बाबुआमाको निर्मम हत्या, छोराछोरीको बिचल्ली

सप्तरी जिल्लाको जन्डोल गाविसको चुरे वन क्षेत्रमा बस्दै आएको एक दम्पतीको सोमबार राति निर्मम हत्या भएको छ । घरमा खाना खाएर सुतेका ४५ वषर्ीय डम्बर भट्टराई र उनकी ३५ वषर्ीया श्रीमती कौशल्याको हत्या भएको हो ।जन्डोल गाविस-८ स्थित घरमा ११ जनाको संख्यामा आएको अज्ञात समूहले राति १ बजे भट्टराई दम्पतीको हत्या गरेको हो । सो समूहले घरेलु हतियार प्रहार तथा गम्छाले घाँटी थिचेर उनीहरूको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक दम्पतीको शवको प्रकृति हेर्दा गम्छाले घाँटी थिचेको र घरेलु हतियार प्रहार गरेको निलडाम देखिएको छ । उनीहरूका जेठा छोरा दिपेशले मंगलबार प्रहरीलाई बयान दिँदै भने, ‘घरमा ११ जनाको समूहमा आएका व्यक्तिहरूले सुतिरहेका बा-आमालाई कुटेर मारे, कसैलाई केही भनिस् भने तिमीहरूलाई पनि मार्छौं भन्दै भागे ।’

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

घटनाको खबर पाउनेबित्तिकै सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेत, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेन्द्र बस्नेत र प्रहरीचौकी महुलीको टोली मंगलबार बिहान घटनास्थल पुगेको थियो । प्रहरीले मृतक दम्पतीको शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल ल्याएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
वनरक्षक छानबिनको घेरामा
भट्टराई दम्पती हत्यामा केही वनरक्षक र काठ तस्करहरूको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ । सोमबार राति शम्भुनाथ रेञ्जपोस्टका फरेस्टर मोहम्मद जिवरिलको नेतृत्वमा आठ वनरक्षकहरूको टोली भट्टराईको घरतर्फ गएको थियो । वनरक्षकहरूको टोलीले भट्टराईको घरबाट कुखुरा लिएर गएको जानकारी स्थानीयबाट आउनुले वनरक्षकलाई समेत शंकाको घेरामा राख्दै अनुसन्धान थालिएको सप्तरी प्रहरीको भनाइ छ ।सोमबार साँझ शम्भुनाथ रेञ्जपोस्टका फरेस्टर मो. जिवरिलको नेतृत्वमा जमदारहरू वसन्तकुमार यादव, महिनारायण साह, भोला साह, रामनारायण यादव, कमानन्द मण्डल, शुभनारायण मण्डल र विनोदकुमार यादव जंगलतर्फ गस्तीमा खटिएका थिए ।
उता, भट्टराईको घरबाट वनरक्षकको टोलीले सात सय रुपैयाँमा एउटा कुखुरा किनेर ल्याए पनि घटनाका विषयमा आफूहरूलाई केही जानकारी नभएको शम्भुनाथ रेञ्जपोस्टका रेञ्जर चतुरनारायण साहले बताए । स्थानीयका अनुसार घटना हुनुअगावै सोमबार अबेर साँझ वनरक्षकको टोलीले तीनजना काठ तस्करलाई जन्डौलस्थित वन क्षेत्रबाट पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरूका बारे बुझ्न टोलीले मृतक भट्टराईलाई समेत बोलाएको थियो । त्यतिवेला भट्टराईकै उपस्थितिमा काठ तस्करहरूले सात हजार रुपैयाँ र एउटा कुखुरा भट्टराईको घरबाट ल्याएर दिएपछि वनरक्षकहरूले काठ तस्करलाई छाडिदिएको स्थानीय उषा साहले बताइन् । त्यसपछि राति के भएको हो भन्ने सम्बन्धमा आफूलाई केही जानकारी नभएको साहको भनाइ छ ।वनरक्षकको संलग्नताबारे शंका उब्जिएपछि सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक संजयसिंह बस्नेत मंगलबार बिहान रूपनीस्थित शम्भुनाथ रेञ्जपोस्ट पुगेर वनरक्षकहरूसित बयान लिएका छन् । बयानका क्रममा वनरक्षकहरूले आफूहरू भट्टराईको घरतिर गस्तीमा गए पनि घटना सम्बन्धमा केही जानकारी नभएको बताएका थिए ।
बाबुआमा नै मारिएपछि तीन छोराछोरीको बिचल्ली
मृतक भट्टराई दम्पतीका दुई छोरा र एक छोरी छन् । बुबाआमा दुवैजनाको एकसाथ हत्या भएपछि १५ वषर्ीय छोरा दीपेश, ११ वषर्ीया छोरी दीपिका र नौ वषर्ीय छोरा दिनेशको बिचल्ली भएको छ । हत्याको खबर सुनेपछि हेर्न र तीन छोराछोरीलाई सान्त्वना दिन आउनेको भीड लागेको थियो । जंगल क्षेत्रमा तीन/चारवटा घर रहेको सानो बस्तीमा भट्टराई दम्पतीको हत्या भएपछि बस्तीका बासिन्दामा त्रास छाएको छ ।
घाँटी बाँधेर कुट्दा बाबामम्मी रुनु भो
- कान्छो छोरा दिनेश
राति ७ बजेतिर वनपालेहरू हाम्रोे घर आएका थिए । हाम्रो घरभन्दा अलि तल वनपालेहरूले तीनजना काठ तस्करलाई पक्रेर ल्याएका रहेछन् । उनीहरू प्रसवनीका काठ तस्कर थिए । काठ तस्कर र वनपालेहरूले मेरो बाबालाई बोलाएर त्यहाँ लगे । त्यहाँ के भयो मलाई थाहा छैन । केहीबेरमा उनीहरू हाम्रोे घर आए र ठूलो कुखुरा लिएर गए । बाबाले उनीहरूलाई भाले कुखुरा दिनुभयो । त्यसपछि राति खाना खाएर बाबामम्मी जस्ताको घर भएको कोठामा सुत्न जानुभयो । हामी तीनैजना दाजुभाई पल्लोे कोठामा सुतेका थियौं । राति करिब ११/१२ बजे तिर ११ जना आए । उनीहरूले कुट्न थालेपछि बाबामम्मी रुनुभयो । हामीले झ्यालबाट हेर्दा उनीहरूले मम्मीको घाँटी बाँध्दै थिए । मम्मीको टाउको यतातिर बाँध्दै थिए । बाबाको सीधै बाँध्दै थिए । बाँधेपछि कुटेको कुट्यै गरेे, अनि रुनुभयो, अनि जानुभयो । हामीलाई पनि कसैलाई केही भन्यो भने बाबामम्मीजस्तै माछांैर्ं भनेर गए ।
नयाँ पत्रिका

 

17 Responses to “बाबुआमाको निर्मम हत्या, छोराछोरीको बिचल्ली”

  1. ram says:

    नेपाल मा फासी को सजाय नदिने हो भने एस्तो घटना नेपाल मा दिन प्रतींदिन बढ्दै जान छ…

    Well-loved. Like or Dislike: Thumb up 164 Thumb down 0

    • हितमान घले, लाप्राक गोर्खा says:

      You are right but it is not the best solution, perhaps it is the second best.

      The main banana is the border security.

      खुला सिमा सन्धि खारेज गर्नु is the best solution for pretty much everything.

      Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 0

  2. shahadev says:

    मिर्तक मा चिर सान्ति को कामना गर्दछु !!

    Well-loved. Like or Dislike: Thumb up 32 Thumb down 3

  3. Arun says:

    हेय्य very sad
    हे god plz do something for those kids
    र नेपाल सरकार नेपाली जनताको बाच्न र
    बोल्न पाउने अधिकार त सुनिस्चित गर कमसेकम
    छिटो भन्दा छिटो हत्त्यारा लाई पहिचान गर

    Well-loved. Like or Dislike: Thumb up 32 Thumb down 0

  4. pahade says:

    १०० prasent भारतको रोग नेपालमा सरेको हो नेपालको नेता भारतले दिएको कुकुरको हड्डी चपाउने हो..भाकी हो या होइन तपैहरु. को हातमा

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 0

  5. kushum says:

    यो अपराधी हरुलाई पत्ता लगाई फाशी दिनु पर्छ . दुनिया शमु देखायर कर्भाही गर्नु पर्छ .

    Well-loved. Like or Dislike: Thumb up 130 Thumb down 0

  6. Ramesh basnet says:

    बन्पालेहरुनै तस्करहरुसंग मिलेर मारेजस्तो लग्यो मलाईत किनकि बन्पालेहरुको हात्तिको जस्तै देखाउने र चपाउने दुई खालको दाँत हुन्छ

    Well-loved. Like or Dislike: Thumb up 49 Thumb down 0

  7. kushum says:

    सरकारले तु नानीहरुको भबिस्य को जिम्मा लिनु पर्छ

    Well-loved. Like or Dislike: Thumb up 60 Thumb down 0

  8. om prakash says:

    एस्तो कुकुर हरुलाई पिटीपिटी मार्नु पर्छ |

    Well-loved. Like or Dislike: Thumb up 31 Thumb down 0

  9. Such a murder case we don’t have strong law to be satisfied.In fact the punishment should be death penalty.Or life long prison.

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 0

  10. कहा मस्ती संग बसी रहेका छन् हाम्रा तराई बासि गृह मन्त्रि ? अब यो तराईमा अनिश्चित कालका लागि कर्फ्यु लगाउनु भन्दा अरु विकल्प छैन, नत्र यहाँ जे जस्ता घटना पनि हुने गर्दछन .

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 0

  11. Debindra says:

    अब बन्ने संबिधान मा फासी को सजाय अपरिहार्य भएको छ / अन्यथा एस्ता घटनाले प्रोत्सान पाउने छन् र समाज झन् असुरछित र आतंकित हुनेछ /

    Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 0

  12. gokarna says:

    यो त अति भैसक्यो सबैलाइ झुटा कुराहरुले फोहोरी राजनीतिक खेलेर आफ्नो स्वार्थ मात्र पुरा गर्नु परेको छ यदि हाम्रा गणत्रन्त्रिक प्यारा मन्त्रीहरुमा 0.0१% पनि नैतिकता र इमान्दारिता भएको भए खासगरी गृह मन्त्रीले एस्तो घटना भएको २४ घण्टा भित्रमा पदबाट राजिनामा दिन्थे ,प्रहरी प्रमुख उपरीक्षक र प्रहरी निरीक्षकहरुलाई के दोष दिनु जस्तो लाग्छ बिचराहरुले तराइमा बसेर काम गर्नु पर्छ सबैको सुरक्षा हेर्नेले आफ्नो परिबारको पनि त ख्याल राख्नु पर्छ !समाचारहरु हेर्दा दोषी नजिकै छन् जस्तो लाग्छ तर ,हो २,४ वटा एस्ता अपराधीलाई फसिदिएको डर र त्रासले धेरै अपराध कम हुन्छ भने फासिको सजायपनि राख्नु पर्छ !!!

    मन परे हरियो, नपरे रातो

    Well-loved. Like or Dislike: Thumb up 10 Thumb down 0

  13. Nayan Chamling says:

    नेपालमा फासी दिने कानुन हुनुपर्छ . तर के गर्ने यो कानुन बनाउनेहरु लेनै देश उधो धकेली रहेको छ . समिधानमा यो कुरा कसैले उठायेना यो बिसयमा जनमत संग्रह भय ९०% जनता ले भोट हालेर जित्ने थियो . यो कानुन नेपालमा लागु नभय Samma नेपाल कहिले उभो लाग्दैन !

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

  14. Nayan Chamling says:

    बन सिध्यौना बन कर्मचरीहरु के के गर्दोरहे छ त? सामुदायिक बन का राक्छेसहरु र सरकारी बन कर्मचारी बादरहरु बाहिर नाभुके पनिहुन्छ तिमिहरुको पाप हजार पुस्ताले पनि भोग्ने छ.

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

  15. यी जस्ता बलात्कार र जुनसुकै प्रकारको हत्या होस् सोजै फासिको सजाए नभए यो कुनै पनि हालतमा अन्ते हुदैन | हुनत यिनै जनताले कुनै दिन फासिबाद अन्ते गर भन्दै नारा लागाको हो ,तेसैको परिणाम आज भोग्दै छन् | मिडियामा दिएर , भासन छाटेर , हदै सम्मको कारबाई दिएर केहि हुने छैन |फासी नदिए तेस्ता यौन पिपासुहरु सल्बलाई रहन्छन |

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

  16. samir tamu says:

    एस्तो बिजोक त कसको पो हुन्छा होला होला यार्र साथी हो

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)