काठमाडौं,पुष २२ । भक्तपुरमा शनिवारराती आगलागी हुँदा एकै घरका ३ जनाको जलेर मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १ सुर्यमढी तौलाछेमा रहेको पूर्णभक्त प्रजापतिको घरमा आगलागी हुँदा जलेर उहाँकी श्रीमती र दुई छोरीको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा ६४ वर्षकी लक्ष्मीकेशरी र छोरीहरु ३९ बर्षकी पार्वती र २६ बर्षकी सजना प्रजापति रहेको प्रहरीले जनाएको छ । पूर्णभक्त प्रजापति र कान्छी छोरीले भने भागेर ज्यान जोगाएका छन् । आगो लागेपछि चौथो तल्लामा सुतेका छोरीहरुलाई उठाउँन जाँदा आमा लक्ष्मी केशरीको जलेर मृत्यु भएको थियो । राती १२ बजे लागेको आगो भक्तपुर, काठमाण्डु, ललितपुर र प्रहरीको सातवटा दमकलले बिहान ३ बजेपछि मात्रै नियन्त्रणमा लिएको थियो । शनिवार भोजको खानपिन सकिएपछि तेश्रो तलामा बालिएको आगो ननिभाई सुत्दा आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट घर पूर्ण रुपमा जलेको छ भने २० लाख रुपैँया भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
बिचार !
मन परे हरियो, नपरे रातो
6
0
I reckon every house should have a fire exit and fire extenguisher.
मन परे हरियो, नपरे रातो
4
0
किन आगो न निवाई सुत्न गयको होला कसरी भयो कस्तो आगो थियो ग्स बाट हो कि कसरी भयो यौ नेपाल मा अनेक हुन्छा
मन परे हरियो, नपरे रातो
0
0
मिर्तक मा चिर सान्ति को कामना गर्दछु!!
Well-loved. Like or Dislike:
11
0
दुखद समाचार ….
मन परे हरियो, नपरे रातो
0
1