पदम कुँवरको धरौटी रकम प्रचण्डले नै तिर्ने

काठमाडौं,मंसिर २६ ।  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हानेपछि प्रहरी थुनामा रहेका पदम कुँवर मंगलबार जेल मुक्त हुने भएका छन् । धरौटी रकम बुझाउन नसकेका कारण सोमबार जेल पठाइएका बाग्लुङका कुँवरलाई जेलमुक्त गर्न लागिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले मागेको २८ हजार धरौटी एकीकत नेकपा माओवादी अध्यक्ष प्रचण्डले आफै तिरेर छुटाउन लागेको उहाँको निजी सचिवालयले जनाएको छ । कार्यालय समय सुरु भएपछि अध्यक्ष प्रचण्डबाट प्राप्त रकम बुझाउन काठमाडौं जिल्ला प्रशासन जाने तयारी भइरहेको प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । आफूलाई थप्पड हानेको बारेमा प्रचण्डले कुवँरलाई क्षमा दिएको यसअघि नै बताइसक्नुभएको छ । काठमाडौंको भृकुटीमन्डपमा मंसिर १ गते एकीकृत माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा पदमले एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई थप्पड प्रहार गरेपछि सार्वनिक अपराध ऐन् अन्तर्गत काठमाडौं प्रहरीले महाराजगंजस्थित दुई नम्बर गणको हिरासतमा राखेको थियो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

2 Responses to “पदम कुँवरको धरौटी रकम प्रचण्डले नै तिर्ने”

  1. rabin says:

    so this is good job .follow this method to earn money

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

  2. madhab says:

    खै कस्कोकुरा पत्याउ मत छक्कै पर्छु

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)