हुम्ला, पौष २२ । हुम्लाको सदरमुकाम सिमिकोटमा स्थानीय प्रशासनले लगाएको कफ्र्यु आज पनि जारी छ । बिहान ७ बजेदेखि ८ बजेसम्म १ घण्टाको लागि कफ्र्यु हटाईएपनि पुन ः कफ्र्यु लगाईएको हो । दुई सातायता पश्चिम उच्च पहाडी गरीबी निवारण आयोजनामा कर्मचारी नियुक्तिको बिषयलाई लिएर सदरमुकाममा दिनहुँ झडप र प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले हिजोदेखि कफ्र्यु लगाएको थियो ।कफ्र्यु लगाईएको कारण गएराति कुनै अप्रीय घटना नभएको प्रहरीले जनाइएको छ । कर्मचारी नियुक्तिको बिषयमा राजनीतिक दलहरु नै लागेकोले झडप उग्र बनेको थियो ।दलहरुबीच सहमति कायम नहुञ्जेलसम्मका लागि कफ्र्यु रहने स्थानीय प्रशासनले जनाएको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
दलहरुलाई सहमति चाहिएको छैन दल दलमा हुम्ला फसाएको मात्र हो बुज्नु पर्ने कुरा खोइ ……
Well-loved. Like or Dislike:
31
0
लाजमर्दो राजनीति हेर्नुस्ता सिन्धुली र हुम्लाको |कारागारमा झडप भयको घटनाले जिल्लानै बन्द गर्नु कस्तो राजनीति हो |को हुन् त जेल मा परेका अपराधी ?यी अपराधीहरु राजनीतिक कार्यकर्ता हुनुपर्छ |यदि होइनन भने राजनीतिक संगठनले किन बन्द हड्ताल गर्नु पर्यो |मैले त कहिले पनि जनताको लागि लडेको र दुखमा साथ दिएको देखिन |
मन परे हरियो, नपरे रातो
7
0
नेता खतम छ
मन परे हरियो, नपरे रातो
4
3