सरस्वती सुवेदी रहस्यमय मृत्यु प्रकरण

अनामनगरस्थित कृष्ण प्रसाईको पाँचतले घरमा घरेलु कामदारका रुपमा कार्यरत् ३१ वर्षीया एकल महिला सरस्वती सुवेदी मंसिर ३० गते दिउँसो घरको माथ्लो तलामा मृत अवस्थामा फेला परिन् । उनको मृत्युसम्बन्धी घटनालाई लिएर यतिबेला महिला अधिकारकर्मीहरुले सिंहदरबारदेखि बालुवाटारसम्म आवाज उठाइरहेका छन् । घरमालिकको दाबी सरस्वतीले आत्महत्या गरेको भन्ने छ । मृतकका आफन्तले उनको हत्या भएको आशंका गर्दै हनुमान ढोकामा घरबेटीविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । ‘पहिले प्रहरीले किटानी जाहेरी लिनै मानेन । घरबेटीले २ लाख रुपैयाँ दिने भनेका छन्, आपसमा मिल भनेर प्रहरीले जोड गर्‍यो । तीनदिनसम्म प्रयास गर्दा पनि जाहेरी लिन मानेन, संघसंस्थाले आवाज उठाएपछि बल्ल जाहेरी दर्ता भएको छ ।’-मृतक सरस्वतीकी बहिनी सुमित्रा राउत सुवेदीले भनिन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

12 Responses to “सरस्वती सुवेदी रहस्यमय मृत्यु प्रकरण”

  1. r m oli says:

    ति ठुला बडा हरुले जेगर्दा पनि हुने गरिब हरु मर्दा प्रहरी पनि या नै कानुन ले पनि वास्ता गर्ना छोड्यो होइना

    Well-loved. Like or Dislike: Thumb up 227 Thumb down 2

  2. akash shahi london says:

    जसले जाहेरी लिन मानेन सो सारा लिए कारवाहि गर्नु पर्छ यहाँ मान्छे को मिर्तु भयको छ जस्तै भय पनि प्रहरी ले यसको छानबिन गर्नु प्रहरी को दायत्तॊ हो/ येसो गरे मात्त्र यस्तो अपराध हुन छोड्छ/

    Well-loved. Like or Dislike: Thumb up 72 Thumb down 0

  3. Nayan Chamling says:

    Hoina ho mahila hingsa Kati ho nepalma yo ta ati vo ati

    Well-loved. Like or Dislike: Thumb up 52 Thumb down 3

  4. sunil says:

    नेपालमा जे गरेपनि हुन्छा हो कानुन नै छैन

    Well-loved. Like or Dislike: Thumb up 44 Thumb down 0

  5. raju timilsina says:

    yo ghar dhani le mareko hunusak chha?

    Well-loved. Like or Dislike: Thumb up 41 Thumb down 0

  6. ramhari karki says:

    ghar dhani lai arrest garnu chhito

    Well-loved. Like or Dislike: Thumb up 24 Thumb down 0

  7. rahemaan says:

    हत्त्या नै हो /तु कारवाई गरियोस अपराधी लाइ /चाहे त्यो खरबपति नै किन नहोस /

    Well-loved. Like or Dislike: Thumb up 49 Thumb down 0

  8. shahadev says:

    मिर्तक को आत्मा को सान्ति को कामना गर्दछु!!

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

  9. Bishwaraj says:

    क्रिष्ण प्रसाइको श्रीमतीले चाही हुन् सक्छ- संका ले – लंका हान्छ- छोरी मान्छेको सत्रु छोरी मान्छे हुन्छ भन्छ- यी श्रीमान् श्रीमतीलाई कारबाही गर्नु पर्छ-

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 0

  10. Durga Thapa says:

    जुन देश मा नारीको कदर हुदैन त्यो देश नर्क जत्तिकै दुर्गन्धित हुन्छ | नेपाल मा बढिरहेको महिला हत्या, हिंसा र बलात्कार सुन्दा लाग्छ तिनीहरु मानब नभएर पशु हरु हुन् | त्यस कारण अब पशु बलि को ठाउमा ति मानब पशु हरुलाई बलि चढाउनु पर्छ अनि मात्र नया समाजको निर्माण हुन्छ |

    Well-loved. Like or Dislike: Thumb up 23 Thumb down 0

  11. urmila ale says:

    घर मालिक सजाय दिनै पर्छ यो हामी सबै नारी को आवाज हो

    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 0

  12. punam magar says:

    उर्मिला दिदि ले भने को कुरा सहि हो हामी पनि समर्थन गछौ घर मालिक लाई कारबाही हुनै पर्छ

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)