बलिउड नायिका मनीषा कोइराला को आज सोमबार साँझ न्यूर्योक स्थित एक अस्पतालमा शल्यक्रिया हुने भएको छ । पारिवारिक भेटघाटका लागि नेपाल आएकी मनीषा अचानक बिरामी भएपछि भारतको जसलोक अस्पतालमा भर्ना गरिएको थियो । तेस्रो चरणमा पुगिसकेको पाठेघरको क्यान्सर उपचारको लागि ४२ वर्षीया मनीषा आठ दिन अगाडी अमेरिकाको न्युयोर्क पुगेकी हुन् । उपचारको लागि उनको साथमा भाई सिद्धार्थ र आमा पनि रहेको समाचार स्रोतले जनाएको छ । मनीषालाई न्यूर्योकस्थित मेमोराइज स्यालोन क्याटरिन क्यान्सर सेन्टरमा भर्ना गरिएको छ । मनीषाले नेपाली चलचित्र ‘फेरी भेटौँला’ बाट कला यात्रा शुरु गरेकी थिइन् । सन् १९९१ मा मुम्बईमा सुपर हिट हिन्दि चलचित्र ‘सौदागर’ मा अभिनय गरेर चर्चित बनेकी मनीषाले त्यस पछि १९४२ लवस्टोरी, अकेले हम अकेले तुम, खामोशी, मन आदि दर्जनौ हित हिन्दि चलचित्रमा अभिनय गरेकी छिन। मनीषाले पछिल्लो समय नेपाली चलचित्र ‘धर्मा’ मा अभिनय गरेकी थिइन् भने उनी हिन्दी चलचित्र रामगोपाल बर्माको ‘भुत रिटर्न्स’ मा देखा परेकी थिइन्।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
god bless you ! manisa i wish you all the best also your health regard too all ….. keep in to WELL …
Well-loved. Like or Dislike:
23
4