थापाथलीस्थित एक्जिम सहकारी संस्थाका सञ्चालक ४७ करोड लिएर फरार

काठमाडौं, २२ मंसिर ।  करिब १७ सय सेयर सदस्य रहेको यस संस्थामा ४७ करोड निक्षेप रहेको थियो । डिभिजनमा आएको निवेदनअनुसार प्रहरीलाई पक्राउ गर्न चिठी पठाइसकेको डिभिजन सहकारी कार्यालय काठमाडौंका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले बताए । संस्थाबारेमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको शर्माले सौर्यलाई जानकारी दिए ।
यस सहकारीका अध्यक्ष रामप्रसाद हाडा हुन् । उनी क्रिस्टल फाइनान्सका महाप्रबन्धकसमेत रहेका छन् । उनकी श्रीमती निर्मला हाडा पाटन बहुउद्देश्यीय सहकारीका अध्यक्ष रहेकी छिन् । उनी जिल्ला सहकारी संघ ललितपुरको सञ्चालक सदस्यसमेत हुन् । संस्थाको नाममा चार करोड रुपियाँ उनकै श्रीमती अध्यक्ष रहेको पाटन बहुउद्देश्यीयमा ऋणका रूपमा राखेको बताइएको छ ।थापाथलीस्थित एक्जिम बहुउद्देश्यीय सहकारी संस्थाका सात सञ्चालक समिति रहेका छन् । कार्यसमितिको उपाध्यक्षमा कमलकुमार श्रेष्ठ, कोषाध्यक्ष सरोजचन्द्र प्रद्यान, सचिव श्रीकुमार श्रेष्ठ छन् । त्यस्तै, सदस्यहरूमा क्रमश:– सुनिता श्रेष्ठ, सुजना मल्ल र रजिश हाडा रहेका छन । यी सबै सञ्चालक सम्पर्कविहीन रहेको निक्षेपकर्ताको दाबी छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

2 Responses to “थापाथलीस्थित एक्जिम सहकारी संस्थाका सञ्चालक ४७ करोड लिएर फरार”

  1. Tina says:

    फाईनान्स को पनि विश्वास गर्नु हुन्छ त???? तेत्रा बैंकहरु छस् छस्ति छन्/ मलाई त यी चोर फाईनान्सहरु कसैको पनि विश्वास लाग्दैन/ बिचराहरु हेर डुबेका…………….. बेला बेला मा एस्तो निउजहरु आइ रहेकै छ किन अझै पनि सचेत नहुने????????????????? फाईनान्सको बिल्कुल भरोसा नगरौ……. पैसा बैंक मा मात्रै राखने गरौ…………….. बढी ब्याज को लोवमा सावा पनि गयो जस्तो छ…………..

    Well-loved. Like or Dislike: Thumb up 20 Thumb down 0

  2. magar says:

    ठिक्क भयो ठग हरुलाई बैंक मा के हुन्छ कम ब्याज भए पनि भर पर्दो त हुन्छ चोक्तो खान आको बुढी झोल मा डुबेर मारी भनेको यहि हो

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)