काठमाडौं,पुष २२ । नेपाली सेनाका कर्णेल कुमार लामालाई मानवअधिकारको उल्लघंन गरेको अभियोगमा बेलायती प्रहरीले गिरफ्तार गरी मुद्दा चलाइएकोप्रति गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले कडा आपत्ति जनाएको छ । आइतबार प्रेस विज्ञप्ती जारी गर्दै गेसोले बेलायतसामु पाँच प्रश्ननको जवाफ दिनसमेत माग गरेको छ । गेसोले,”दोस्रो विश्वयुद्धलगायतका लडाइँमा बेलायती सेनाका तर्फबाट लड्ने क्रममा घाइते भएका हजारौं गोरखालाई युद्धसमाप्तीपछि रित्तो हात, नेपालको सीमासम्म पुर्याएर घरसम्म पुग्न पनि नसक्ने र घरमा पुगेपछि जीवनभर अरुको भर पर्नुपर्ने गरी बिना पेन्सन या बिना सुविधा फर्काउँदा बेलायतले कुन मानवअधिकारको पालना गरेको थियोरु उसले त्यसको जवाफ नेपालीलाई दिनुपर्छ कि पर्दैन?” भन्दै प्रश्न गरको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
विज्ञप्तीको पूरा पाठः
प्रेश विज्ञप्ति
बेलायतको दोहोरो चरित्रको गेसो भर्त्सना गर्छ
नेपाली सेनाका कर्णेल कुमार लामालाई द्वन्दकालमा मानवअधिकारको उल्लङ्घन गरेको अभियोगमा बेलायती प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको समाचारप्रति गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) को गम्भीर ध्यानाकर्षण भएको छ। एउटा सार्वभौमसत्ता सम्पन्न देशको वहालवाला सैनिक अधिकारीलाई उक्त देशको सरकारलाई जानकारी समेत नदिई गिरफ्तार गरिनु आपत्तिजनका कार्य हुँदै हो। कमसेकम उक्त देशमा भए गरेका मानवअधिकार उल्लङ्घनका घटनामा रहेको राजनीतिक प्रकृती र त्यसलाई सल्टाउन कुनै कदम चालिएको छैन भन्ने प्रमाणित भएको अवस्था या अपराध प्रमाणीत भएकाहरुलाई आवश्यक कारबाही या पीडितलाई न्याय दिलाउने प्रक्रिया नचलेको या चल्दैन भन्ने प्रमाणित भएको सन्दर्भमा बाहेक गरिने यस्तो कार्यले नेपालको स्वतन्त्रतामाथि नै आघात परेको हामीलाई लागेको छ। यस्ता मामिलाको छिनोफानो गर्ने अधिकार नेपालीहरुलाई नै दिईनु पर्दछ।
अर्कातिर कारबाही गर्ने मुलुक बेलायतको मानवअधिकार सम्बन्धी इतिहास पनि यस सम्बन्धमा परीक्षण गरिनु पर्ने हुन्छ। गोरखाहरुका प्रतिनिधिका रुपमा हामीलाई यसो भन्न अप्ठेरो लागिरहेको छ कि नेपालीहरुमाथि आजसम्म सबैभन्दा बढी मानवअधिकार उल्लङघन गरेर दुःख दिने काम स्वयं बेलायतले गरेको छ। एउटा नेपाली सैनिकलाई आरोपित गरेर मुद्दा चलाउनु अगाडी बेलायतले यी प्रश्नको जवाफ दिनुपर्छ भन्ने हाम्रो माग रहेको छ।
१) दोस्रो विश्वयुद्ध लगायतका लडाइँहरुमा बेलायती सेनाका तर्फबाट लड्ने क्रममा घाइते भएका हजारौं गोरखाहरुलाई युद्धसमाप्ती पछि रित्तो हात, नेपालको सिमासम्म पुर्याएर घरसम्म पुग्न पनि नसक्ने र घरमा पुगेपछि जीवन भर अरुको भर पर्नुपर्ने गरी विना पेन्सन या विना सुविधा फर्काउँदा बेलायतले कुन मानवअधिकारको पालना गरेको थियो? उसले त्यसको जवाफ नेपालीहरुलाई दिनुपर्छ कि पर्दैन?
२) बेलायती सेनामा कार्यरत गोरखाहरुमध्ये किरात र बौद्ध धर्म मान्नेहरुलाई जबरजस्त हिन्दु बनाउने बेलामा बेलायतले कुन मानवअधिकारको सेवा गरेको थियो?
३) बेलायती सेनाले ब्रुनाइको विद्रोह दमन गर्दा र इण्डोनेशियाको गाउँहरुमा निःशस्त्र किसानहरुमाथि गोली चलाउँदा कुन मानवअधिकारको रक्षा गरेको थियो?
४) बेलायतको अपील कोर्टको फैसला अनुसार पनि ४ बर्ष अगाडीसम्म बेलायत सरकारको गोरखा नीति गैरकानूनी र दोहोरो चरित्रको थियो। यस्तो दोहोरो चरित्र र गैरकानूनी कार्य गर्दा गोरखाहरुमाथि भएको मानवअधिकार उल्लङ्घनको जिम्मेवारी बेलायतले लिनुपर्छ कि पर्दैन?
५) हवाईकाण्डको बेला सैनिक कानून उल्लङ्घन गर्ने आफ्नो मेजरलाई कार्बाही नगरी समस्त कम्पनीका गोरखा जवान तथा अफिसरहरुलाई कसूरको छानविन पनि नगरी निलम्वन गर्दा कुन मानवअधिकारको पालना भएको थियो?
गेसोसँग यस्ता प्रश्न सयौं छन्। यस्ता केसहरु पनि हजारौं छन्। नेपालको आन्तरिक विद्रोह र त्यसलाई दमन गर्ने क्रममा भएका अधिकार उल्लङ्घनका घटनालाई आधार बनाएर नेपाली सेनाका अधिकारीलाई कारबाही गर्ने बेलायतले गोरखाहरुले उठाएका यी प्रश्नको जवाफ नदिने हो भने उसलाई कर्णेल लामामाथि कार्बाही गर्ने नैतिक अधिकार पनि रहँदैन। कारबाही गर्ने अधिकार मात्रै होईन उसलाई मानवअधिकारको बिषयमा पैरवी गर्ने कुनै नैतिक अधिकार रहँदैन।
गेसो मानव अधिकारसम्बन्धी कानूनहरुको सम्मान गर्दछ। नेपालमा भएका मानवअधिकार उल्लङ्घनका घटनाका दोषीहरुलाई उन्मुक्त छाड्न हुन्न भन्ने मान्यता गेसोको पनि हो। तर यस्तो कार्य गर्ने र यस सम्बन्धमा पहिलो फैसला गर्ने अधिकार नेपालीहरुलाई नै दिइनुपर्दछ। बेलायतलाई त यस्तो अधिकारको कुरा गर्न लाज पनि लाग्नु पर्ने हो। यसर्थ गेसो कर्णेल लामालाई तत्काल रिहाई गर्न र हाम्रा प्रश्नको जवाफ दिन बेलायत सरकारसमक्ष जोडदार माग गर्दछ।
पदमबहादुर गुरुङ
सभापति
मिति : ६ जनवरी २०१३
धन्याबाद पदम जी- राम्रो कुरो उठाउनु भएको छ- अझै एउटा कुरो नमीता र सुनीताको बारे पनी उठ्न जडुरी छ-
Hot debate. What do you think?
253
321
छिमेकीको कुकुरलाई नराम्रो गाली गलौज गर्दा,आफ्नै बच्चालाइ चड्कन हान्दा पनि जेल जानु पर्ने देस हो बेलायत!आफुले पालेको कुकुरलाई खानेकुरा नदिदा राम्ररि नुहाई दुहाई नगरिदिदा,कुकुर बिरामी पर्दा समयमा अस्पताल नलादा जेल जानु पर्ने देस हो बेलायत!तोकेको ठाउमा बाहेकका ठाउमा पशु बध गर्दा ,पशुलाई अनाबश्यक यातना दिदा समेत जेल जानु पर्ने देस हो बेलायत!
माथिका उदाहरण बाट यो स्पस्ट हुन्छकी बेलायत नितान्त नियम कानुन भित्र चल्ने देस हो|त्यहाँ कानून मानिस देखि पशु सम्मलाई बराबरी हुन्छ|त्यहाको कानूनले न त तपाइको कद हेर्छ न त तपाइको हैसियत नै|तपाई मन्त्रि हुनुहोस या प्रधान मन्त्रि या त सामान्य घरपालुवाजनावर कानूनको नजरमा तपाई समान हो त्यहाँ|
कालुमानल तामांगले त्यहाँ जानुनै गल्ति गरे र सम्भवत उनि २० बर्ष जेल जान्छन अपराध प्रमाणित भएमा|
यदि उनको कसुर ठहरिए अरु त के त्यहाँका प्रधान मन्त्रि डेबिड क्यम्रॊनले पनि छुटाउन सक्दैनन् उनलाई!!यति सक्तिशाली छ त्यहाँको कानुन कार्यन्वयन|
कुरा रह्यो नेपाली कर्नेल भन्ने उनि कर्नेलको हैसियतमा कुनै मिसनमा बेलायतमा आएका होइनन|उनि एउटा देसको युद्ध अपराधमा आरोपित व्यक्ति हुन्|उनिजस्ता जो सुकै आरोपी लाइ पनि सजाय हुन् सक्छ त्यहाँ|नेता ,ठुलोमंछे जनरल कर्नेल ठुलाहरुलाई चाही कानून लाउनु हुदैन है भन्ने यी सब कुरा चल्दैन त्यहाँ|
Well-loved. Like or Dislike:
474
55
होइन कर्नेल ले मानब अधिकार हनन गरेर बन्दि हरु प्रति अन्याय गरेकै हो भने नेपाल सरकारले नै कारवाही गर्नु पर्ने हो तर बेलायत सरकारले कारवाही गर्छ भने, दोसी लाई सजाय र पिडित लाई राहत पाउछ भने संसार भरिका न्याय प्रेमी व्यक्तिहरुलाई के को आप्पति??गेसो लाई के को आपति अथवा सरकारलाई किन अप्ठेरो ??? के हाम्रो नेपाल अर्थात् हामी नेपाली अपराधी संरक्षक राष्ट्र हौ ?…
Hot debate. What do you think?
699
710
मिलन यु के ज्यु
तंपाई हामी नेपाली अपराधी संरक्षक राष्ट्रका त पक्कै पनि होइनौ तर हामीले हाम्रा अपराधिहरुलाई सजाय दिन पाउनु पर्छ / यो हाम्रो आन्तरिक बिषय र चाँसो हो / आपराधिलाई कसरी सजाय दिने हो भन्ने हामी नेपालीलाई राम्ररी थाहा छ, बेलायतले हाम्लाई सिकाउनु पर्दैन /
Hot debate. What do you think?
68
205
मेरो पनि सहमति छ .
Hot debate. What do you think?
164
247
यो कुरा त बेलायत सरकार ले राम्रो विचार गरेर नै कदम उठाएको होला नि.यदि गर्नु नहुने काम भएको भए गर्दैन थियो होला भनेर पो भन्छु म त …
Well-loved. Like or Dislike:
446
367
अब एसले भान्छा नेपाली सुरछ्या कर्मी र राजनीतिज्ञ हरुले सिक्नु पर्ने पाठ. अब आउने पालो कसको??
Well-loved. Like or Dislike:
281
262
Yo लै फासी dinu parcha
Well-loved. Like or Dislike:
61
44
यो लामा लाई ठोक्नु पर्छ आफ्नु pawer देखाएको थियो होला
Well-loved. Like or Dislike:
147
60
धेरै राम्र्रो हॊ, येदि ब्बय्ना बन्ने नेपाल को कन्नुं काम गर्दैन . नेपाल मा जसको पोवेर उसको ने हुन्छा. जसको पोवेर छैन ठेसको ने पौदैना ही हामी सबै ले थाहा भय्ये को कुरा हो .नमस्त्ये
Well-loved. Like or Dislike:
66
13
नेपालमा कुर्सि टिकाई राख्न इंडिया गय जस्तै कानुनी सल्लाह पनि बेलायत वा अरु कुनै देशलाई दिन खोजियको त हैन ?
Well-loved. Like or Dislike:
49
5
अब इउके जान अरु नेता पनि होसियार है नेता हो कतै तपाईं हरुले पनि येस्तै मानब हन्न्न्न त गर्नु भएको छौ कि? पकदा पर्लाउ !
Well-loved. Like or Dislike:
99
0
hang him till death
Well-loved. Like or Dislike:
50
35
यो बेलायेती हरु त फटाहा हरु हो , आफ्नो दुनो सोझो पार्न जस्तो पनि खेल खेल्न सक्छन , आफ्नै नियेम कानुन मा संसार चलाउनु पर्छ भन्ने सोच्छ यो बेलायेती फटाहा हरु lai kahilai biswas garnu hudaina .
Hot debate. What do you think?
79
206
जे भएको छ ठिक भएको छ बेलायेत को सरकारी ओकिल ले नेपाल मा ठुला र पद मा भएको मान्छे लै कारबाही गर्ने कानुन नै छैन भनेको छ रे .. जे देखेको छ त्येही भनेको छ अब पालो अग्नि सापकोटा प्रचण्ड बाबुराम रुक्मांगत कटुवाल को गल्ति गर्ने ले गल्तिको सजाए मरेपछि पाउछ भने कुरा गलत भएको छ गल्तिको सजाए जिउदो हुदै पाउछन ……….
Well-loved. Like or Dislike:
63
25
बेलायतले नेपाली सेनाका कर्णेल कुमार लामालाई द्वन्दकालमा मानवअधिकारको उल्लङ्घन गरेको अभियोगमा बेलायती प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएकोमा धन्यबादनै भन्नु पर्छ किन भने नेपालको राजनैतिक अवस्त बिग्रिएर गएको छ| उनले मानवअधिकार उल्लङ्घन गरेको हो भने किन उनलाई कारबाही गरिएन नेपालमा? उनि अघिनै दोषी ठरिसकेको रहेछ| ठुलो पद्मामा काम गर्ने भन्दैमा उन्मुक्त दिनचाही मिल्दैन| नेपालमा ठुलो पद्मामा काम गर्नेलाई कारबाही नै हुदैन र समान्न्य नागरिकले गल्ति गरयो भने चै कारबाही हुन्छ| यो प्रब्रित्दी चै तुरुन्त रोकिनु पर्छ र उनलाई नेपाल ल्यहये पनि कारबाही चै आवस्य हुनै पर्छ|
Well-loved. Like or Dislike:
164
18
साथीहरुको सुझाब पनि पढ्न पाए। गोसेले गरेको काम पनि पदे । हो दु:ख लाग्छ नेपाल सरकार प्रति उस्ले नेपालीहरु लाई न्याय दिन सकेन् सबै पैसाको पछि लाग्यो यो कुरामा नेपालीको नाताले सबै जना दु:खी नै छौ तर पनि कुरा यहाँ आ उछ कि हामी स्वोतन्त्र देशका स्वोतन्त्र नेपाली नागरिक हौ । तेसैले हाम्रो आन्तरिक मामलामा अरुको हस्तछेप हामिलाई मान्ने हुने छैन् तर यस्को मतलब यो भने होइन कि अपराधीलाई सजाय नहोस् भन्ने, सजाय अबस्य गर्नु पर्छ बेलायेतीहरुले होइन तपाई,हामी सबै नेपाली मिलेर । होइन भने नेपाली भन्नुमा लाज् मान्नुस् सबै काम अरु कै भरमा छाड्ने बानी प्रति
Well-loved. Like or Dislike:
53
25
गेसो ले यो बिषय लै लियर टाउको दुखाउनु ब्यर्थ छ …रिहा गर्छन नि नेपाल का नारायण काजी जस्ता बुद्धिजिबी संसार हाक्ने सफल राजनेता हरु ले ….
Well-loved. Like or Dislike:
44
28
नेपालमा मानब अधिकार उलंघनका घटना धेरै छन्/चाहे तो राज्जे को तर्फ बाट होस् वा बिद्रोइ को तर्फ़ बाट मानब अधिकार उलंघन भै राखेकै छ/हिजो के टिचर मुक्तिनाथ अधिकारीलाइ माओबादी पार्टी (प्रचण्ड र बाबुराम )को इसारामा मार्दा तेहा मानबअधिकार उलंघन भएको थियन /मुक्तिनाथ अधिकार एउटा पात्र मात्र हुन्/उनि जस्ता धेरै लाइ माओबादी ले मारे ,अनि अहिले पनि मारी राखेका छन् /माओबादी बाट धेरै को धन सम्पति लुटिएकोछ /धेरै लाइ कुटिएको छ /अग्नि सापकोटा,प्रभु शाह ,ढुंगेल जस्ता ज्यानमारा के कानुन् लाग्दैन /के को आधारमा प्रधानमन्त्री बाबुराम भटराई ले अपराधी को मुदा फिर्ता लिने /तेहा तर्क र आधार देखिदैन /अब माओबादी का नेता लाइ कर्नेल लामा लाइ झैँ अंतरास्तीय अदालत मा उभाउनु परछ /
Hot debate. What do you think?
45
77
नेपाली सर्खर ले ब्रिटिश सर्खर लै कहाँ घु लागेको छ तेय्सको जुवाप मात्रै हो, ब्रिटिश सर्खारले सर्खारको मानब अधिकार बिसयेमा सफाई मात्रै मागे काहुँ./ठुला कुरा केहि होइन/
मन परे हरियो, नपरे रातो
10
4
बुज्ने लै सिर्खण्ड नाबुज्ने लै खुर्पाको बिड,नेपालीको आफ्नो अस्तित्व,स्वाधीनता लुटेको थाहा चै न ठिक गर्यो भन्यो बस्यो दुम्म्बा नेपाली जोजो यो कदम सहि हो भन ने जति,यहि बाट थाहा हुन्छ नेपाली कतिको सहिर गल्ति छुटाउनु सक्छ भनेर, uk is not UN .मानब अधिकार हनन गरे पनि आफ्नै देश भित्र सजाय हुनु पर्छ नसकेको खण्ड मा UN ले गर्नु सक्छ,uk ले हैन भाते अनभिज्ञ हो,बुज्ने नेपालीहरु भए kathamandu को ब्रिटिश राजदुतबास भत्की सक्नु पर्ने ,नेपाली भेडाहरु ठिक भो भन्यो बस्यो.आरु देश को मान्छेलै यसो गरेको भए uk मै जुलुस र उस्तै परे बम पड्कि सक्थौ,नेपाल ले नेपालकै यिनीहरुको राजदुत भवन मा केहि गर्न सक्या चै न,यिनी हरुको office नेपाल मा जासुसी गर्न मात्र राखे को आरु केहि है न त्यो पनि chaina को सम्बन्ध लिए र !अर्को नागरिक लै human right ले पक्रियो भने र रक्नु पाए,ब्रिटिश पूर्व प्रधान मन्त्रि लै आरुदेश जादा पक्रिनु पाउछ?uk ले मान्छ त्यसो गर्दा?यो त नेपाललाई नापत्ययिरा हो ,नेपाली हामी सबैले कुरा बुझुंग आनी बिरोध गर्न ढिलो नगरुंग.जै नेपाल.
Well-loved. Like or Dislike:
215
161
बेलायत मानवाधिकारको सम्रक्षक बन्न खोजेको छ/संसारलाई थाहा छ बेलायत भन्दा बढी मानवाधिकारको हत्या गर्ने,संसारलाई बन्धक बनाएर लुट्ने देश अरु छैनन्/संसार लुटेर खाने देशले अर्काको देशको मामलामा हस्तक्षप गर्नु अनौठो होइन/ बिगतमा बेलायतले के गरेन?
Well-loved. Like or Dislike:
129
13
नेपाली सेनाको कर्नेल ले संकटकाल को बेलामा २ जना लै मानब यतना दिएको को कुरा उठाएर बेलाएत ले मानब अधिकारको पाठ मा पूजा गरेको जस्तो छ ,एस्तो हो भने नेपाल मा संकट कल मा २०००० हजार नेपाली को हत्या भयो गर्ने गराउने नाइके हरु आज राष्ट्र हकी रहेका छन् अनि बेलाएत पनि पटक पटक visitma जान्छन र तिनीहरुलाई त बेलाएत मा भोज खुवाएर पठाउछ त खोइ पक्राउ कता गए हुनम right बह्न्ने जन्तु ,, ,तर विचरा कर्नेल त हुकुम मान्ने सिपाही हो उसले त त्यो नाइके हरुको हुकुम अनुसार काम गरेको थियो होला, तर उसलाई किन दोष //,सक्छौ भने नेपाल मा आएर एक एक गरि हत्यारा हरुलाई पहिचान गरि कारबाही गर्न /किन बिरालोले मुसा ढुकेर बसेको जस्तो कहिले कर्नेल लामा uk मा आउला र जाल मा फसौला बह्नने दाउमा पो बसेको रहेछ त चोर बेलाएत पुलिस…अबो बेलाएत ले गुर्खास हरुको अरबौ छाती पूर्ति नदेत /अबो कुमार लामा होइन गुर्खास हरुको मानब अधिकार हनन बहेको अरबौ पौण्ड को मुद्दा हलिनेछ ,,बेलाएत ले तिनुइ पर्छ,..नछोड गुर्खास,ब्रिटिश लाई..
Well-loved. Like or Dislike:
106
11
दोषी साबित भय कारबाही नहुने भन्ने होइन तर ,,प्रक्रिया के हुने भन्ने हो…कि त नेपाल मा न्यायपालिका छैन भन्नु पर्यो होइन भने राज्यले नै केहि गर्नु पर्यो …….यदि राज्य संचालन कर्ता र कानुनविद हरु सवाल र सक्षम छन् भने ….मेरो मान्यता
Well-loved. Like or Dislike:
19
7
ठिक गर्यो..आब पालो मावोबादी डाका हरुको हो..खोजि खोजि मार्छन आब ई दश हजार नेपाली को ज्यानमारा हरुलाई…पर्चान्देय को सात्तो पुत्लो गयो होला…
मन परे हरियो, नपरे रातो
37
38
नेपालमा अत्त्याचार गरेर बिदेसमा लुक्नेलाई सजाए दिनै पर्छ राम्रो गरेछ बेलायेतले
Well-loved. Like or Dislike:
138
68
नेपाल ले गर्न नसकेको काम बिदेशी मुलुक ले गरिदिनु पर्यो. ढीलो भएनी पिडित लाई न्याय मिल्यो. अब कुन नेता को पालो ?
Well-loved. Like or Dislike:
129
112
यो देश को अश्मिता सन्ग जोडिएको प्रस्न हो…यो बिसुद्दा राजनैतिक स्वार्थ बाट गरियको चालबाजी हो..आफ्नो घर को बागडोर अरुलाई चलाउ भनेर देको जस्तो हो ..पशु नेपाली हरु लै कसरि सम्जौने…
Well-loved. Like or Dislike:
338
14
नेपाल सरकारले कारबाई गरेको भए UK सरकारले येस्तो
कदम उठाउनु पर्ने थिएन !! नेपाल सरकारले अदालत ले तोकेको
कारबाई पनि गर्न नसके पछि UK ले गरेको कारबाई मा यी
चोर को किन टाउको दुखेको होला ! फेरी एउटा स्वाभिमानी नेपाली
छुटी मनाउना नेपाल जाने कि UK ??? स्याबास UK सरकार
keep it up .नेपाल क एस्त डाका जति आउछन झेल मा कोची हाल !
Well-loved. Like or Dislike:
246
57
बास्तबमा कानुन नपढेकोले कानुन चलाउदा यस्तेइ हुन्छ
Well-loved. Like or Dislike:
32
3
धेरै राम्रो गर्यो uk ले. कस्तो Kanun वा हाम्रो देश को कानुन घण्टा जस्तो. कर्नेल ले सचै तेस्तो गरेको हो भनि कारबाही हुनु पर्चा र एस्तो कानुन Nepal मा नि हुनु पर्छ
मन परे हरियो, नपरे रातो
24
18
बेलायेत सरकार ले जे गरेको छ सहि गरेको छ हाम्रा देश क राजनीतिक पार्टी लेएस बारेमा कुरा गर्ने अधिकार छैन किनकि पहिले उनीहरुले आफ्नो देशप्रति क भूमिका छ र आजाम्मा कगरे तेस्को मुल्यांकन गर्नु पर्यो !!!!! बेलायेत सरकार लै मेरो समर्थन छ
Hot debate. What do you think?
19
158
गो से मा सबै राई limbu
मन परे हरियो, नपरे रातो
8
11
नेपाल सरकारले उनीलाई पहिलेनै सजाय दिनु पर्ने थियो तर तेसो भएन. अनि अहिले उनीलाई नेपाल बाटै बेलायत सर्खार्ले समाएको हैन.एसको ख्याल गर्नु पर्ने हुन्छ. अनि माओबादि नेताहरु करायेकोत उनीहरु पनि पक्राउ परिन्छ भनेर हो. किनकि इनिहरु ति सेना भन्दा धेरै अपराधि छन्. देशको मायाले हैन. आफुलाई अपराधि ठहराउने पर्यो भनेर ठुलो ठुलो स्वर निकाल दै छन् इनिहरु.
मन परे हरियो, नपरे रातो
20
36
मेरो बिचार मा यो खासैै UK को खुला रूपमैै नेपाल
सरकार लाई हस्तक्षेप भयो नि होइन र कि कसो त?
Well-loved. Like or Dislike:
54
15
लामा ले सजाय paai सकेको छ नेपाल मा, फेरी के कॊ सजाय हो यस्तो, आज को आर्मी प्रेस बिज्ञप्ति मा हेर्नुस यो मानब बादी हो कि दानाब बादी हरु ले $$$ को खेति गर्नु लै निर्सोद लै फसयाको हो सक्छ बहने पोलिटिकल को नेता हरु लाई take action ani your advocacy forum banda huncha next day dekhi timi हरु steet मा kathe हुने छौ
Well-loved. Like or Dislike:
24
11
नेपालको नेताहरु भन्दा चाहि बेलायेत का नेताहरू र अदालती कारबाही लाख गुना सहि र निस्पक्ष्य हुन्छ… तेसैले नेपाल सरकारका मानिसलाई के को टाउको दुखाइ नि?
Well-loved. Like or Dislike:
48
13
नेपाल मा ठुला बडा लाइ कानुन ले नछुने र power पहुँच को भर मा नाघेको दण्डहीनता को परिणाम हो यो. नेपाल सरकार ले नै दोसी जो भए नि कारबाही गरेको भए पक्कै नेपाल को सर्भौम्सत्ता मा बेलायत ले हस्तछेप गर्थेन होला. नेपाल सरकार ले केहि पाठ सिकेर दोषी लाइ नेपाल मै कारबाही गरेर जनता को मन जित्ने काम गर्नु पर्दछ ताकि यस्तो घटना फेरी नदोहोरियोस …
Well-loved. Like or Dislike:
25
5
यसलाई भानिन्छा भाई फुटे गोबर लुते . देश भित्र दाजुभाई नमिल्नुको फाइदा बिधेसिले यसरि लिन्छन / अब नेपालले को संग गोहार माग्ने नेपाली थिक्भय पो . अब यसरीनै नेपाल नेपालीकै कारण बाट सित्दिन्छा / नेपाल देश थियो रे भन्ने इतिहास लेखानेछां बिदेशी हरुले
जति करा नेपालको भुसिया हरु तर हुने वल्ल केहि छैन / विदेशीले अखागादी सक्यो नेपालमा . बिदेशी सग लड्ने नेपाली सग केनैछा नेता हरुको पोजरो बंगलो र भासंले अहिलेको जमानामा केहि गर्न सक्दैन .
Well-loved. Like or Dislike:
14
3
एस घटनाले नेपालका धेरै ठुला पाटि र त्यसका ठुला नेता भनौदा हरु पनि फन्दामा पर्ने सम्भावना भएकोले हाम्रा नेताहरु एक जुट भएर बोलेका हुन् / किनकी देशलाई निकासा दिने काममा किन सहमति हुननसकेको हो ? येसैले प्रस्ट पर्दछ /
Well-loved. Like or Dislike:
18
1
के कुरा गर्नु भएको पदमजी? अरुकुरा त ठिकै भन्नु भयो होला, तर एउटै सिक्काका २ पट जस्तो सम्बन्ध भएका धर्म प्रति तपाइंको पुबाग्रह झाल्किन्न? नेपाल देखि इन्डोनेसिया सम्म एउटै मन्दिर/गुम्बा मा दुवै थरि संगै बसेर पूजा गर्ने चलन छ. भगवान बुद्ध को मुर्ति थापना संगै गर्न पाउनु पर्छ भन्ने माग कहिल्यै राख्नु भएको थियो कि? euTai कम्पाउण्ड मा दुइ छुट्टा छुट्टै मन्दिर/ गुम्बा बनाउन पनि सकिन्थ्यो.नेपाल मा धार्मिक सहिष्णुता को उदाहरण पनि बन्थ्यो. साथै किरात हरुको लागि पनि.
मन परे हरियो, नपरे रातो
8
3
यो घटना ले हामी नेपाली ले सोच्नु पर्ने हो की हाम्रो नेपाल र नेपाली जनता को कहे मूल्य छैन यो संसार मा. जति गर्व गरेपनि हाम्रो कहे मान्यता छैन. हामी गुलाम छु बीना सररिक हत्कडी को हामी गुलाम छु अरु को बुद्धिमता को , युध मा गोर्खाली ली महाभारत को सीखेंदी जस्तो हो गोर्खाली लय आगि गरे र युद्ध जीत्ने . बेलायत को १ सैनेक मरेभाने पुरा संसद मा हंगामा हुन्छ तर १ गोर्खाली मरे भने १ समवेदना को letter लेयर फर्किन्छ .
यो घटना ले साबि नेपाली र नेपाल ले आवाज उठ्नु पर्ने हो तर कहे नेपाल को बारे मा सोच्ने मान्छे बाहेक अरु लय कहे फेकर छैन किन की उन्ली परेको छैन भनेर,
Its true that Mr. Kumar lama ले कहे गल्ति गरेको होला र मुद्द नेपाल मा चले राको छ र Kumar lama भागेको पनि हैन त किन UK Govt. le ईति धेरै चासो देखाको? हाम्रो देश को कहे देमाग नो भाको र स्वार्थ मान्छे हरु को कम हो एस्तो लय देश्दुरोहे भन्छु.
Anyway Good luck Nepal.
मन परे हरियो, नपरे रातो
14
11
अब पालो नेता हरु को
Well-loved. Like or Dislike:
14
2
गेसोले फोहोरी राजनीति गर्यो यस मामिलामा| घुमाई फिरे धमिलो पानीमा माछा मार्ने काम गर्यो गेशोले| गोसोलाई यो राम्ररी थाहा छकि युद्ध अपराधीले EU मा सख्त सजाय पौंछा| अब माओवादी नेताहरुको पालो|
Well-loved. Like or Dislike:
90
22
गेसोले उठाएको कुरा १००% ठिकछा मेरो पनि १००% समर्थनछ
Well-loved. Like or Dislike:
180
63
गेसोको बिज्ञप्ति लज्जाजनक लाग्यो ज्यानमाराहरु अपराधीहरु सभासद भएको देशले अपराधीलाई कारबाही गर्ने कुरा असम्भब छ l ४/ ४ वर्षमा सम्भिधान लेख्न नसक्ने नेता भएको देशमा कुन कानुन छ र कारबाही हुन्छ ? कानुन भएको भए काम फत्ते गर्न नसकेपछि आफुले लिएको पारिश्रमिक बापतको भता राज्यलाई फिर्ता गर्नु पर्दैन त्यो बेला नेपालको कानुन अनि यो गेसो कहाँ बासुरी भजाएर बसेका थिए ? हाम्रो दण्डहिन राज्य लाई सिस्टम र कानुन भएको देशले सिकायो त हाम्लाई के को आपति ? येसरिनै अब बेलायत गएको बेला हाम्रो श्रम र पसिना खाने र देशलाई अधोगति लगाउने नेताहरुलाई पनि छोड्न हुन्न भन्ने हाम्लाई लाईराछ कि कसो मित्र हो ?
Well-loved. Like or Dislike:
175
104
नेपालमा ठुलालाई कानुन अनुसार सजाय दिने चलन छैन यो कुरा सबैलाई थाहा भयकै कुरा हो. यसकै परिराम हो यो. बेलायतले ठिक गर्यो.यस्ता अपराधीलाई नेपालमै सजाय दिने भए त पहिले नै दिन्थ्यो होला नि? अहिले नेताहरुले किन हामी नै सजाय दिन्छम भन्दै हिद्छन???
Well-loved. Like or Dislike:
28
6
प्रथम त कुमार लामा लाई नेपाल मा नै सजाय दिनु सक्नु पर्थ्यो | अनि दोस्रो कुरो कुमार लामा बेलायत आउनु नै उसको गल्ति हो जस्तो लाग्छ |
Well-loved. Like or Dislike:
25
2
एस मा बेलायत लाई दोस लाउनु मिल्दैन जस्तो लग्छ |किन भने बेलायत सरकार ले कुमार लामा लाइ नेपाल मा त पक्रियेना नि , बदमास मान्छे आफ्नो देस मा आउदा त तेसै पक्रिने भै हाल्योनि |
मन परे हरियो, नपरे रातो
7
13
दोषी मान्छे चाहे जो सुकै होस् , चाहे बहाल वाला चाहे सामान्य कुनै नागरिक नै .. किन नहोस ?? संसारको जुनसुकै कुनामा गए पनि सजायको हकदार हुनु पर्छ , सर्बवौमा सत्ता सम्पन्न देस भएर क भो ..??? नेपाली निर्दोस नागरिक हरु बिदेसी नर्क जस्तो कारागारमा बिना कारणको मृत्यु दण्डको सजाय समेत भोग्न तयार भएर बसेका छन् .त्यति खेर खोइ को नेता बोलेको थियो .. त्यो कुरा छन् बिन हुनुपर्छ भनेर ..??के बहाल वाला सेना अनि नेता हरु मात्रै देसका नागरिक हुन् त …?? नेपाल मा अहिले सम्म कुन अपराधी लै चै सहि तरिकाले सजाय दिएयेको छ त..? दिएयेको पनि छ तर त्येस्तो मान्छेलाई मात्र , जो निर्दोस सोझा जसको आफ्नो बोल्ने कोइ छैन >>??
मन परे हरियो, नपरे रातो
9
13
यो मामेला मा त अचम्म परेको छु किनकि इनी कर्नेल लाई पहिले नेपाल मा दोसी ठहरियो को रहे६ त किन बाहिर यो कुरा लैयाना अनि किन उसलाई त्यो पद बाट निकलियन उसलाई तेही पद मा किन विदेश पथियो नेपाल मा तेस्तो अरु कोहि थियन र अनि नेपाल मा अहिले सम्म उसलाई किन कारबाही भएन बल्ल बेलएत सरकारले यो कुरा नेपाली जनता लाई सुनायो हाम्रो देशको कानुन मा ठुला ठुला पद मा रहने लाई कुनै कानुन नलाग्ने हो कि कानुन को अगाडी कोसैको पावर ठुलो नहुने भय यो आज आयर नया नहुने हो पुरानो केश बेलैती सरकार ले नया बनाई दियो नेपाली ले अब बुज्न सक६न्न कि ठुला बडा को पावर र पैसा ले हामी जनता माथि खेल खल्दै ६न्न हाम्रो देश को सरकार र कानुन ,,,जनता ले निया खोज्दै ६ ठुला देशको रछेक हरु भित्र भित्र मनपरी ६ हाम्रो देश मा ,,,,अब हामी जनता ले के बुज्ने ,,यो घटनाले नेपाली र नेपाल सरकार लाई के सिकायो यो सबै ले बुज्ने पर्ने कुरा हो ,,,,
मन परे हरियो, नपरे रातो
14
7
कारबाई हुनुपर्छ नेपाल मा हैन बेलाइत मा नै किनकि नेपालमा कुनै कानुन छैन भएपनि ठिक बेठिक छुत्तौने कानुन छैन र अनि नेतागिरि गनेर छुट्टिने सम्भाबना हुन्छ
मन परे हरियो, नपरे रातो
20
31
अपराध नगरी कुनै हालतमा समात्दैन मुद्दा त नेपाल मा पनित परेको रहिछ तर नेपालको कन्नुन, जसको सक्त्ति उसैको भक्ति भने जस्तै हो
एउटा अपराधी लाई सरकारले एति बल गरेको निकाल्नको लागि ?बिचरा उत्ता दुवै को जेलमा अमर बहादुर बम को फासिको सजाए सुनाएको
१० वर्ष भयो खोइ सरकार बोलेको भुस्या मत्री हरु
मन परे हरियो, नपरे रातो
16
8
एउटा अपराधी निकाल्न को लागि भुसे मत्री हरु को एति जोड नेपालमा पनि त मुद्दा परेको रहेछ खोइत सम्मात्तेको ? बरु नेपाल सरकार को हिम्मत र लाज छ भने दुबैमा फासिको सजाए सुनाए र बसेको अम्मर बहादुर बम लाई नेपाल ल्याउन सक्छ भने १० बर्ष भयो बिचरा
Well-loved. Like or Dislike:
20
9
नेपालको बर्तमान सरकार अपराधिहरुको सँगठन हो र नेपाल पहिले देखी अहिले सम्म नै अपराधी हरुको घर बन्दै आएको छ, राम्रा मान्छे हरु बेदेशिने,राम्रा नेता हरु नबोली बस्ने,सिधासाधा हरु अकाल्मै मर्ने,ब्यापारिहरुले चोर फटहा नेता हरु लाई पाल्नु पर्ने देश बन्दै आएको छर्लङै छ,आजको गोल्बलाईज सानो सन्सारमा बेलायतले गरेको पक्राउ स्वभाबिक छ ।भारत अयोध्ध्याका रामचन्द्रले पनि रावण राज्य समाप्त पार्न श्रीलन्का माथी हस्तक्षेप गरेका थिय ।
मन परे हरियो, नपरे रातो
11
8
एदि बेलायत सरकारले साँचै दोन्दकालका अपराध गर्नेहरुलाइ कारभाइ नै गर्ने होभने,जुन हाललाई सट्टा पक्क्षे र बिपकक्षे दलका नेताहरु, त्यो समैका सबै अपरादी हुन् दोषी हुन किनभने त्यो बेला त्येही नेताहरु एक आपशमा जारि भतारी भै र लदैगर्दा सोझा साझा पन्द्र हजार भन्दाधेरै नेपालि जन्ताहरुलाई गरुको झुझाई र बाछाको मेचाई बनाइर मारेका होइनन्र र ? त्येसैले एदि थुन्ने नै होभने संबिधान पनि बनाउनु नसक्ने त्यो बेकामका नेताहरु सबैलाइ थुन्नै पर्छ ! होइन भने त्यो एकजना प्रहरी अधिकृत लामालाई मात्र थुनेर कामछैन सयजना अपराधि हरुलाई छोडे र एक जना लाइ मात्र थुनेर आफ्नै बिजेत नगरुस ब्रिटिशले पनि !
Well-loved. Like or Dislike:
25
1
येदि हिम्मत छ भने अमेरिकन आर्मी ले गरेको इराकी र अफगानी युद्धबन्दी माथि गरेको चरम यातना दिने दोषी लाई सजाय देयोउन /
अनि मात्र नेपाली सेना लाइ कारबाही गर्ने बेलायेत अधिकार छ होईन भने हामि गरिब देश हुनु को कारण बेलायेत ले गरेको अनन्य र निरअंन्कुश्ता हो / जुन कुरा एक सच्चा कहीले सुइकार हुने छईन /
Well-loved. Like or Dislike:
35
18
एउटा राष्ट्र सेवकको नाम मा सर्ब साधारण जनता प्रति दमन गर्ने कर्नेल जसलाई नेपाल सरकारले कारबाही गर्न सकेन, बेलायेत सरकाले गर्न खोज्यो, जो को नेपाल को कर्नेल नाम मात्र हो! कर्नेल को सबै परिवार अनि कर्नेल पनि बेलायती नागरिक बनिसकेका छन् साएद हामी नेपाली हरुलाई थाहा छैन होला तेसैले नेपाली कर्नेल नेपाली कर्नेल भनिरहेका छन् नेपाली! तेसैले नेपाली कर्नेल लाई होइन उनीलाई बेलायेती नागरिक को सरह कारबाही हुनेछ, कर्नेल लाई नेपाल गएर समाएको होइन यो पनि बुझन जरुरि छ! अनि अर्को कुरा, अपराधी लाई सजाए दिन खोज्दा नेपाल सरकार लगाएत नेपाल का राजनीति पार्टी भनौदा सिनो खाने गिद्द हरुलाई केको टाउको दुखाइ, येदि सक्छोउ भने जसको लागि पहल गर टाउको दुखाउ विभिन्न मुलुक मा बिना कारण मृतु दण्ड का सजाए भोगिरहेका सर्ब साधारण नेपाली हरु छन्! सक्छोउ ति नेपाली को लागि केहि बोल्न उद्दार गर्न ?????? नेपाल सरकार अनि भात्तुवा राजनीति पार्टी हरु .. छुटाएर देखाऊ जो निर्दोषी ले मिर्तु दण्ड भोगिरहेका छन्!
अनि गेसो, साएद गेसो पनि आफ्नो नातेदार पर्थेन भने चुप चाप बस्ने थियो होला, यो कुनै नचिनेको नेपाली नागरिक लाई घटना घटेको भए! राम्रो संग बुझेका छोउ कि गेसो को पनि भित्रि कथा, तेसैले गेसो पनि चुप बसे हुन्छ, नदेखाए हुन्छ यो नाटक, नेपाली मा उखान छ ( जन्म दिने आमा बाबु लाई sex गर्न सुकाउनु जसतै हो)
मन परे हरियो, नपरे रातो
18
10
aparadh gare pachhi bhagawan le ghumai ghumai rachhes ko mukhma purai din chhake? bhai ho? sale cornel le kati janta lai mareko thiyo yeslai janma kaid halnu par chha,
मन परे हरियो, नपरे रातो
7
4
बेलायत सरकारले जे गरेको छ तेयो ठिक गरेको छ किन भने बहाल वाला कर्मचारीलाई Nepal सरकारले कारबाई नगरिने बयाकोले सदरण जनता माथि मात्र कारबाईहुने गरेको छ नेपाल सरकारले रिहा गरि नेपालमै कारबाई गर्नु भनेको अपरादी कर्मचारीलाई उकास्नु हो र कारबाई गर्नु पनि सक्दैन किन भने पहिला सर्बोच्चो अधलातले कर्नेल कुमार लामा लाई कार्बैको प्रक्रिया चलेको थियो किन नेपाल सरकारले किन कारबाई गरेन मा यो प्रस्न नेपाल सरकारलाई गर्न चाहन्छु
मन परे हरियो, नपरे रातो
9
7
अरु kehi hoina नेपाल सरकारले कारवाही गर्न सक्दैन अनि बेलायेती सरकारले कम्मर कसेको मात्रै हो/ अब पालो, प्रचंडे, बाबुराम जस्तै अरुहरु धेरैको अउलाकी भनेर सबैले बिरोध गरेका हुन्/ ठिक छ, नेपालमा एसको कारवाही कहिलै हुनेवाला छैन/ नेपाल का चॊर, डाका, गुन्डा, १८००० जनता मार्ने माओबादीका नाइके लाई गर्नु पर्नेनै येस्तै हो/ अब आफ्नो पनि पालो औलाकी भनेर प्रधान मन्त्रीले बिरोद सुरु गरि सकेका छन्/ अब पालो प्रचंडे र बाबुरामको………………….. १८००० युद्ध कालमा र अरु थुप्रै तेस पछि मरेका मान्छेको हिसाब किताब नेपाल सरकारले कहिलै खोज्न सक्दैन/ अब यिनीहरुको ठेगान लौन बेलायेत्कै सरकार चाहिन्छा………………. हा हा हा हा हा मलाई त खुसि लागेको छ……….
मन परे हरियो, नपरे रातो
14
10
होइन जो पनि बेलाएत ले ठिक गर्यो मात्रै भनछ यदि तिमीहरुको श्रीमतिलाई पनि गोराले उसको देशमा जबर्जस्ति सुतएमा पनि गोराले ठिक गर्यो भन्ने रहेछ नि कि कसो uk पौण्ड भए भैयोनि,,तिमीहरुलाई किनकि टिमहरुको त छोटा ल / गोरकोता लाम मो/// बेलाएत ले पालेको भूस्या नेपाली कुकुर हरु,,आफ्नो देश प्रति को माया नभएको.जन्तो…जो संसारको एक no फताह दादा गिरि मुखमा राम राम बगलीमा छुरा british को चम्चे को सुपोर्ट गर ,,,
Well-loved. Like or Dislike:
67
15
राम बहादुर बम्जन जेल पर्दा कसैलाई मतलब छैन तर लामा जेल पर्दा चै किन येति मतलब नेपाल सरकार लाई
Well-loved. Like or Dislike:
21
5
बेलायतले नेपाली सेनाका कर्णेल कुमार लामालाई द्वन्दकालमा मानवअधिकारको उल्लङ्घन गरेको अभियोगमा बेलायती प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएकोमा दुखित छौ / नेपालको जनआन्दोलनको समयमा रगत बगाएर बलिदान दिने नेपाल आमा का छोरा-छोरीहरुलाइ नेपाली सेनाका कर्णेल कुमार लामाले मात्रै यातना दियो र मार्यो जस्तो लाग्छ त बेलायती मानवअधिकार संगठनलाइ ? नेपाली सेनाका कर्णेल कुमार लामालाइ मानवअधिकारको उल्लङ्घन गर्न आदेश दिने को त ? के बिना आदेश कर्णेल कुमार लामाले यी कामहरु गर्यो होला त ? कर्णेल कुमार लामा सरकारको जागिर खाने जागिरे मात्र हुन् / जनतालाइ युद्द लड्न जबर्जस्ति लगाएर सत्तामा जाने र सत्ता बचाउने दाउ कसको थियो त ? बेलायती मानवअधिकार संगठनले यो कुरा बुझ्न अत्ति आवश्यक छ / द्वन्दकालमा मानवअधिकारको उल्लङ्घन गर्ने के कर्णेल कुमार लामा मात्रै होलान त ?
अर्को चाख लाग्दो कुरा के छ भने जनआन्दोलन हाक्ने माओबादी पार्टी सरकारमा छ / जनआन्दोलनको समयमा मानवअधिकारको उल्लङ्घन भएको कुरा माओबादीले उठाउनु पर्छ किन भने तेतिखेरको युद्दबंदी भनेको माओबादीको हो र कहाँ, कहिले र कसरि युद्दबंदीहरुमाथि मानवअधिकारको उल्लङ्घन भयो भन्ने कुराको प्रमाण सहित मानवअधिकार संगठनमा उजुरी हुनु पर्छ र तेस्को आधारमा कारबाही हुनु पर्छ तर बिना उजुरी के को आधारले बेलायती प्रहरीले गिरफ्तार गर्यो त ? कि त प्रमाण सहित बेलायती प्रहरीले गिरफ्तार गरिनु पर्छ र नेपाल सारकरको समर्थन हुनु पर्छ / यो बिषयमा सरकार किन मौन त ? केहि त बोल्नु पर्यो केहि त गर्नु पर्यो नि /
यो एउटा सिंगो देशको मामला हो व्यक्तिगत होइन / यो घटनाले दुइ देशको आन्तरिक सम्बन्ध टुट्न पनि सक्छ / र बेलायतमा रहेका हजारौ नेपालीहरुको रोजगारमाथि प्रश्न चिन्ह खडा हुन सक्छ / अर्को कुरा बेलायतले पनि भुल्न नहुने कुरा के छ भने संसारमा बेलायतलाई शक्तिशाली र बहादुर भनेर चिनाउने यी गोर्खालीका छोराहरु हुन् / बेलायतमा गोर्खाली सेना नभए उसको हालत के हुन्छ यो कुरा बुझ्न आवशेक छ / कर्णेल कुमार लामाले गल्ति गरेको छ भने पनि हाम्रो देशको मामला हो आफ्नो देशभित्र कारबाही हुनु पर्छ अन्य देशमा होइन / बेलायतले यो नासोचोसकी जस्तै सद्दाम हुसेन /
हामी नेपाली हौ / नेपाल र नेपालीलाइ सदा सर्बद्दा माया गर्छौ / संसार भरिका नेपाली दाजुभाईसंग उसको न्याय को निम्ति आवाज उठाउन अपिल गर्दछु /
Well-loved. Like or Dislike:
27
5
सुर्य जी येही काम नेपाल आर्मी ले तपाइको परिवार मा गरी नि तपाई केहि गर्न सक्नु हुन्न मान्छे हरुले त केवल गल्ति गर्ने लै सजाई हुनु पर्छ भनेको मात्र हो माथिल्लो पद मा भएको मान्छे लै नेपाल मा कसले कारबाही गरेको छ र …..
मन परे हरियो, नपरे रातो
10
21
सबैको प्रतिक्रिया पढें । एउटै कुरामा चित्त बुझेन । बेलायतको बारे दोस्रो विश्वयुद्धदेखिका कुरा जखेर कुमार लामालाई मुक्ति दिने जिकिर गरिएको कतै भने कता लामालाई मार्नुपर्ने सम्म बकिएको छ । सबै व्यर्थ । अस्तिकै कुरा गर्ने हो भने २२ से २४ से राजादेखि नेपालको शाहकालीन शुरुवातसम्म जानुस न । हिँजो भएका मानवताविरोधी अपराधमा लामालाई बेलायतले पक्राउ गर्यो । यो त वर्तमान नेपाललाई लज्जास्पद चुनौतीमात्र हो । लामालाई बेलायतले ढुक्कै राख्ने त हैन क्यारे ! नीतिगत सन्तुलन बनाएर निवेदन गरे तिमी लुन्दी डाकाहरूको भुस्याहा त्यो लामा भोलि नै नेपाल आइपुगी हाल्छ निः । भातेहरू, ६ वर्षमा नाथे एउटा देशको संविधान बनाउन नसक्ने, अर्को देशको बारेमा के के टुइँ टुइँ गर्नु ? बेलायतले लामालाई नेपालमै आएर टिपेर लगेको भए त अर्को कुरा हुनेथ्यो । त्यो भाते सैनिक किन ठालु पल्टिनँ बेलायत गाको त ? नेपालको उदाहरण संसारमा फैलिँदैछ, शान्ति सेनामा जाने नेपाली सैनिकहरू आफ्नो घरमा हुँदा, डाका, लुटेरा, बलात्कारी, हिंस्रक भएको नमूना लामाबाट जगजाहेर भएको छ । होशियार है, मेरो विचारमा नेपालका सबै अगुवा, राजनीतिक, सेना, प्रहरी, निजामती, सामाजिक, कानुनी सबै अगुवाजतिलाई बलियो कारबाही चाहिएको छ । कोही राष्ट्रसंघजस्तै संस्था उठेर सबैलाई एकपल्ट तालुमा सुपारी ठोकेर सम्झाइदिए त हुने पो थियो । खै, नेपाली जनता पनि हलोको अनौ समातेर संहदरबारको गीत गाउनबाहेक अरु केही नगर्ने भए !!!
मन परे हरियो, नपरे रातो
8
8
जुन बेला मा नेपाल को राष्ट्र नायक हुने छु तेती बेला सबै नेपालीको सिर उच्च हुने काम गरेरै छाड्नेछु,,,, ब्रिटिश दलाल लाई नेपाल भित्रको मामलामा हात हालन् दिने छुइन कुंनै सहयोग को लागि हात फैलाउने छैन,..ब्रिटिश gurkha भर्ति तु बन्द गर्ने छु //तर, USA र SINGAPURE BURNEI MALASIYA CANADA साउदी अरब कुबेत कतार BAHRAIN अबुदाबी ऑस्ट्रेलिया र NEWZELAND सेनामा नेपाली युवा हरुलाई गुर्खास भर्ति को लागि सक्दो सम्बन्ध गर्ने छु,,,इन्डियन आर्मी मा भने CONTINUE नै हुने छ//मात्रै BRITTISH ताना सह संघ नेपाल को सम्बन्द पहिलाको जस्तो हुनेछैन, किनकि ब्रिटिश ले २०० बर्सको इतिहास सम्म बेलातको लागि हज्जारौं गुर्खासहरुले ज्यान दियो तर हाल सम्म हजारौं गुर्खास बिना pension कति मरी सके भने कति बाची रहेका छन् तर हाल सम्म छती पूर्ति पाएका छैनन् तिनीहरुको लागि बेलाएत को हुमन right निकम्बा साबित भएको छ//,गेसोले उठाएको कुरा समेत ब्रिटिश र उसका चम्चेले सुन्न सम्म चाहदैन,//यसकारण ब्रिटिश संघ नेपाल को पुरानो इतिहाश केवल एउटा सस्तो पानामा मा मात्र सिमित हुनेछ,तर तेती बेला ब्रिटिश ले पालेका चम्च्चे हरुको पनि ठेगाना लाग्ने छ जति बेला लण्डन को बसाई नेपाल को पढाइ हुने छ,, ,,जय नेपाल,,जय नेपाली जनता,
Well-loved. Like or Dislike:
49
2
कुवा को भ्यागुता ले सपना देख्न थाल्यो ………………..हा हा हा हा नेपाल को रास्त नायक बन्ने रे …………………….साले चमार ….
मन परे हरियो, नपरे रातो
3
32
संसारमा राष्ट्र हाक्ने नेता हरु कुन्नी अर्को ग्रह बाट आएका होइनन,/एक देश को नागरिक अर्को देशको लागि नेता बनेर त्यो देश चलाउने कुरा पनि आउदैन,//कुरा एति मात्रै हो,जो मान्छे आफ्नो देश र जनता प्रति भक्त छ भने त्यो नै बेक्ती देश को रास्ट्र हाक्ने leader हुन सक्छ तर नेपाल को नेता leader हरु को निएत कति सम्म निच हुन्छ भन्ने कुरा जत्ती बेला पनि बिदेशी दलाल हरुको पूजा पाठ गर्नु दछिन या उत्तर कुदनु को मतलब किन नबुझेका हुन् मुर्ख ज्ञानु थापा जस्ता मुर्ख हरुले,,
फरक एति मात्रहो जुन बेक्ती अरुको भलै चाहन्छ/ उसले देशको र जनताको पनि हित हुने काम गर्छ,,तर जुन बेक्ती अरुको भलो देख्न सक्दैन त्यो मान्छे कपटी इर्सालु डाहागर्ने 1no- को सुवार्थी र बिदेशी दलहरु को काठ पुतली भन्दा केहि फरक पर्दैन,
तर ज्ञानु थापा जी को date 17 को कमेन्ट को कुरा गर्ने हो भने हुमन being को जस्तो तिम्रो बेक्ती बिकाश र जन चेतना को विकास भै नसकेको प्रमाण हुन्छ,अझै ताते ताते बालक जस्तो,आलो काचो पिडालु,या नदाएको गोरु जस्तो मेलो को भेउ नै नपाउने बुझिन्छ,,,यसको मतलब पुर्रै ब्रैन नै wash भएको बुझिन्छ,/?/better बेक्ती बिकाश ज्ञान को लागि या ब्रैन check -up लागि आजै बाट नजिक को shool पढ्न जानु,या होस्पितल, doctor को मा जान सल्लाह दिन्छु,//// जय नेपाल,//
Well-loved. Like or Dislike:
31
0
ram बहादुर बोम्जन जेल परेको कुरा सुन्दा दुख लग्यो ..यो पनि एउटा राजनीतिक खेलबाड र
जातीय भेदभाव को खेल परे जस्तो छ,,, किनकि यो खेल कुन्नै जति बादी को हुनु पर्छ…जे होश बुद्धको चेला बोम्जन को छिटो जेल रिहा होश, ,,जय नेपाल,,,,…
Well-loved. Like or Dislike:
32
4
कर्णेल बेलायतमा पक्राउ पर्दा सबै पार्टिहरु मिलेर बिरोध गरेको कारण कुरो रहस्यम्य बनेको छ!!मानब अधिकार हनन गरेको थाहा हुँदा हुँदै किन शान्ति स्थाप्नाको को लागी लामालाई सुडान पठाइयो ?दिनहु भारतले सिमा मिच्दै सोझा नेपालीलाइ कुट्पित गर्दा किन कुनै नेताअले अवाज उठाउदैनन ,इराकमा सोझा,रिन्को भार बोकेर दुख गर्न पुगेकाअ बेरोज्गारी नेपाली युवाहरु मारिदा किन नेताहरुले पहल गरेनन ? ?के सोझा निमुखा गरीब नेपाली हैनन ?के लामा मात्रै नेपाली हो ? मत्लब खुलस्तै भो उनि राजनीति पार्टिका सेना रहेछन भन्ने,,बेलायती प्रहरिलाई धेरै धन्यबाद्!!अझै सक्छौ भने नेपाली भ्रस्तचारिहरुलाई नि आजिबन कराबास हालिदिए नेपाली जनताहरु धेरै खुशी हुन्थे!लामालाई आजिबन सजाए सुनाएको दिन नेपालीहरु औधी खुशी हुन्थे गाठे!
मन परे हरियो, नपरे रातो
9
5
कुमार लामा बेलायेती नागरिक भएको हुनाले एस्तो भएको हो,,अरु केहि पनि होइन,,
Well-loved. Like or Dislike:
26
5
जस्तो कर्म गर्छ,त्यसतै फल पनि पाउनु पर्छ….
मन परे हरियो, नपरे रातो
5
28
I have learnt from other Internet sources that Col Lama poses a valid UK Settlement Visa and not a Visitor Visa. Is this correct?? and if that is the case then why is all this fuss about; UK government has all the rights to do so if he has a such Settlement Visa. Morever, it raises questions over the legality of his Active Service in Nepal Army and the Visa itself. UK Government wouldnt allow him a Settlement Visa if he cannot prove he is going to settle here, no matter his wife is British or his as are his Children. Its the Person concerned who matters, thus points toward possible fraud during the whole process. AND EVEN IF ITS NOT THE CASE THEN STILL LAW IS LAW, DON’T BRING DIRTY POLITICS IN LAW. RATHER THAN POUNDING CRAP COMMENTS ON BRITISH LAW, FIRST SHOW THEM THAT THE SAME CAN BE DONE IN OUR DAMN COUNTRY. Who the hell could do so if we could have done it ourselves, bloody same all ignorant Nepalese (so am I).
मन परे हरियो, नपरे रातो
0
2
यो समया सानो होइन उनि वा लामा, दोसी हुन् भने दण्ड भोग्नु राजि हुनु जरुरि छ होइन भने कसरि किन पकदा परे ? उनि दोसी हुन भने दोसिलाई छुकरा दिन पैसा घुस दिन राजि हुनेलाई पनि? के भन्छ कानुनले ? कानुन सित दराउनुहोस कानुन् त आगो हो आगो सित खेलवार नगर ! अब नेपालका नेता को बाकि रहला यो आगोमा गाकिन बाट ? अनि मलाइपनि कानुनले के भन्छ ?मलाई पनि छिटो जाच जनाहो नत्र म पनि परुला आगोमा .?
मन परे हरियो, नपरे रातो
2
7