सहमतिको रटानमै सीमित दलहरु,सिन्को पनि भाच्न सकेनन् !!

सहमतीय सरकार गठनका लागि राष्ट्रपति डा. रामवरण यादवले दिएको दोस्रो पटकको समयसीमा आज सकीएको छ । समय ढल्किनै लाग्दा सहमति जुटाउन बसेको आजको मधेशी मोर्चासहितको प्रमुख दलको बैठकमा भने नेताहरुबीच झन् चर्काचर्की भएको बुझिएको छ ।
सेना समायोजन विशेष समितिको कार्यालय नयाँबानेश्वरमा बसेको बैठकमा सत्तागठबन्धन दलहरुले प्याकेजमै सहमति नभई सरकारको नेतृत्व नत्याग्ने अडान राखेपछि विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु भने आक्रोशित बनेको बताइएको छ ।
सत्तागठबन्धनका दलहरुले संवैधानिक निकायको नियुक्ति, निर्वाचनको मिति, विधि लगायतमा प्याकेजमै सहमति भएपछि मात्रै सरकारको नेतृत्व परिवर्तनको अडान राखेको जनाइएको छ । तर, विपक्षीले भने त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।
बैठकपछि बाहिरिएका विपक्षी दलका नेताहरु निकै आक्रोशित मुद्रामा देखिएका थिए । बैठकबाट विपक्षीहरु ‘अब आन्दोलन गरिन्छ’ भन्दै निस्केको स्रोतको भनाई छ । khabar bhitra ko khabar

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

15 Responses to “सहमतिको रटानमै सीमित दलहरु,सिन्को पनि भाच्न सकेनन् !!”

  1. Rajendra says:

    हरे शिव के भाको हो यो देसमा, मलाई त नेपाली हो भन्न नि लाज लागि सक्यो. के गर्या हो यो चोर नेताहरुले देश बर्बाद पार्यो

    Well-loved. Like or Dislike: Thumb up 57 Thumb down 1

    • कुन माइके लालले भन्छ ! नेपालि नेतार र दल हरुले एउटा (सिन्को ) पनि भाच्न सकेनन भनेर !! सिंगो देश र २ करोड ५० लाख नेपाली लाइ चिल्ल विल्ल पारि सक्दा पनि अझ एउटा सिन्का पनि भाच्न नसकेको भनेर तल तिर (बिबेग ) भएका नेपाली नेतालाइ अझ उस्काउने ताकी अरु बचे कुचेको पनि स्वाहा पारुन भनेर !!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

  2. r m oli says:

    इ देखा परेका ३ ओटा मुर्ति मुर्ति मै परिनात भया त् देस ले केही निकास पाई हाल्त्यो कि कहिले मर्लान ति ३ ओटा गोरु हरु नाट इनले राष्ट पति लाइ नै टेरे नात जनता को अवाज नै सुने नात इन्लाई लाज श्रम नै भयो अबत तिनी हरुको चस्मा मात्रै होइना आखानै फोर्नु पर्छ कानुन ले जति सजाया दिए पनि फरक पर्दैना इनी देस भक्त होइन्न देस चुसाहा हुन् यस्ता फटाहा लाइ आखा फोरना वा मारना मा कुनै पाप लाग्दैना जनताको खुन पसीना चुसेर मोटाएका जुका हुन् तिनी

    Hot debate. What do you think? Thumb up 23 Thumb down 89

  3. BALARAM says:

    अनि चुनाब को मिति तोक्नु किन नसकेको ? तेस्को मतलब चुनाब नगराउने नै बुभियो
    अनि सुसिल्कोता कुरै बुझिदैना तेस्त लै मन्त्रि ?? राम राम के गर्न खोजेको होला !!!!!!!

    Well-loved. Like or Dislike: Thumb up 64 Thumb down 3

  4. Buddha says:

    १२ वर्ष सम्म कुकुर कोपुछार धुन्ग्ग्रो राखे पनी बांगो को बांगो नै भनेको हाम्रा नेता जी हरु हुन्

    Well-loved. Like or Dislike: Thumb up 32 Thumb down 0

  5. हितमान घले, लाप्राक गोर्खा says:

    I told you guys, Tigers can never ever ever co-operate with Lions.

    So, it is best to start a Military era in Nepal.

    Also
    टुडिखेलको बिचमा नेताहरुको दुइटइ हात एउटा हरियो बासमा बानेर कट्टु खोल्दिनु पर्छ अनि Nepal Television बाट Live Broadcast गर्नु पर्छ, अनि इनिहरुलाई रु १ जरिवाना तिराएर जुत्ताको माला घाटीमा र कट्टुको टोपी टाउकोमा लाइदिनु पर्छ

    Well-loved. Like or Dislike: Thumb up 122 Thumb down 0

  6. Sima says:

    जनताको थप्पर कम भए जस्तो६ !यस्ता नेताहरु त छन्.लाज पचेका टाउकोभरी भ्रस्टाचार का बारी ,Gati

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 31

  7. Sima says:

    जनताको थप्पर कम भए जस्तो६ !यस्ता नेताहरु त छन्.लाज पचेका टाउकोभरी भ्रस्टाचार का बारी ,Gaati

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 28

  8. Sima says:

    जनताको थप्पर कम भए जस्तो६ !यस्ता नेताहरु त छन्.लाज पचेका टाउकोभरी भ्रस्टाचारका बारीबोकेका ,घाटीमा घूसले अड्केका गिदीले नबाएर लिदीले बारेकाहरु नेताहरु६ कहाबाट सहमति हुन्छ ????मरे पछि जय जयकर गर्नु भन्दा हुदा केहि गर्ने हरुलाई त कामगर्न दिएए हुन्थयूनी.खाली कुर्सीमा आखा उफ्फ्फफ्फ्फ्फफ्फ्फ्फ़ !!!!!!!!

    Well-loved. Like or Dislike: Thumb up 42 Thumb down 0

  9. Kamal says:

    राजा आऊ, देश बचाउ ………….! राजनीति नेताहरुलाई देश र जनता को माया छैन / जसरी हुन्छ सत्तामा जाने र मोज गर्ने / यहि हो त ३० औ हजार जनताले दिएको बलिदान ?

    Hot debate. What do you think? Thumb up 51 Thumb down 234

  10. menu says:

    यो नया उखान हेर्नु होस् त !!!!!
    नेपालका नेताले जति राजनीति गरे पनि
    जनता नांगाको नांगै !!!!!!!!!!!!!!!!!!

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  11. aks says:

    जे जसो भए पनि Nepal मा smbhidhan आउन निक्कै गार्हो छ

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 19

  12. माओबादी ले नेपाल भारत सिमाना मा पर्खाल लगाउने कुरा गर्थ्यो त्यो खोइ ? कुन सिमानामा लगायो ? बरु उल्टै नेपाली जमिन लुटिएको छ / सिमानामा सुरक्ष्य कर्मी राख्ने भंथियो त्यो कहाँ राख्यो ?

    Hot debate. What do you think? Thumb up 73 Thumb down 236

  13. अब डिग्री वा पी एच डी गरेको मान्छे लाई मात्र प्रधान मन्त्रि दिनु पर्छा /

    Well-loved. Like or Dislike: Thumb up 29 Thumb down 1

  14. madan khadka says:

    “”"तोरी लाउरे नेता “” यो शब्द पनि सुहाउदैन अहिले का नेता हरुलाई आफ्नो खेति बाट राम्रो तोरी फलाएर बिदेशी लाउरे भन्दा बढी प्रगति गर्ने लाइ तोरी लाहुरे भन्छन .. हाम्रा नेता लाइ “”भतुवा लाहुरे” भन्दा सुहाउछ होला अहिले का गणतन्त्र नेपाल का सबै नेता दिल्ली का भतुवा हुन्. को बढी को कम भन्ने मात्रै हो झन् अहिले को मन्त्रीमंडल को डिजाइन नै दिल्ली बाट भएको भने कुरा कसै बाट लुकेको कुरा होइन ..जुन दिन दिल्ली मा १२ बुधे सन्धि भयो त्येही दिन बाट नै नेपाल भारत को अघोसित प्रान्त बनिसकेको छ अब केहि दशक मा एसले औपचारिकता पाउन सक्छ ..देश को अर्थतन्त्र नै टाट पल्टाएर संबिधान सभा गयो ..सान्ति सम्झौता को नाम मा देश ले कति क्षति ब्येहरो भने कुरा छर्लंग नै छ . प्रचण्ड असफल माधब नेपाल असफल झलनाथ असफल बाबुराम असफल अब सुसिल बने भनेपनि असफल नै हुने पक्का छ तर येत्रो असफलता हुदा पनि यो गणतन्त्र नै असफल भने हिम्मत कसैले गर्न सकेको छैन किन ?? किन कि यो गणतन्त्र दिल्ली को फल नदिने बिरुवा हो ..यदी नेपाली कै चाहना मा नेपाल कै लागी ल्याएको गणतन्त्र भएको भए एसले देश मा बिकाश को फल दिन सुरुगरी सक्ने थियो … गणतन्त्र . धर्मनिरपक्ष.संघियेता जस्ता कुरा नेपाली जनता को चाहना मा आएकै होइन ..यो सब प्रभु लाइ खुसि पार्न र बिदेसी संग भिख माग्न सजिलो को लागि नेपाली जनता लाइ थोपरिएको हो यदी यो सब जनचाहना भएको भए येत्रो विवाद हुने नै थिएन.. एस्तो फोहरी खेल चली रहदा “चोक्टा खान गएको कांग्रेश झोलमै डुबेर मर्ने” भएकोछ बिपी गणेशमान कृष्ण प्रसाद भट्टराई सबैलाई लात हानेर “हबल्दारी दिमाख” भएका जिरिजा ले निजि स्वार्थ र नेपाल को राजा बन्ने सुर मा दिल्ली र माओबादी को दल दल मा पार्टी लाइ फसाएर परलोक सवारी भए ..कांग्रेश लाइ भोट दिने जनता अहिले पनि ८०% भन्दा बढी हिन्दु धर्म र राजतन्त्र समर्थक छन् ..एसको फाइदा अब को दिन मा कमल थापा ले लिनेछ ..अझै पनि कांग्रेश ले आफ्नो गल्ति सुधारेर सहि बाटो लिन सक्छ नत्र समानुपातिक को सुत्र बाट २/४ जान नेता संसद भएपनि बाकी को हालत खराब हुने पक्का छ …अहिले को ए माओबादी र ए मा ले भोलि गएर १ पार्टी हुने सम्भावना छ किन भने एमाओबादी ले ए माले को बाटो लिएको छ अरु क्षेत्र भैदिएको भए ए माले ले” कपी राइट “को मुद्दा हाली सक्ने थियो तर राजनीति मा कपी राइट हुदैन …. अहिले को अबस्ता मा केहि समुह ले धर्म निर्पक्ष .जातिय संघियेता जस्ता कुरा को समर्थन गरेपनि देश को ठुलो समुह एसको बिरोध मा छन् नेपाली जनता सदैभरी राजनीति पार्टी कै पुच्छर समाएर नै बस्छन भने भ्रम पार्टी का नेता हरु ले त्याग्ने पर्छ .. “देश को लागि १ छाक भोकै बस्ने नेपाली जनता बढ्दै छन् तर देश को लाइ ५ बर्ष भ्रस्टाचार गर्दिन भने नेता देश ले पाउन सकेन” ……उफ

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)