एउटा रहस्यमय घटना गुडीरहेको बसबाट ५ किशोरीहरु गायब

नक्कली कागजपत्र बनाई महिलाहरुलाई विदेश पठाउने गिरोहलार्इ प्रहारीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ५ जनालार्इ पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोबिन्द ट्राभल्स एण्ड टुर्सको सञ्चालक धनुषाका लाल बाबु भन्ने शिव सिंह यादव, मकवानपुरका लक्ष्मी कुँवर, रसुवाका छेजु घले, तनहूँका विनोद घर्ती र पाल्पाका बल बहादुर सार्की (वउडेल) छन् । उनीहरूको साथबाट ३९ राहदानी, २८ थान नागरिकता, अभिमुखिकरण प्रमाणपत्रहरु र २ थान रबर स्टाम्प बरामद भएको सीआईबीले जनाएको छ।लक्ष्मी, छेजु, विनोद, बलबहादुर लगायतका व्यक्तिहरुले बिभिन्न मानिसहरु सम्पर्कमा ल्याउने र लालबाबुले ट्राभल ब्यवसायको आबरणमा वैदेशिक रोजगारमा मानिस पठाउने गर्दै आएका थिए । उनीहरूले बिशेष गरेर महिलाहरुलाई क्लिनरको नक्कली भिषामा खाडी मुलुकमा पठाउने र विदेशमा भने हाउस मेडको काममा लगाउने गरेको थिए । उनीहरूले पछिल्लो पटक सुनसरी, धरान घर भएकी लक्ष्मी तामाङ र झापा, दमक घर भएकी सरस्वती भण्डारीलाई क्लिनरको भिषा भनी झुक्याई वैदेशिक रोजगारीको लागि दुबई पठाएकोमा हाउस मेडको भिषामा घरमा काम गर्न लगाईएका थिए । सम्झौता अनुसारको मासिक तलब पनि नदिई प्रताडित भएका उनीहरू भागेर नेपाली राजदूतावासमा आएपछि उद्धार गरिएको थियो ।सीआईबीका अनुसार शिवसिंह यादवले २ सय ५० जना भन्दा बढी मानिसहरुलार्इ वैदेशिक रोजगारमा पठाइसकेका छन् । उनीहरूलार्इ आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग तिनकुने पठाईएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

10 Responses to “एउटा रहस्यमय घटना गुडीरहेको बसबाट ५ किशोरीहरु गायब”

  1. Ram says:

    थुक्क मेरो देसको स्थिति, अब हुदा हुदै देसमा केहि अवसर नपाएर आफुले आफैलाई बेच्न बाध्य छन् हाम्रा चेलीहरु I हे चेली कृपया आफुलाई बेचेर हाम्रो पाप झन् नाबडाउ I

    Well-loved. Like or Dislike: Thumb up 85 Thumb down 1

  2. jhon bone nepal says:

    बेचेउ बेचेउ कसैले किशोरी कसैले नेपाल देश नै दुवै भारत मै ..अजै कति के के sunna र हेर्न भाकी छ ..हामी जनताले

    Well-loved. Like or Dislike: Thumb up 140 Thumb down 68

  3. shahadev says:

    भगवान ले सबैको कल्लन गरुन !

    Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 1

  4. jhapali kancha says:

    हाम्रा छोरि चेली हरु चलाख हुनु पर्यो .दलाल को कारण जिन्देगी भरि पछुताउनु parchha

    Well-loved. Like or Dislike: Thumb up 14 Thumb down 0

  5. bharat says:

    गुडी रा को बस बाट५ कीसरी गायब भन्छ ,तर न्यु ज मा त केही पनी ६एन् तस्तो /

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 0

  6. sanjana says:

    लौ खत्तम्, सबै सत्तेनास के हुना लाको यस्तो नेपाल मा राम्रो कुरात कैले सुन्ना नपौउने भयो बा

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  7. Hari says:

    जुन दिन देखि बाबुराम भट्टराई र माधब नेपालको छोरि लाई बेस्या; झल्लु, सुशील, प्रचण्ड, ओली, बम, शेरे को नातिनी लाई भारत मा रण्डी बनाउन लैजादैनन् , तब सम्म हाम्रो जनता को चेली हरु को एस्तै हल हुन्छ I

    त्यो दिन मात्र यिनीहरुको मन रुन्छ र थाहा हुन्छ, कत्ति गार्हो रैछ नेपाल मा बाच्न भनेर I

    साचै भन्ने हो भने मेरो मन आज धेरै रोयो I अवसर नपाएर, पैसा नभएर, दिन बिताउन नसकेर नै हो जानी जानी यो रिपोर्टमा नेपाली चेलीले आफुले आफैलाई बेचेका I

    Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 0

  8. Dhadkan Rai says:

    यो सबै नपढेर हो नत्र आज कल को केटिहरु धेरै बाठो हुन्छ नि
    कसरि लान सक्छ

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  9. आफुलाई आफै बचाऊ . अरुको भर नपरौ

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  10. nabin rai says:

    ति केटि र केटा हरुलाई त बाउले देखे होला नि अँनि फोटो स्क्रेत्च गर्न लगाएर तुरुन्त वान्टेड मा राखेर हरेक छेक पोस्ट मा दिय त पोलिस ले समाई हल्छा नि पोलिस को नि यो बारे दिमाग छैन केअरे

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)