श्रीमतीको हत्याको आरोप झुटो भएको र श्रीमान दिवश ढकाललाई जबरजस्ती फसाउन खोजिएको

रिपोर्टको निस्कर्षमा मृत्युको प्रारम्भिक कारण घाँटीको हड्डी भाँचिएर रगत जमेको मात्र उल्लेख गर्दै थप परिक्षणका लागि भिसेरा परिक्षण गर्न पठाइएको भनिएको छ । भिसेरा परिक्षण पछि मृत्युको अन्य कारण भए पनि पत्ता लाग्न सक्छ ।लामो समय देखि चिकित्सा क्षेत्रमा काम गरेका अनुभवी चिकित्सकहरुले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकले दिएको पोष्टमार्टम रिपोर्टका आधारमा अन्जनाको मृत्युको कारण अन्य हुन नसक्ने बताउछन्’ । “घाँटीको त्यो हड्डी घाँटी बटार्दा वा अठ्याउदा भाँचिन्छ ।’ एक चिकित्सकले नाम उल्लेख नगर्न आग्रह गर्दै भने–“आफ्नो घाँटीको हड्डी आफै भाँच्न सक्ने अवस्था हुन्न, कसैले भाँचिदिएकै हुनु पर्छ । ’श्रोतका अनुसार पोष्टमार्टम रिपोर्ट हेरेपछि तनहुँ प्रहरीले अन्जनाका पति दिवस ढकाललाई आशंका गरेर सोधपुछ गरिरहेको छ । तर पनि तनहुँ प्रहरीले औपचारिक रुपमा केही बताउन चाहेको छैन । “अनुसन्धान हुँदैछ, केही खुलेको छैन ।’ जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी देवबहादुर बोहोराले भने । उनले अस्पतालले दिएको पोष्टमार्टम रिपोर्टका बारेमा पनि केही बताउन चाहेका छैनन् । पोष्टमार्टम रिपोर्टका बारेमा बुझ्न जाने तनहुँका पत्रकारहरुलाई रिपोर्ट पुरै नआइसकेको बताइरहेका छन् । एसपी बोहोराले भने जस्तो भिसेरा रिपोर्ट भने आउन बाँकी छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

तनहुँ ब्यास नगरपालिका वडा नम्बर १० गणेशमान चोकका दिबस र अन्जनाबीच गत बर्ष प्रेम पछि विवाह भएको थियो । त्यही जोडी मध्ये श्रीमती मृत्यु भएको छ भने श्रीमनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अघिल्लो सोमबार श्रीमान श्रीमतीसंगै सुतेका थिए भने विहान श्रीमती मृत अवस्थामा भेटिएकी थिईन ।अन्जनाका बाबु रामबहादुर रानाभाटले आफ्ना ज्वाइ २३ बर्षिय दिवस ढकाल, अञ्जनाका ससुरा पुर्णचन्द्र ढकाल, सासु र दिवसकी भान्जी दिदी विरुद्ध किटानी जाहेरी दिएका थिए । ती मध्ये दिवस प्रहरी नियन्त्रणमा छन् भने बाबुले बुहारीको किरिया गर्दैछन् ।मृतकको शवको अवस्था र श्रीमान लगायत केटा पक्षको ब्यबहारका कारण माइतीले हत्या गरेको आरोप लगाएका छन् ।तनहुँ प्रहरी र प्रशासनको आडमा पोष्टमार्टम समेत नगरी लाश जलाउने षडयन्त्र गरिएको भन्दै माइती पक्षले पोष्ट मार्टमा लागि अन्जनाको शव पोखरा ल्याएका थिए । पोष्टमार्टम पछि तनहुँ पठाइएको उनको शवलाई माइती पक्षलाई जानकारी नै नदिइकन घर परिवारले जलाएका थिए ।ठेकदार पेशामा आवद्ध अञ्जनाका ससुरा पूर्णचन्द्रले प्रशासनलाई हातमा लिएर घटनालाई ढाकछोप गर्न खेजेको दावी माईतीको छ । ढकालले आफुहरुलाई गुण्डा लगाएर धम्क्याउदै शवलाई पोष्ट मार्टम नै नगरी जलाउन खोजेको पनि दिदी सम्झनाले बताएकी थिईन ।अञ्जनाका घर परिवारले भने आईतबार राती सामान्य अवस्थामा सुतेकी अञ्जना घडीले घण्टी बजाउदाँ पनि बिहान नउठेपछि उनी अचेत भएको थाहा पाएको बताएका छन् । श्रीमान दिवसले बोलाउदाँ नबोलेपछि उनले घरका सदस्यलाई खबर गरेपछि उपचारको लागि अस्पताल लगेको उनीहरुको दावी छ ।

 

10 Responses to “श्रीमतीको हत्याको आरोप झुटो भएको र श्रीमान दिवश ढकाललाई जबरजस्ती फसाउन खोजिएको”

  1. YAM KAFLEY (Yanu Chhetri, OHIO,USA) says:

    यो आत्म हत्या नो भए र हत्या नै हुनु पर्छ !!!! साले चोरको अर्को पनि girl friend थियो होला अनि मारो नि चुत्त्याले :( :( फासी दिनु पर्ने चोरलाई !!!

    Hot debate. What do you think? Thumb up 70 Thumb down 64

  2. Jivan Rana says:

    एसो हेर्दा केटि पक्षेको सुनियोजीत फसाउने जाल जस्तो छ , लास लाइ लोकल होपितल मा पोस्ट मोर्तुम गर्न नदिनु अनि उनीहरुले भनेको होस्पितल मा उनीहरुको डाक्टर बाट पोस्ट मोर्तुम गराउनु बिचरा केटा पक्चे जे भने तेही माने आफ्नो गल्ति नभएर तर तेस्तो कर्तुत के थाहा? फेरी जाच हुनु पर्चा निर्दोस लाइ फसाउने लाइ कारबाही हुनु पर्छा

    Hot debate. What do you think? Thumb up 61 Thumb down 188

  3. menu says:

    जे भए नि निस्पक्ष्य छानबिन गरि दोसी लाई सजाय ,र निर्दोस लाई
    मुक्ति मिल्नु पर्छ! एउटा सामान्य मुधालाई छुट्यौन नासक्नी नेपालमा कस्ता पोलिश र अदालत छन् ?? .

    Well-loved. Like or Dislike: Thumb up 26 Thumb down 0

  4. raman sharma says:

    as i know he was a good student i dont know how did he do it.very bad

    Well-loved. Like or Dislike: Thumb up 22 Thumb down 5

  5. Jivan rana @ … जी कसैले कसैलाई फसाउन खोजेको भनेको होइन … मात्र हामीले भनेका हौ यो आत्म हत्या नो भए र हत्या नै हो, !!!!

    मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 31

  6. jharna adhikari says:

    म पनि त्यहि भन्छु कि जीवन जी कुनै पत्ता नलागुन्जेल अरुलाई दोस लाउने बानी त्यागौ आफुलाई त्यो मान्छेको ठाउमा राखेर हेरौ कस्तो हुन्छ,यदि पक्का ठहरिएको खण्डमा तपाइले भन्न सक्नु हुन्छ तर जथावाबी अरुलाई दोस लगाउनु भनेको माहा पाप हो,हाम्ले पापको पनि डर राख्नु पर्छ

    Well-loved. Like or Dislike: Thumb up 23 Thumb down 11

  7. kashab Thapa, USA says:

    होइना यो Yem Kafley भन्ने जन्तुले कसरी ठोकुवा ले भन्न सकेको? यो त केटि पक्ष्येको हनुमान त होइन? सबैले सबै थाहा नभई तेतिकै भन्नु अलि बुद्दी मत होइन भनेको छन् तेसैमा मेरो पनि मत छ.

    Well-loved. Like or Dislike: Thumb up 22 Thumb down 1

  8. shiva hari says:

    मेरो विचार मा यो हत्या होइन होला है ……आनुसंदान ले सत्ते पत्ता लाग्ने छ

    Well-loved. Like or Dislike: Thumb up 22 Thumb down 1

  9. jharna adhikari says:

    केशब जी हजुर को भनाइ एकदम ठिक छ हामीले केहि बोल्नु भन्दा अघि धेरै सोचेर मात्र बोल्नु पर्ने हुन्छ कागले कान लग्यो भनेर कसैले भन्दा आफ्नो कान छाम्नुको सट्टा कागको पछि पछि दौडनु कहाँ को मुर्खता हो त्यसैले अरुलाई कुनै प्रमाण बिना दोस नलागौ बोल्नु भन्दा अघि धेरै सोचौ यो कुरा ले अरुलाई कत्तिको पिर पर्दैछ भन्ने कुराको ख्याल गरौ अनि मात्र बोलौ नत्र मानव भएर जन्मेको धिक्कार हुन जान्छ साथी धिकार हुन जान्छ …………………

    Well-loved. Like or Dislike: Thumb up 16 Thumb down 0

  10. Pramila Banjara says:

    If it is right,there no any lady can believe even at her husband.it is a cruel wok.i hate

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)