पत्रकार मरहठ्ठालाई “मझेरी प्रतिभा” पुरस्कार

काठमाडौं,पुष १७ । युवा पत्रकार किरणबाबु मरहठ्ठालाई हाम्रो मझेरी प्रतिभा सम्मान पुरस्कार–२०६९ बाट सम्मान गरिने भएको छ । हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले आगामी फागुनमा हुने आफ्नो स्वर्णजयन्तीका अवसरमा मरहठ्ठालाई साहित्यिक पुरस्कार प्रदान गर्न लागेको हो । नेपाली पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै मरहठ्ठालाई पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी ‘अञ्जली’ ले जानकारी दिनुभयो । प्रतिष्ठानको आइतबार बसेको बैठकले मरहठ्ठालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । चितवनका स्थायी बासिन्दा मरहठ्ठा हाल एबीसी टेलिभिजनको नायव महाप्रवन्धक तथा प्रमुख कार्यक्रम उत्पादक, राजधानीबाट प्रकाशित हुने पारदर्शी खबर साप्ताहिकका सम्पादक र सिराइचुली एफएम ९३ दशमलब ३ मेघाहर्जका अध्ययक्ष समेत हुनुहुन्छ । झण्डै १२ वर्षअघि बुटवलस्थित बुटवल एफएमबाट व्यवसायिक पत्रकारिता थाल्नुभएका मरहठ्ठाले गोरखा एफएम, नेपाल टेलिभिजनलगायत सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ । यस्तै प्रतिष्ठानले हेटौंडाका कवि ह्यग्रिभ आचार्य र चितवनका गजलकार प्रभाकर पण्डितलाई पनि हाम्रो मझेरी प्रतिभा सम्मान पुरस्कार प्रदान गर्ने भएको छ । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय जीवनमा ख्यातीप्राप्त तीनजनालाई यो सम्मान प्रदान गर्दै आएको छ । प्रतिष्ठानले पूर्वाञ्चलका गजलकार विवश बलिभद्र कोइरालालाई गजलरत्न पुस्कार तथा इजरायलमा बस्दै आएकी सुचित्रा खनियाँलाई गजलश्री पुरस्कार दिने निर्णय गरेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

 

One Response to “पत्रकार मरहठ्ठालाई “मझेरी प्रतिभा” पुरस्कार”

  1. Bishwaraj says:

    पत्रकारलाइ त्यो मेरो मान्छे भन्नु र सर्पलाइ यो नाग भगवान हो येस्ले थुङ्ग्दैन र थुन्गी हाले बिष लाग्दैन भन्नु उस्ता उस्तै हो भन्नु हुन्थ्यो अंकलले त्यो सत्य हो जस्तो लागेको छ तीनीहरुको ब्यबहारले-

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)