आज म सम्झिन्छु , त्यों बिगत मेरो सामू चलचित्र जस्तै लाग्छ / जीवनका परिबेश बदलिन्छ
अमरले लेखेका पत्रहरूले मलाई अझै झस्काउछ्न / मेरो अति नै मिल्दो साथी हो ऊ , मेरा
कुरालाई कहिल्यै नाइनास्ति गरेन /मेरा केटीसाथी बारेमा खुबै जिस्काउथ्यो र भन्थ्यो ,
´´हेर गौरव !तं कस्ती युवती मनपराउस ? हेर त्यो युवतीले तेरो बारेमा सपना मात्र देखेर
हुन्न तलाई धोका नदेओस उसलाई प्रेम गर ´´
´´हुन्छ यार´´ मैले भने
उसले लेखेका धेरै पुस्तक पढेको छु/ उसले समाजमा हुनेगरेका तमाम कुसंस्कार नारी प्रति
गरेका घरेलु हिंसाको बारेमा खुबै सनसनीपूर्ण काहनी लेख्थ्यो / समाजका केहि उदण्ड
स्वार्थीको चरित्र उदाङ्गो पारिदिन्थ्यो /
उसका साथीहरुले उसलाई धम्काउथे ,घुर्काउथे र सुनाउथे –´´ के लेख्या होला डोका न डालाका
कुराहरु ? के पाउछस यार ? तेरा बाबु शहिद भएर त सम्मान पाएनन् तैले लेखेर के ईज्जत
पाउलास खै ?ऊ चुपचाप हुन्थ्यो किनकी उसलाई थाहा थियो यस्ता अजिवसंग बोल्नु भन्दा
नबोल्नु नै ठिक ठानी बाहिर निस्कन्थ्यो / उ सम्झिन्थ्यो बडो अपमानित गर्दै भनेका हुन्थे
राती ति जिवन्त पात्र बनेर उसलाई जगाउथे र भन्थे जे मनलाग्छ गर तेरो मनको भावना पोख´´ ऊ
आफ्नो कलमको मसीले उनीहरुको जीवनको यथार्थ रंग दिन्थ्यो ,/ पुस्तक प्रकाशित हुदा उसका
सामुन्ने निलाकाला अनुहार लिएर बधाई दिन्थें यो तितो सत्य थियो /आफै लज्जित हुदै फुत्त
भाग्थे /
एक दिन उ बिरामी भएको सुनेर म उसको घरमा पुगें , बिधवा आमा मलाइ देख्ने बित्तिकै
घोप्टिएर रुन थाल्नु भयो / मैले धेरै कुरा सम्झाएँ / हिजो भन्दा आज अलिक बिशेष भएको
भन्थ्यो डाक्टरी औषधि खाएको भन्थ्यो / अमरकि बहिनी मेरो सामु नजिक हुदा साथ लजाउथिन /
अमरकी आमालाई मैले अमरको लागि आफ्नी मामाकी छोरी दिनको लागि कुरा गरेको थिएँ/ यसो भन्दा
सुनिता केही गम्भीर हुन्थिन /अमरकी आमाले मेरो बिबाहको कुरो घुमाउरो पाराले बताउनु भएको
हुन्थ्यो ताकि सुनितालाई बिबाह गरोस , यसैले एकपल्ट म सुनिताको हातबाट भाई टिका लगाउने
सोचमा थिएँ ./सुनिताले यो कुरा बुझिसकिछिंन र भनिन , म कसरी टीका लगाउँ ?हजुरलाई त
शर्मिला दिदी हुनुहुन्छ नि ? मैले कुरा बुझें म तुरुन्त घर फर्कें / उ निको भएको खवर
पाएँ तर ऊ केही दिन पछि मेरो घर आयो / ऊ केही तनावमा थियो ,ऊ हरेक कुरा मसंग नलुकाई
भन्थ्यो
ऊ आफ्नो बाबाको बलिदानको कुरा सुनाउथ्यो /आमाले आफ्नो लागि दुख गरेको कुराले अति
प्रभावित हुदै भन्थ्यो , हेर गौरव बाबालाई गोली हाल्दा पनि घाइते बघिनी गर्जिदै भन्नु
भएको थियोमेरी आमा , भन्नु हुन्थ्यो हेर देशद्रोही दानव हो मेरो डम्मरुले तिम्रो
सत्यानास गर्ने छ बुझ्यौ !´´म कसरी प्रतिशोध लिनु बडो सोचाईमा थिएँ , अमृतले मेरो जीवन
नै परिबर्तन गरि दियो होनहार युवक थियो उ पनि मुग्लान पस्यो उसैले भनेको थियो हेर अमर
तेरा दुश्मनको एक अचुक औषधि साहित्य र पत्रकारिता हो तैले यसै बिषयमा आफ्नो अध्ययन
गर्नु पर्छ बुझिस भनेको थियो / उ विदेशको कुन गल्लीमा आफ्नो देशको हालत र आफ्नो
भाग्यलाई धिक्कारी रहेको होला ?,,
उसले आफ्ना तिता यथार्थसुनाइ रह्यो / सडकको छेउमा बजारबाट फर्केका थियौं कोही अपरिचित
मानिसले उसलाई आफुसंग बोलायो ,उ सरासर गयो ऊ आउला आउला भन्दा भन्दै साझ पर्यो ऊ फर्केन
मलाइ डर लाग्यो /कतै उसलाई अपहरण गरियो या भूमिगत भयो पत्ता लागेन / घर पुगेर सारा कुरा
सुनाएँ ,आमाछोरी छाती पिटी पिटी मलाइ झम्टी रोएका थिए, अचानक अमरको फोन आयो म आकाश्मिक
मुक्ति मिल्यो मैले सारा सम्झाएँ समालिदै अमरकी आमाले भन्नु भयो -´´गौरव यो घर आफनै
सम्झेर आउनु तिमि बाहेक हाम्रो को नै छर नजिकको ?´´
´´हुन्छ आमा´´ मैले भने
सुनिताले मेरो नजिक आएर हात समाउदै बडो भाबुक हुदै भनिन ´´भन्नुस त हजुर बाहेक हामीलाई
कसले वास्ता गर्छ र ? कृपया समय मिल्यो भने आमाको मन नदुखाइदिनुस है !´´
´´हुन्छ सुनु!म आइ हाल्छु नि बिस्वास लाग्दैन ?´´मैले मायालु पाराले सम्झेर घर तिर
लागें / छिमेकी गाउलेहरुले सुनिता र मेरो बारेमा तथानाम कुरा काटेको सुनिथ्यो मेरो लागि
यो सामान्य भै सकेको थियो अमरको बारेमा जानकारी लिनु मेरो प्रमुख काम थियो /
रात छिप्पिदै जान्थ्यो अमरको सम्झनाले मलाइ बिगतमा पुराउथ्यो ऊ शहिदको सन्तान , उसले
पत्रकारितामा उच्च शिक्षा हासिल गरेर पनि ऊ बेरोजगार थियो / सोर्स्फोस बिना काम
हुदैनथ्यो ऊ कसैको अगाडि हात फैलाएंन ऊ खेति किशानी गरेर आमा र बहिनीलाई खुशी बनाएको
थियो /बेलाबखत साहित्यिक समसामयिक लेख रचना बिभिन्न पत्रिकालाई दिएर आफ्नो पाकेट खर्च
चलाउथ्यो /चलेकै थ्यो उसको जिन्दगी /
अचानक आफ्नो इमेल खोले उसैको चिट्ठी रहेछ बहुत खुशी लाग्यो
लेखेको थियो
मेरो आत्मीय मित्र
गौरव नमस्ते सलाम !
धेरै खुशी लाग्यो मैले आफ्नो घर छोडेको पनि बर्ष दिन भयो धेरै साथीहरु मेरा घरमा पुगेर
आउनु भएको रहेछ / तैले मेरो आमाको र बहिनीलाई राम्रो गरि सम्झाएर राखेको पाएँ / धेरै
युवतीले तं संग चाहेको पनि पाएँ
तर अझसम्म अबिबाहित भएर किन रहिस ? तलाई कुनै समस्या छ भने भन कतै सुनितालाई पर्खेर
बसेको त छैनस ? ऊ तेरी हो उसले आज होइन पहिले देखि नै तेरो लागि मरिमेत्थी , बहिनीलाई
बिबाह गरिस भने तलाई मैले जुवाई पनि भन्नु पर्ला केहि छैन / मैले आजकल नेपाली युवा
युवती को बारेमा एक सनसनी पूर्ण उपन्यास लेख्दैछु / अगिल्लो पुस्तक हरुले ´´देशका
दुश्मन ´´´भूमिगत जीवन´´ले मेरो परिचय मात्र होइन देशका नेताहरु र बर्तमान प्रशासंनमा
हलचल ल्यायो मानिसहरुले मलाइ चिन्दैन्न किनकी म जिउदो भूमिगत भएर पात्रहरु खोज्दै सडक र
समाजका आखाहरुलाई जिल्याई दिएको छु / हो गौरव तलाई कति चोटी भेटेको छु तैले मलाइ चिन्न
सकिनस सम्झाई दिऊ ? तं बिरामी परेको थिइस मैले नै तलाई औषधि ल्याएर दिएको थिएँ पैसा लिन
इन्कार गरेको थिएँ तैले हातमै दिएको भुलिस
ल अर्को पत्रमा अरु कुरा लेखुला बिदा माग्छु
तेरो उही दोस्त (साथी )
अमर शर्मा
जनक मार्ग लुम्बिनीनगगर
उसकोपत्रले मलाइ सोच्ने बनायो जवाफ लेख्ने प्रयास कति गरें सकेको छैन
———————————————————————————-
मोहन आचार्य
इन्द्रेणी शर्मा ´´जलद ´´
प्रगतिनगर नवलपुर नवलपरासी लुम्बिनी नेपाल
हाल लिस्बोन पोर्तुगल
दिनाङ्क 02/01/2012 लिस्बोन
यो कथाका पात्र काल्पनिक हुन् कोही कसैसंग सरोकार राख्दैन /जलद
समग्रमा पत्रात्मक शैलीमा लेखिएको कथा रामै छ ।
मन परे हरियो, नपरे रातो
1
0