पुष्पा बस्नेतले उपाधि जितेपछि पुतली घरका बालबालिका हर्षित

समाजसेवी पुष्पा बस्नेतले सन् २०१२को सीएनएन हिरोको उपाधि जितेपछि काठमाडौंको बुढानीलकण्ठस्थित पुतली घरका बालबालिका हर्षित छन्। हर्षविभोर बालबालिकाका खुशी बांड्न पुष्पा मामुको प्रतीक्षा गरिरहेका छन्। पुष्पा बस्नेतले यस वर्षको सिएनएन हिरोको उपाधि जितेपछि उनले संचालन गरेको पुतली घरका बालबालिकामा हर्ष छाएको छ। ७ वर्षअघिदेखि कारागारमा रहेका बालबालिकालाई पालनपोषणसहित शिक्षा दीक्षा दिंदै आएकी पुष्षालाई पुतली घरका बालबालिकाहरुले मामु भनेर बोलाउने गर्दछन्। मामुले उपाधि जितेसंगै हर्षले गद्गद् भएका यी बालबालिकाका खुशी साट्न भने मामुकै प्रतीक्षा गरिरहेका छन्।२९ वर्षीया अविवाहित पुष्पा पुतली घरमा रहेका ४४ बालबालिकाकी प्रिय मामु बनेकी छिन्। यी बालबालिकाले पुष्पाले आफूहरुलाई स्याहार गरेकै कारण यति ठूलो पुरस्कार पाएको जानकारी पाइसकेका छन्। आफ्नी प्रीय मामु नेपाल फर्केपछि आफूहरुको नयां घर बन्ने उनीहरुको अेपक्षा छ।पुष्पाले यही घरमा कारागारमा रहेका बालबालिकाको पालन पोषण गरी शिक्षा प्रदान गर्दै आएकी छिन्। बाबुआमाको गल्तीका कारण निर्दोष बालबालिका पनि कारागारमा बस्नुपरेको भन्दै उनले पुतली घर सञ्चालन गरी कारागारका बालबालिकालाई संरक्षण दिंदै आएकी छिन्। पुष्पाको समाजसेवा नेपालमा मात्रै नभई विश्वभर उदाहरण बनेको छ। उनको योगदान र उनले प्राप्त गरेको उपाधिले देख्ने र सुन्ने जो कोहीलाई पनि समाजसेवामा अग्रसर बनाएको हुनुपर्छ।himalayatv

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

13 Responses to “पुष्पा बस्नेतले उपाधि जितेपछि पुतली घरका बालबालिका हर्षित”

  1. dawa says:

    तिमि
    बिसाल दिल बयेकी महान नारी हौ पुस्पा i love u for your greatness एंड for your beutiful think एंड hart

    Well-loved. Like or Dislike: Thumb up 34 Thumb down 2

  2. srijan says:

    धेरै धेरै बधाई छ हाम्रो पुस्पाजीलै!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 1

  3. yogesh says:

    नेपाली मेडिया पनि के भाको हो नेपली राजनीति र नेता ले जे गरे पनि समाचार बनौछा एउटा नेपाली चेली ले राम्रो काम गरेर देश को नाम संसार भर चिनौदा पनि खासै महत्व दिए जस्तो लागेन यता तर्फा पनि सोच्ने हो कि नेपाली मेडिया ले

    Well-loved. Like or Dislike: Thumb up 27 Thumb down 0

  4. Mukesh dhakal(Japan) says:

    बिचरा ति बालबालिकाहरु खुसि पनि किन नहुन ! सबै भुलेर मामु -मामु भनि रहेका छन् ! बदाई छ पुस्पा जी हजुरलाई !

    Well-loved. Like or Dislike: Thumb up 183 Thumb down 0

  5. Manoj says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 32 Thumb down 426

  6. पुस्पा बस्नेतलाई बधाई दिदा अनलाईक गर्ने भारतीय गुन्डाहरुहो तिमीहरुले हामी नेपालीलाई चिनेका छैनौ तिमीहरुले जति अन्लैईक् गर हामी नेपाली पाइला कहिले रोकिने छैन कुकुर भारतीयहरु

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 0

  7. menu says:

    बदाई छ पुस्पा बहिनी लाई ,तिम्रो सपना साकार होस्
    बालबालिकाको भबिस्य सुनिस्चित होस्
    कति बिभहा गरेर मामु बनेका छैनन् तर तिमि अविवाहित
    मामु बनेउ , त्यो पनि ४४ जना बलख कि !!!!!

    Well-loved. Like or Dislike: Thumb up 44 Thumb down 0

  8. Himal says:

    बधाई chha puspaji! Tapai जस्तो Mahan bekti hami badhai
    मात्र दिएर खुसि huna sakdai nau. Tapain जस्तो महान bekti ko Nepalma dherai khacho chha. Beijati netako haruko hami सबैले घ्रीना गरौ. नेताले एक thal भात खान दियो भन्दैमा उसको huiya फ्लोवेर्स बन्नु murkha ho. Puspaji jastai soem सेविका बनौ हामीलाई bhrasta neta ko jaruri chhaina. Yuba, बिद्यार्थी karmachari सबैले netako pichha lagna chhodau. Yo habit chhodau.

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

  9. Gurung says:

    पुष्प बस्नेत जीले २०१२ cnn अवार्ड पाउनु भयो भने ऊता नेपालको बरिस्ट नेता भनौदो पुष्प कोमल जीले २०१२ मानै के अवार्ड पाउनु भयो थाहा छ तापैहरुलाई ? उहाले झंनका छुट्ने अवार्ड पाँच औलाको चाप पौनुभाथ्यो किन होला………………?

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

  10. gyanendra prasad kharel says:

    बधाई पुस्पा जिउ तपाइको सपना साकार हौस ४४ ओटा बाल बालिक को उदार गर्नु तेही नै धर्म हो राम्रो काम गर्ने र सत्यतामा हिन्ने मानिस हमेसा विजय हुन्छा

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

  11. Dal Thapa says:

    पुस्पा जी हजुरलाई धेरै धेरै बधाई छ, हजुरको महानता , महामानाबता हामि सबै सराहना गरेका छौं ! हजुरको यो महान कार्य हो, हजुरको सपना सधैं सफल हौस यही हाम्रो सुभकामना छ !

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

  12. Govinda Luitel says:

    Although Mother Teresa is not in existence yet we have mothers like Puspa Basnet who has the same spirit, devotion, and serving hearts in the world.So,Puspa Ji! go ahead and serve needy children despite of the government concern and help, the whole world is after you.Congratulation for the award of CNN hero of the year 2012. God bless you ever.

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

  13. anartha maya shrestha says:

    यदि सबैको मन यस्तै भय कति राम्रो हन्थ्यो होला . धेरै धेरै बधाई छ हजुरलाई कि राम्रो काम गरि आफु र आफ्नो देश को नाम राख्नु भयकोमा .

    Well-loved. Like or Dislike: Thumb up 43 Thumb down 1

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)