच्छ साहषिक होनी हुन्तिंग सपोर्ट को रुप मा कार्यक्रम गर्नु पर्यो. अनि त्यो होनी बबस्थिस रुप मार्केट लाने पैसा कमाउने, होनी पनि फ्रेश.. tourist बोलाउने तिनलाई बेचेने ……. तेसो गरे कसो होला ??

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  4. r m oli says:

    नामै नजानेर के लेखे को पत्र कर जिउ त्यो म्हुरी होइन तै गठ्या पहिला सोद पुछ गर्नु अनि सक्कली नाम केहो थाहा हुन्छ अनि मत्रै पत्रिका चापना थाल्नु त्यो नेपाल को धेरै ठाउमा पाइन्छ तर तयसको नाम माहुरी होइना सक्कली नाम केहो पत्तो लगाउने जिम्मा तपाको ओ के

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)