अझै भएन सहमति, नेपाली राजनीति झन् अप्ठ्यारोतर्फ !

काठमाडौ । राष्ट्रपति डा रामवरण यादवले राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनीतिक दलहरूलाई दिएको दोस्रो पटकको समयसीमा पनि आज अपराह्नबाट त्यत्तिकै सकिएको छ । राष्ट्रपति डा यादवले नेपालको अन्तरिम संविधान २०६३ को मर्मलाई दृष्टिगत गरी धारा ३८ को उपधारा (१) बमोजिम यही मङ्सिर ८ गते पहिलोपटक एक साताका लागि दिइएको समयसीमा कुनै सहमति नभएपछि आजसम्मका लागि दोस्रो पटकका लागि समयसीमा थप गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्रीका लागि नेपाली काँँग्रेसका तर्फबाट सुशील कोइरालाको नाम प्रस्ताव गरिए पनि अन्य विषयमा सहमति नभएकाले छलफल जारी रहने जानकारी नेताहरुले दिएका थिए । सो प्रस्तावबारे आजै साँझ राष्ट्रपतिलाई नेताहरुले जानकारी गराउने बताइए पनि सो भेटवार्ता भोलि (शुक्रबार) बिहान मात्रै हुने भएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले दलहरुबीचको सहमतिको प्रयासबारे भोलि बिहान मात्रै नेताहरुसँग भेटको कार्यक्रम रहेकाले आजसम्मको समयसीमा स्वाभाविकरुपमा सकिएको बताउनुभयो । पटकपटकको छलफल र प्रयासबाट राजनीतिक सहमति कायम भई राजनीतिक एवम् संवैधानिक निकास निस्कन र प्रधानमन्त्रीको चयन हुन नसकेकाले राष्ट्रपतिबाट अन्तरिम संविधानको धारा ३६.क को संवैधानिक प्रावधानबमोजिमको कर्तव्यसमेत बोध गरी सहमतिको सरकार गठन गर्न आह्वान गरिएको थियो ।power news

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

14 Responses to “अझै भएन सहमति, नेपाली राजनीति झन् अप्ठ्यारोतर्फ !”

  1. r m oli says:

    ति सुसिल को त् कुरानै बुझी दैना उसलाई मन्त्री बनाएर के गर्नु फेरी उमिर पनि त् भ्याकै जस्तो देखीन छ जानी बेला के खाने मे रो बिचार

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 3

  2. Tina says:

    दछिन तिरको दुर्गन्धित हावा काठमाडौँमा के चलेको थियो हुन अटेको सहमति पनि खत्तम भयो…………. साले चोर धोति नेपालमा किन आउछ??????? धोति आएपछि यी खाते नेताहरु किन तेसैको धोति कस्दै हिड्ने?????? साले अकल बिनाका गधा हरु/ धोति का पछी लगेर सडेरै गयौ……………….

    Well-loved. Like or Dislike: Thumb up 19 Thumb down 1

  3. hom says:

    अब हे जनताहरु हो यी नेताहरुले देसको मुक्ति होइन तर दुर्गतिमा हाल्ने छन् यी नाकका पोय्वलमा सास हुने माथि विस्वास नगर न त ढुंगा मुरा खोला रुख र निधारमा सेतो र रातो भातको टिका लाउने सित भर पर ति सबै उँधो बघाई उँभो खोज्न जानु असल छ यी जिउंदै मरेकाहरुमा केहि आसा हुदैन जो जिउँदो परम परमेश्वर लाइ माग्नुसुस र तपाइँ को आसा पुरा हुने छ

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

  4. prem pokhrel says:

    यिनै नेता यिनै समस्स्य अनि कहाँ बाट हुन्छ सहमति…यो सहमति भन्ने सब्द को बलात्कार गर्ने भए यीनि हरु ले..

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 0

  5. Tirtha gurung (U.K.) says:

    यो सब कुरा हेर्दा बुझ्दा मलाई एकदम दुख लागेर आउछ,,,हिजो मावोबादी १० बर्से जनयुद्द लडेर मधेसबादी मधेस आन्दोलन गरेर आएको जनता सामू ठुल्ठुला भासन अनि आस्वासन दिएर,बाबुराम झन् बिद्द्वन के के भनेर कहलेको तर आज देश भन्दा पार्टी र प्रचण्ड ठुला रहेछन उनका लागि,, के आज येही दिन भोग्नलाई हजरौ नेपाली जनता मारेर अपाङ्ग हुनी गरि आन्दोलन होमएको हो???????अब मावोबादी मधेसी कार्यकर्ताले बुझ्न जरुरि छ तपाई हरुले लडेर जिताएको नेता हरुको हबिगत देश प्रेम घाम जसरि छर्लंग छ tyeskaran सबै मिलेर यी नेता हरुलाई दबाब भोलि को चुनाबमा थेचार्नु कुनैपनि दलका कुरूप नेताहरुलाई << राष्ट्र सहमति सरकार बनेर देशले निकास पाउछ र सबै मिलेर निर्बाचन जाऊ सबै बाधा बेब्धन फुकाएर जाउ भन्दा किन अनेक बहाना बखेडा झिकेर के गर्न खोजेको जनतालाई सधै ढाटेरा सत्तामा बसेर ब्रह्मलुट गर्न सकिन्छ भने दिवा सपना नदेखे हुन्छ?????? मलाई लाग्छ अब निर्बाचनमा गए भने जनताको मत नापौनि भएर जान डराएका हुन् ,, र अनेक चालबाजी खेलिरहेको छ,,,सत्ताधारी दलले,,,,,,येसरी जनतालाई बोरामा हाल्नी कम जति गर्यो त्यति भोलि मावोबादी र मधेस बादीको अबसेस पनि नरहला<<,,

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 8

  6. Rajendra says:

    नेपालमा धेरै दलहरु भएकोले नै एस्तो परिस्तिथि आएको हो नत्र एस्तो hudhai hudhainathyo
    १. कुकुर र बिरालोको कहिले नि सहमति हुदैन
    २. हाम्रो नेताहरुको दिमागमा एड्स लाग्य जस्तो लाग्छ मलाई कैले निको नहुने रोग.

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • basnet sherpa says:

      थुक्क मोर्ने बेला भएको बुडोहरुले केहि एउटा देशको निम्ति सहि काम गर्नु सकेन ….लौ हेर दाजु भाइ दिदि बहिनीहरु

      Well-loved. Like or Dislike: Thumb up 16 Thumb down 0

  7. ksbhandari says:

    आदरणीय दजुभाए दिदीबहिनीहरु, अब हेर्दै जौ नेता हरुले के के गर्छन नेपालमा /

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

  8. pinky ktm says:

    यी नेता दल हरु को सहमति सहमति भनेका, कुरा सुन्दा पनि जनता हरु लाई वाक्क लागि सक्यो, अब त मिडिया संचार तपाई हरु एस्ता भरस्त नेताहरु लाई जनता सामु सार्बजनिक नगरे बेश होला, किन कि जसले आफ्नो घर परिवार मिलौना जान्दैन, तेश व्यक्तिले वा दलहरु बीचमा एकता भै अगाडी बढ्ने अहम छेमता हुनै सक्दैन,इनिहरु जनता माथिको बिश्वास लाई लुटेरा सरकारी ढुकुटी मा रमाई राख्ने एस्ता भ्रस्ट नेताहरु, जनताको आकंछ्या र देशको मर्म नबुझ्ने नेता हरु माथि हामी लाई केहि बिश्वास छैन, जुन सरकार आए पनि जनता लाई कानै चिरे जस्तो नै हो, मलाई लाग्छ नेता दलहरु प्रति जनताको कुनै मान्यता छैन,बिश्वास टुटी सकेको छ हामी जनतालाई………….जय नेपाल…………

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  9. हितमान घले, लाप्राक गोर्खा says:

    I told you guys, Tigers can never ever ever co-operate with Lions.
    So, it is best to start a Military era in Nepal.
    Also
    टुडिखेलको बिचमा नेताहरुको दुइटइ हात एउटा हरियो बासमा बानेर कट्टु खोल्दिनु पर्छ अनि Nepal Television बाट Live Broadcast गर्नु पर्छ, अनि इनिहरुलाई रु १ जरिवाना तिराएर जुत्ताको माला घाटीमा र कट्टुको टोपी टाउकोमा लाइदिनु पर्छ

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

  10. Gagan Regami says:

    प्याकेजमा सहमति गरौ भन्दा नमान्नुको कारण उही सामान्तिनै शासन ल्याउने अनि दश बर्ष जनयुद्ध लडेर ल्याएको गणतन्त्रलाई संस्थागत गर्न नदिने |

    Well-loved. Like or Dislike: Thumb up 16 Thumb down 0

  11. John says:

    नेता जी हरु तपाईं हरु को के विचार छ गरि हाल्नु लड्ने विचार छ भने लडी हाल्नु हामी लाइ दिकै भै सक्यो तपाईं हरु को मात्र होइन नेपाल हाम्रो पनि हो मिल्नु भएन भने सिधै छुरी हान्ने छ जनता ले अहिले त थपड मात्र हने को छ विचार पुराउनु होला

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 0

  12. DB Ottawa says:

    मेरो बिचारको कदर हुन्छा भने कुरा सुन्नु हौस बिहारीलाई रास्ट्रपति मानेर तिमीहरुले ठुलो गलत गर्य छौ तेसले आब सहमति कोज्नेहो भन्ने नेपाली नागरिकलाई देशको रस्त्रनायक मानेर सबैले उस्को बिचारको सम्मान गर्नुपर्छ गोठालेलाई पनि मन्त्रि कुमलेलाई पनि मन्त्रि बनाएर २१ औ सताब्दी मा जंगली कुसुड़ेको विचार नबोक … तर राष्ट्र सेवक को हुनेता? बैतर्नी गर्ने बेलामा प्रधान मन्त्रीमा उठेरता हुदैनाता सुशिल्बा …….. देशमा परिवर्तन लियानु पर्छ . मेरो बिचारमा ko हुन्छा भने ज्ञाने हुन्न भन्ने गगन आरुत बिकल्पै छैन … किकसो? ढिलाई भएपनि बिहारीको कम सुर्ती बेच्ने नै हो

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  13. Suman says:

    नभए हुदैन बालै भो…जसको बहुमत छ उसले सरकार बनाउने , चुनाब गराउने हो…यो हरुवा एमान्ग्रेस लाइ किन दिने सरकार

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)