फिलिपिन्समा आँधीका कारण २ सय ६ जनाको मृत्यु

हालैको शक्तिशाली आंधीका कारण फिलिपिन्समा मृत्यु हुनेको संख्या २ सय ६ जना पुगेको छ । आंधीका कारणँ देशका कैयौं भागमा जनजीवन अस्तब्यस्त बनेको छ । आंधीले दक्षिण फिलिपिन्सका अधिकांश शहरका घरहरु भत्केका छन् । आधी पछिको बाढी र पहिरोमा थुप्रै घर र सवारीसाधनहरु पुरिएका छन् । कयौं शहरमा बिजुली आपूर्ती ठप्प भएको छ । आधी प्रभावित करिब ४१ हजार सर्वसाधरण्ाँलाई सुरक्षित स्थान तर्फ सारिएको छ । धेरैजसो सडक भासिएका कारण्ाँ सवारी आवागमन पनि बन्द भएको छ । प्रतिघण्टा १ सय ७५ किलोमिटरका दरले आएको आधी केही दिन सम्म रहने मौसमविदहरुले जनाएका छन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

One Response to “फिलिपिन्समा आँधीका कारण २ सय ६ जनाको मृत्यु”

  1. shahadev says:

    मिर्तक को आत्मा को चिर सान्ति को कामना गर्दछु त घाइते हरु मा स्वस्थिये को धिग्र लाब को कामना गर्दछु!

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)