नंगा दृश्य र अश्लिल संवाद राखेर चलचित्र चलछ भन्ने गलत मनिसिकताको कारण नेपाली चलचित्र ओरालो लागेको कतिपयको विश्लेषण

केहि समय अघि निर्माण भएर प्रदर्शनमा आएको चलचित्र लुट त्यसमा प्रयोग भएको संवादकै भरमा चल्यो ।हिजोआजका शहरीया युवाबीच चल्ने भाषालाई टिपेको लुटले ओरालो लागेको नेपाली चलचित्र बजारमा एउटा तरंग त ल्यायो तर सँगसँगै एउटा गलत मान्यता पनि स्थापित भयो नेपाली चलचित्र क्षेत्रमा मनपरी संवादको प्रयोगले चलचित्र चल्छ भन्ने । प्रयोगका नाममा अहिले यसलाई उछिन्नेगरी मनपरी संवाद र यौन दृष्य हालेर चलचित्र बनाउने होडवाजी नै चलेको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

यसैगरी केहि समय अघि हिरो हिरोईनका अर्धनग्न तस्वीर सहितको पोष्टर सार्वजनिक गरेपछि निक्कै विवाद र चर्चामा आयो चलचित्र चपली हाईट । हिरो हिरोईनको कम्मरभन्दा माथीको भागमा कुनै बस्त्र नलाइएको फोटो हालिएको सो पोष्टर पछि हटाउन त कर लाग्यो तर त्यसकै भरमा चलचित्रले राम्रो व्यापार ग¥यो । तर चपली हाईटका निर्माता अर्जुन कुमार आफ्नो चलचित्रलाई अश्लिलता फैलाएको आरोप मात्रै लागेको बताउनुहुन्छ । “चलचित्र हेर्नेले थाहा पाउँछ हाम्रो चलचित्र नारी प्रधान बिषयमा आधारित चलचित्र हो भनेर । यो सवै अफवाह मात्रै फैलाइएको हो” उहाँको तर्क छ ।तर थोरै लगानीमा बनेको चपली हाईटको कमाई आश गरेभन्दा धेरै भएपछि यौनका दृष्य र अश्लिल संवाद बिक्छ भन्ने ठाने अरु निर्माता, निर्देशक र हिरोहिरोईनहरुले पनि । त्यसैले अहिले प्रशारणयोग्य नठानिएका संवाद राखेर भटाभट चलचित्रहरु निर्माण गरिंदैछन् । निर्देशक र नायिकाहरु नै यौनका दृष्य दिन प्रतिस्पर्धा गरिरहेको अवस्थामा यो क्रम अझ बढ्ने देखिन्छ । एटिएम, सायद, द लास्ट किस जस्ता चलचित्र त्यसैका पछिल्ला उदाहरण हुन् । लुट र चपली हाईट लगायतका चलचित्रलाई कतिले नयाँ पुस्ताको माग अनुरुपको चलचित्र भनेपनि यौन र अश्लिल संवादलाई मसला बनाईएका चलचित्रले झन अन्यौलता थपेको बताउनुहुन्छ रंग पत्रकार प्रकाश सुवेदी । अहिले बनिरहेका चलचित्र समाजको माग अनुरुपको नभएको दावी गर्दै पत्रकार सुवेदी भन्नुहुन्छ यस्ता चलचित्रले नेपाली चलचित्रलाई माथी उठाउँछन् भनेर कल्पना पनि गर्न सकिन्न ।

 

3 Responses to “नंगा दृश्य र अश्लिल संवाद राखेर चलचित्र चलछ भन्ने गलत मनिसिकताको कारण नेपाली चलचित्र ओरालो लागेको कतिपयको विश्लेषण”

  1. हेहे हे उखान सुनेको थिए ! अरुले घोडा चड्यो भन्दैमा ….हरेक कुरामा बुद्धि र विवेक लाउन जरुरत छ

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

  2. हितमान घले, लाप्राक गोर्खा says:

    I hate Nepali and Indian movies cuz they don’t have enough nudity. They don’t even kiss properly.

    We were born nude and we are gonna die nude, so what is the deal? The only reason we wear clothes is cuz unlike sheeps and goats we don’t have heaps of furs in our body, not to hide our small brothers and small sisters.

    Pretty much every male knows how nude female body looks like, pretty much every female knows how nude male body looks like and pretty much every body knows the Newton’s 4th law of motion that is the length of the pole is directly proportion to the depth of the hole, so whats the deal banana peal of showing that in a movie.

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 17

  3. बरु पुरै नग्न भएर फिलिम खेले धेरै सुपर हिट हुने थियो कि ?????? देखाउन परे पछी पुरै देखाउने नत्र ति सुकेका र फुकेका अस्लिल अंग किन यो नेपालि समाजमा ? ?????

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)