बाँसबारी क्लव फराकिलो गोल अन्तरले पराजित

काठमाडौं,पुष १५ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो खेलमा बाँसबारी क्लवलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै थ्रीस्टार क्लवले अंक तालिकाको शीर्ष स्थान कायम राखेको छ । दशरथ रंगशालामा आइतबार भएको दोस्रो खेलमा थ्रीस्टारलाई जिताउन कप्तान सन्तोष साहुखल, विदेशी खेलाडी फेमी जोसुवा र विजय गुरुङले समान २-२ गोल गरे । पहिलो हाफमा दुइ गोल गरेको थ्रीस्टारले दोस्रो हाफमा भने लगातार चार गोल गरेको छ । कप्तान सन्तोष साहरखलले खेल सुरु भएको ३१ औं मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै फेमीले अग्रतालाई दोब्बर पारे । दोस्रो हाफको दोस्रो मिनेटमैं विजय गुरुङले अग्रतालाई तेब्बर पारेका थिए । ६८ औं मिनेटमा फेमीले व्यक्तिगत दोस्रो गोल गरे । ७३ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गरे भने ८४ औं मिनेटमा विजय गुरुङले गरेको गोलसँगै थ्रीस्टारले ६–० को जित दर्ता गर्न सफल भयो । थ्रीस्टारका अगाडी निरिह देखिएको बाँसबारीले भने निरन्तर गोल खाइरह्यो तर फर्काउन सकेन । यो जितसँगै थ्रीस्टार २५ अंकका साथ लिग तालिकाको शीर्ष स्थानलाई जोगाएको छ । १० खेल खेलेको थ्रीस्टार ८ खेलमा जित, १ मा बराबरी र १ मा हार व्यहोरेको छ भने समान खेलबाट १ मा जित र २ मा बराबरी गरेको बाँसबारी ५ अंकका साथ १५ औं स्थानमा छ ।

LEAGUE TABLE
   Rnk Team MP W D L GF GA +/- PTS
1    Three Star Club 10 8 1 1 25 6 19 25
2    RCT 10 6 2 2 17 9 8 20
3    Machhindra FC 9 6 2 1 15 7 8 20
4    LH Manang Marsyangdi Club 9 5 3 1 16 7 9 18
5    Nepal Army Club 10 5 2 3 15 6 9 17
6    New Road Team 10 4 4 2 17 10 7 16
7    Sankata Club 9 4 4 1 9 5 4 16
8    Nepal Police Club 10 3 4 3 10 9 1 13
9    Friends Club 10 2 6 2 7 7 0 12
10    Jawalakhel Youth Club 9 3 2 4 12 17 -5 11
11    Yeti Himalayan Sherpa Club 10 3 1 6 10 11 -1 10
12    Armed Police Force 9 3 0 6 11 21 -10 9
13    Saraswoti Youth Club 9 2 2 5 9 19 -10 8
14    Iceberg MYA 9 1 4 4 8 13 -5 7
15    Mahindra Bansbari FC 10 1 2 7 8 25 -17 5
16    Boudha FC 9 0 1 8 7 24 -17 1

 Relegation

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)