२ बर्ष अगि विद्यार्थी अपहरण पछि हत्या गर्ने आठजनालाई बाँकेको जिल्ला अदालतले ७८ वर्ष कैद सजाय सुनायो

नेपालगञ्जका दुई बालकको अपहरण गरी हत्या गरेको अभियोगका नाइके मेराज अहमद साईसँगै आठ जनालाई जिल्ला अदालत बाँकेले सर्वस्वसहित ७८ वर्ष कैद सजाएको फैसला गरेको छ । जिल्ला अदालत बाँकेका न्यायाधीश शेखरप्रसाद पौडेलको एकल इजलासले आज उक्त मुद्दाको फैसला गर्दै साईलाई दुई विद्यार्थीको अपहरणपश्चात् हत्या गरेको ठहर गरी ७८ वर्षको जेल सजाय सुनाइएको हो । त्यस्तै हत्याकाण्डका अन्य आठजना आरोपीमाथि पनि जेल सजायको फैसला भएको छ । हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका मानव अधिकारकर्मी सिपी सिंहलाई भने अदालतले सफाइ दिएको छ ।उक्त मुद्दाको एकसाता अघिदेखि बहस भइरहेको थियो । नेपालगञ्जको जयबागेश्वरी उच्च माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय लिलाधर भट्ट र कक्षा ९ मा अध्ययनरत १५ वर्षीय कपिल द्विवेदीको दुई वर्षअघि असोज १४ गते अपहरणपछि निर्मम हत्या भएको थियो ।
प्रहरीले मेराजसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो जसमध्ये नौ जना पुर्पक्षका लागि थुनामा छन् भने सिपी सिंह, रामसुरेश बर्मालगायत सातजना फरार रहेका छन् ।
रु दश लाख फिरौती लिएर पनि दुवै बालकको साईले निर्मम हत्या गरेका थिए । हत्यापश्चात् नेपालगञ्जका नागरिक, विद्यार्थीहरुले चर्को प्रदर्शनसमेत गरेका थिए ।
हत्यापछि रु १० लाख फिर्ता गराउने सरकारले आश्वासन दिए पनि हालसम्म पीडितले सो रकम पाउन सकेका छैनन् । हत्याकाण्डको फैसला सुन्न आज अदालतमा सार्वसाधारणको ठूलो भिड लागेको थियो । न्यायालयको फैसला आमजनताको खुसीको कुरा भएको द्विवेदीका बुबाले बताउनुभयो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

17 Responses to “२ बर्ष अगि विद्यार्थी अपहरण पछि हत्या गर्ने आठजनालाई बाँकेको जिल्ला अदालतले ७८ वर्ष कैद सजाय सुनायो”

  1. Ramesh Khadka says:

    They need to be killed by shooting, putting them in prison is only waste of our national economy and police force.

    Well-loved. Like or Dislike: Thumb up 232 Thumb down 0

  2. ROYAL KIRAT says:

    असतो मान्छेहरुलाई जेलमा पाल्ने हाम्रो पैसा छैन फासी दिनु ठिक हुन्छा /

    Well-loved. Like or Dislike: Thumb up 163 Thumb down 1

  3. Bishwaraj says:

    तुरुन्त झुन्डाएर तीनीहरुको हत्या गर्नु पर्छ – वा गोली हानेर -

    Well-loved. Like or Dislike: Thumb up 143 Thumb down 0

  4. shahadev says:

    मिर्तक को आत्मा को सान्ति को कामना गर्दछु !

    या, यी हत्त्रयारा हरुलाई जेल मा राखेर देश को ढुकुटी खत्तम गर्न भन्दा मारिदिनु नै बेस हुने थियो जस्तो मलाई लाग्छ !

    Well-loved. Like or Dislike: Thumb up 99 Thumb down 0

  5. Tulash Karki (UK) says:

    Death Penalty is so very necessary to bring back in Nepal at any cost. The notorious murderers like these lot, the murderer of Khyati Shrestha, the murderer ex-DIG Koirala all deserve to be killed by firing squads.

    Well-loved. Like or Dislike: Thumb up 153 Thumb down 0

  6. sushil grg. uk. says:

    १ दम खुसि को फैसला भयो. धन्यवाद छ. न्यायधिस जिउ लाई…..

    Well-loved. Like or Dislike: Thumb up 53 Thumb down 0

  7. म चाहन्छु ति पापी अपहरंकारिलाई कडा भन्दा कडा सजाए होस्.उनीहरुको सजाए सुनेर अपहरणकारी हरुमा यस्तो दुसाहस गर्ने आट नहोस.

    Well-loved. Like or Dislike: Thumb up 107 Thumb down 0

  8. rai ram kumar says:

    यो चाही अति नै राम्रो फ्स्सला भयो यस्ता राछेश हरुलाई जेल्मनै सदौनु पर्छ/ अनि मात्र अपहरण गर्न दरौछा/ नियधिशहरुले आजभोलि राम्रो काम गरिरहनु भयका छन् जनताबाट सलाम छन् /भास्ताचारिहरुलाई पनि खोरमा हाल्नु भयका छन् यसरि नै जनताका मन जितेर अगाडी बढ्नु होस् / फेरि पनि सलाम /

    Well-loved. Like or Dislike: Thumb up 46 Thumb down 0

  9. अब आउने संबिधानमा अवस्था हेरी चाइना ,भारत ,अमेरिका को जस्तो फासिको पनि दफा आउन अति जरुर छ किन कि राक्ष्यास हरुलाई पाल्यो भनेता पृथिबी भासिन सक्छ | धन्यवाद !

    Well-loved. Like or Dislike: Thumb up 75 Thumb down 0

  10. yudin rai says:

    बच्चा हरुको माया पनि नहुने, मार्न पनि कसरि सकेको होला. येस्ता हरुलाई त तातो पानि उमालेर मुखमा हालिदिएर मार्नु पर्ने . यसलाई दिएको सजाए कम भो .

    Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 0

  11. यो फैसलाले एस्तो अपराधिक प्रपोकंड मुलुकमा कम हुनाजान्छा !
    धन्य छ अदालत को यो सिखर निर्णयलाई !

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  12. phersingh says:

    यस्ता लाई त फासी नै दिन पर्छ

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

  13. Dal Thapa says:

    ल है धेरै राम्रो समाचार सुन्न पाइयो तर यस्तो जघन्य अपराधि हो भन्ने प्रमाणित भैसके पछि त बरु फांसीको सजाय हुनुपर्ने बेवास्था हुनुपर्ने हो !

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  14. biru says:

    well, i think its better them to keep 78 year in the jail,doso they will know about the life??? good job by that respectful judge who had taken this ponisment.i saluts you sir,

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  15. bisnu chongbang says:

    ग्रेट जब …!!!!!! फासिनै दिन पर्ने हो !!! तर पनि यो निर्णयले पिडित हरुको गलाको आँसु पुछ्ने काम गरेको ६ ! कानुनी राज्य को प्रत्याभूति गराएको ६! तसर्थ …..हाम्रो सलाम ६ ति न्याय दाता हरुलाई !!!

    Well-loved. Like or Dislike: Thumb up 68 Thumb down 0

  16. Anjaan says:

    Thanks less than 1%. What about the criminals and murderers who shot, murdered and raped more than 15000 innocent Nepalese? Crime is always crime and unforgivable whoever it does. And is always punishable. Punish those top criminals who think themselves as the leaders and VIPs. LAW AND JUSTICE FOR ALL.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  17. यस्ता अपराधीलाई चै कडा भन्दा कडा सजाय मिलोस ताकी फासी यस्तालाई जेल सजाय मात्र दिएर राख्ने हैन अस्ति भारतमा एक मुसलमान अपराधीलाई फासी दिएझै यिनीहरुलाई पनि फासी दिए मात्र मृत आत्माले सान्ति पाउछ

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)