भाषाको चिन्तन

सोझो अर्थमा भाषाको ब्याख्या गर्ने हो भने भाषा बिचार बिमर्श गर्ने एक माध्यम हो lभाषाको महत्व दिनहु दिन बढी रहेको हामी सबैले अनुभति गरि रहेका छौ lजनसंख्या बढ्नेक्रमसंगै मुलुकको कहाली लाग्दो धमिलिएको अस्थिर राजनैतिक अवस्थाको कारण असंख्य मानिसदेशप्रेम र राष्ट्रियतालाई लत्याउदै बिदेशिदै क्रम खहरे खोला झैँ बढी रहेको छ lयुवापिढी भनेका भविष्यका कर्णधार हुन् l उनीहरुमा राष्ट्र हाक्ने र निर्माण गर्ने अदम्यसाहस र बिबेक निहित हुन्छ lराजनीतिज्ञहरुबाट कुर्सिको लागि प्रदर्शन गरिएको प्रतक्ष्यताण्डब नृत्य देखि बितृष्णा जागी पलायन हुनु निको सम्झी मात्री भुमि प्रति सद्भाव हुदाहुदै बिदेशीमाटो रोज्न र खोज्न बाध्य हुन्छन l
परदेशी माटोमा रहेर पनि नेपाल आमाका सच्चा सपूत नैराश्यताको साथ आफु जिउदै मरेर पनि लाससरह मुलुकको सम्झनामा र मुलुकले लगाएको गुणको पैचो तिर्न सदैब तैयार हुन्छन lर यिनीहरुजागृति फैलाउने र सन्देस दिने उदेश्य अनुरुप आफ्ना बिचार र भावना पोख्न कविता ,कथा ,गीतर साहित्यलाई हतियार सरह प्रयोग गरि बिरह पोखी रहेका हुन्छन lहामी नेपाली जहाँसुकै,जुनै मुलुक गएता वा हराएता पनि हामी नेपाली हौ र हामी नेपालीमा नै नेपाली समुदायमासंगबोल्न रुचाउछौ l किनभने हाम्रो सम्पर्कको भाषा नेपाली हो l हाम्रो पहिचानको खातिरनेपाली भाषा प्रति गर्व गर्दछौ र मन भित्र गुम्सिएर रहेका बेदनाहरु यसै माध्यमबाटपोख्दछौ l
किनभने यस प्रति हाम्रा पुर्खाले ठुलो योगदान पुर्याएका छन् l नेपाली भाषा बिना तहाम्रो जीवन नै चल्न नसक्ने हुन्छ lहामी हाम्रो राष्ट्र रहे सम्म हाम्रो राष्ट्रिय भाषार सम्पर्कको भाषा प्रति सदैब सम्मान गर्न चाहन्छौ l नेपाली भाषा र शब्द धनाड्य छ तरभाषाको विकास हेतु मनग्य सापटी लिएर काम चलाईएको छ l जुनसुकै भाषामा पनि अरु देश,राष्ट्र ,समुदाय आदि ईत्यादीबाट सापटी लिएर समृद्ध बनाईने कोसिस गरिएको हुन्छ lनेपालीभाषा पनि अछुतो रहन सकेको छैन र यसरि नै निर्माण गरिएको छ l संस्कृत भाषालाई नेपालीभाषाको जननी मानिन्छ l यसै कारण नेपाली भाषामा संस्कृत प्रचुर मात्रामा उधारो लिइएको छlसंस्कृतबाट नेपालीमा हुबहु मूलरूपमै आएका शब्दलाई तत्सम् शब्दभनिन्छ भने संस्कृतबाटकेही परिवर्तित र संशोधित भएर आएका शब्दलाई तद्भव भनिन्छ
परदेशमा नेपाली भाषाले गहिरो साईनो लगाई दिन्छ र यो भाषाले सबैको मन प्रफुल्ल बनाईदिन्छ lबिदेशी माटोमा हामीले ज्यादा भन्दा ज्यादा उपयोग गर्न सकियो भने हाम्रापिढीहरुलाई भाषाको महत्व र मर्म बुझ्ने छन र उनीहरुको ध्यान नेपाली भाषा तिर जान्छlआफ्ना बालबालिका र सन्तानलाई नेपाली भाषाको ज्ञान र शिक्षा दिनु अपरिहार्य हुन्छकिनभने जस्तो वातावरणमा हुर्कियो नया पिढीहरुले त्यही टिप्छन lहामीले कहिले हिन्दि भाषासिकेनौ तर हामी हिन्दि भाषा धारा प्रवाह बोलि रहेका हुन्छौ किनभने बुझे पनि नबुझे पनिनिरन्तर हेराई पश्च्यात त्यो बोल्न सक्ने भयौ lयसै गरि हामी आफ्नो घर र घर भित्र आफ्नापरिवार र सन्तानहरुसंग नेपाली भाषा र प्रयोगको भाषालाई प्राथमिकता दियौ भने हाम्रोपहिचान कहिले नअस्ताउने हुन्छ र नेपाली भाषा र राष्ट्र भाषा कालजयी हुनेछ l
अंग्रेजी भाषा बिना कहिँ पनि बाच्न नसकिने हुन्छ यस अर्थमा जसरि अंग्रेजी भाषाको लागिहामी र हाम्रा सन्तानहरुले उच्च प्राथमिकता दिने गरेका छौ त्यसै गरि हाम्रो भाषा नेपालीभाषालाई पनि सोहि अनुरुप माया मात्र गरे हाम्रो भाषा कहिले पछि नपर्ने हुन्छ lएक जनाबिदेशीको उपस्थितिको कारण हामी हाम्रो भाषालाई किनारा लगाउदै अंग्रेजी भाषा प्रचलनमाल्याउदा आश्चर्य हुनु स्वाभाविक हुदो रहेछ र विदेशीले पाहुनाले नेपाली भाषा भन्दाअंग्रेजी भाषालाई प्राथमिकता दिदा रहेछन भनि बिदेशी अतिथिले ठान्नु पनि सहि हुन्छ l
संस्कृत नेपाली भाषाको स्रोत होlकुनै पनि भाषाको समृद्धता र सम्पन्नतालाई शब्द-ढुकुटीलेप्रतिबिम्बित गरिरहेको हुन्छ।गुरुङ भाषामा -रोधीघर ,नेवारी भाषामा – क्वॉंटी,जुजु धौ,तामाङ भाषामा – जॉंड-रक्सी र लिम्बू भाषामा – चिहान र मैथिली भाषामा पटुवा आदि ईत्यादीनेपाली भाषामा प्रयोग भै रहेका छन् l नेपाली भाषालाई समृद्ध बनाउन ठुलो सहयोग पुर्याएकाछन् lहाम्रो मन र हाम्रो पन नेपाली नै हो भन्ने नारा हामी सबैको साझा नारा हो l सयुक्तराष्ट्र संघ ,शैक्षिक ,बैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को )ले संसारमा बोलिने६००० हजार भाषा मध्ये ३००० हजार भाषा लोप भै सकेको जनाएको हुनाले हाम्रो भाषालाईसंरक्षण र सम्बर्धन गर्न सकिएन भने केहि भन्न न सकिने हुन्छ l
हामी सबैले यसको रक्षा र सम्बर्धन गर्न एक जूट हुनु पर्ने हुन्छ l बिद्यार्थीलाईअनिवार्य रुपमा अनिवार्य बिषयमा पठन पाठन हाल मुलुकमा गराए जस्तै निरन्तरता दिन सके रअभिभावकले घर भित्र बोल्ने र नेपाली भाषाको शिक्षा दिने अभ्यास गराएमा हाम्रो भाषाकहिले लोप नहुने हुन्छ लआगन्तुक शब्दहरु सहर्ष स्वीकार गरि प्रयोग गरिने क्रम बढ्दो हुनाले नेपाली शब्दहरुबिस्थापित हुने देखिएको छ lसबै भन्दा महत्व भाषा हुन्छ किनभने यसको विकास र विस्तारमामात्र हाम्रा संस्कृति र परम्पराको अनुसन्धान र खोज गर्न सम्भव हुन्छ l रास्ट्रिय भाषातथा सम्पर्कको नेपाली भाषालाई सबै मिलेर सम्बर्धन र संरक्षण गरेमा आउने पिढीले हामीलेभाषा प्रति गरेको त्याग र तपस्या कहिले भुल्ने छैनन l
विजय थापाभर्जिनिया,
अमेरिका

 

One Response to “भाषाको चिन्तन”

  1. हितमान घले, लाप्राक गोर्खा says:

    we only need language for communication but नेता need it for brain washing as well.

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)