सीएनएन हिरो पुष्पा स्वेदश फर्किइन् , त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत

काठमाडौ, मंसिर २३ – सीएनएन हिरो पुष्पा बस्नेत शनिबार साँझ स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरियो ।अमेरिकी टेलिभिजन सीएनएनले हरेक बर्ष विश्वमा उत्कृष्ट काम गर्नेलाई छनौट गरी दुईलाख ५० हजार डलरको यो पुरस्कार दिने गर्दछ । आमाबाबु जेल परेका बालबालिकाको शिक्षा र पालनपोषणमा ८ बर्षदेखि खटिएकी पुष्पाले अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दे पुरस्कार हात पारेकी हुन् ।
२ डिसेम्बरको राति पुरस्कार घोषणा हुँदा पुष्पा भावुक बन्दै पुरस्कारको श्रेय बालबालिकालाई दिएकी थिइन् । पुरस्कारको प्रतक्ष्य प्रसारण सीएननले अमेरिकाको लसएनजल्सबाट गरेको थियो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

 

3 Responses to “सीएनएन हिरो पुष्पा स्वेदश फर्किइन् , त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत”

  1. मिलन यू.के. says:

    हार्दिक बधाई छ पुस्पा जी,तपाई……नेपाली गरिब र असहाय बालबालिका को मात्रै आमा नभएर बिस्व भरि चिनिने एक आदर्श नेपाली आमा भनौ या नेपाली कुशल नारी हुनु हुन्छ बधाई छ तपाइलाई…यो तपाइको त्याग र परिश्रम हो तर सफलता भने हामी सबै नेपाली को हो thanks lot to you

    Well-loved. Like or Dislike: Thumb up 40 Thumb down 0

  2. Bishwaraj says:

    साधारण बीचार भएका ब्याक्तीले येहा सम्म पुग्नु भएकोमा कुनै पार्टीको नेताले हर्ष मान्नु पर्ने ठाउ छैन- उदेश्य के लीनु- उडी छुनु चन्द्र एक भन्ने- आज साबीत भएको छ- बधाई पुष्पा जी-

    Well-loved. Like or Dislike: Thumb up 26 Thumb down 0

  3. dawa says:

    तिमि हाम्रो हिरो नम्बर १

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)