८ बर्ष अगि पत्रकार थापालाई जिउँदै गाडिएको खुलासा

दैलेखका पत्रकार डेकेन्द्रराज थापालाई कुटपिटपछि जिउँदै खाल्डोमा पुरेर मारेको रहस्य खुलेको छ । उनको हत्या अभियोगमा पक्राउ परेकाहरूले चरम यातनापछि सास छँदै खाल्डोमा पुरेको प्रहरीसमक्ष बयान दिएपछि यो रहस्य खुलेको हो । पक्राउ परेकामध्ये लछीराम घर्तीले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार थापालाई चार दिनसम्म चरम यातना दिइएको र अन्तिम दिनको यातनामा होस गुमाएपछि म¥यो भन्दै खाल्डोमा गाडिएको थियो । घर्तीले आफूले खाल्डो खनेको र हत्यामा नौजना संलग्न रहेको बयान दिएका छन् ।पत्रकार थापालाई तत्कालीन माओवादी कार्यकर्ताहरूले खानेपानीको विवाद मिलाउनुपर्ने भन्दै १२ असार २०६१ मा अपहरण गरेर २७ साउनमा हत्या गरेका थिए । प्रहरीले हत्यामा संलग्नमध्ये पाँचजनालाई शनिबार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा घर्तीका साथै हरिलाल पुनमगर, वीरबहादुर केसी, निरकबहादुर घर्ती मगर र जयबहादुर शाही छन् । वीरबहादुर एमाओवादीका जिल्ला सदस्य हुन् भने बाँकी सकै नेकपा–माओवादीमा आबद्ध छन् । जयबहादुर सो पार्टीका भेरी–कर्णाली राज्य समिति सदस्य हुन् । प्रहरी निरीक्षक विनोद शर्माले दिएको जानकारीअनुसार पत्रकार थापाको ढुकढुकी बाँकी रहेकै अवस्थामा उनलाई लतार्दै लगेर गाडिएको खुलेको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

हालसम्म पक्राउ परेका सबैले हत्यामा संलग्न भएको स्वीकार गरेको समेत प्रहरीले जानकारी दिइएको छ । उनीहरूले पत्रकार थापालाई जिउँँदै गाडेको लछीरामको बयानमा सहमति जनाएका छन् । हत्यारालाई कानुनी कारबाहीको माग गर्दै दैलेख सदरमुकाममा आइतबार पनि प्रदर्शन गरिएको छ । जिल्लामा रहेका मानव अधिकारवादी संघ÷संगठन, महिला र सदरमुकामका बासिन्दाहरूले दैलेख बजारमा प्रदर्शन गरेका हुन् । नेकपा–माओवादी र एमाओवादीले पक्राउ परेकालाई छोड्न दबाब दिँदै धम्कीपूर्ण विज्ञप्ति जारी गरेपछि आक्रोशित स्थानीयहरूले जिल्ला प्रहरी कार्यालयमा एक घन्टासम्म धर्नासमेत दिएका थिए । हत्यामा संलग्न भएको भन्दै किटानी जाहेरीमा उल्लेख गरिएका द्वारी गाविसका लछीरामलाई सरकारी वकिलको कार्यालयबाट बयान लिएर फर्कने क्रममा स्थानीयहरूले कडा कारबाही गर्न माग गरेका थिए ।दैलेख जिल्ला अदालतले पक्राउ परेका पाँचजनालाई पाँच दिनको म्याद थप गरेको छ । उनीहरूबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पत्रकार थापा हत्याबारे सत्यतथ्य छानबिनको माग गर्दै दैलेख सदरमुकाममा आएका नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, पत्रकार महासंघ सुर्खेत, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, नागरिक समाजलगायतले विज्ञप्ति जारी गरी धम्कीपूर्ण व्यवहार प्रदर्शन नगर्न नेकपा–माओवादी र एमाओवादीसमक्ष आग्रह गरेका छन् ।
-राजधानी दैलेख

 

26 Responses to “८ बर्ष अगि पत्रकार थापालाई जिउँदै गाडिएको खुलासा”

  1. Raaz korea says:

    दोषी चाहे मावोबादी होस् या राज्य पक्ष ,नेपाल सरकार ले कडा भन्दा कडा कारबाही गरि नेपाली जनता लाइ नेपाल मा नि दण्डहीनता को सिमा छ , कानुन छ भनेर बोध गराउनु होला..

    Well-loved. Like or Dislike: Thumb up 181 Thumb down 20

  2. nepali choro says:

    माओबादी चोर Nepal छोड !
    माओबादी हरु सबै चोर हुन्, डाका हुन्, हत्यारा हुन्, नेपाल आम का शत्रु हुन् |

    Well-loved. Like or Dislike: Thumb up 658 Thumb down 619

    • Krishna Kandel says:

      माथिका कमेन्टहरुको लाइक र डिस लाइक देख्दा त हाम्रा लडाकु साथीहरुले मात्र यो समाचार हेर्नुहुन्छ जस्तो छ त

      Hot debate. What do you think? Thumb up 113 Thumb down 193

  3. numa says:

    दोसी चाहे माओबादी होस् या राज्य पक्छ्य ..पहिला सुरु त उनरु मानव हो जसले पशु vanda नि घिनलाग्दो paap गरेका छन्..तेसैले एस्त पापी हरु लै कडा वन्द कडा सजाई दिनु जरुरि छ ….र अरु मानव जति लै नि सजग गराउनु जस्रुरी छ जसले गर्दा एस्तो दुखदायी घटना बाट जोगिनु र जोगौना सक्छौ……र स्मरण रहोस savai लै पाप धुरी बाट कराउछ वने झैँ कसैले ले की नारार्म्रो गर्नु अगि यो कुरा ध्यान मा राख्नु होला…धन्यवाद……..जे स्वविमन!

    Well-loved. Like or Dislike: Thumb up 135 Thumb down 1

  4. Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 132 Thumb down 492

  5. shahadev says:

    मिर्तक मा चिर सान्ति को कामना गर्दछु!! भगवान ले हामी सबै को कल्लन गरुन !

    Well-loved. Like or Dislike: Thumb up 72 Thumb down 3

  6. magar says:

    यस्तो घटना लाइ कोत्त्याउन ए हो भने त नेपाल आर्मी र पोलिस बाट पनि त निमुखा जस्ता सिधा सर्बसाधारण लाइ यसतै गरि मारेको घटना ताजै छन् त्यसलाई मार्नु को पछि कुनै कारण होला यतिकै त कसैले कसैलाई मार्दैन नेपाल मा राजा मर्दा त रहस्यमय घटना भन्छन भने यो त भुसुना हो जस्तो लाग्छ

    Well-loved. Like or Dislike: Thumb up 781 Thumb down 270

  7. bhusal says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 351 Thumb down 584

    • shanti says:

      Hidden due to low comment rating. Click here to see.

      Poorly-rated. Like or Dislike: Thumb up 48 Thumb down 274

  8. john awara says:

    ……..कसले गर्छ अब हाम्रो देश को payar

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

  9. prem pokhrel says:

    येह ठुलो राजनीति हुदैछ…येदि पछाडी फर्केर हेर्ने हो भने देश ले कहिलाये पनि निकास पौदैना….बिगत मा ज भयो त्यो साबि त्यो समय को माग आनुसार भयो…जो जोसले गल्ति गरे ती हरु मरे..जोसले गल्ति गरेनन र पनि मुर्ख ठेये तिनी हरु पनि कोइ कोइ मरे होलान..देश को मुक्ति का लागि यी घटना हरु सामान्य हुन्..पत्रकार कृष्ण सेन को कुरा कसले निकाल्ने तेसो भए ….किन मारिया कृष्ण सेन??????????????

    Well-loved. Like or Dislike: Thumb up 548 Thumb down 29

  10. ram oli says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 107 Thumb down 405

  11. pahade says:

    हर मानिसले पल्टेर पछाडी हेर्ने गर्नु पर्छ .. कारण कतै कुनै मानिस बोलि कुर्शीको लालजमा होइन.. देश र जनताको भक्तमा त्यो ठाउमा बस्नु सकोस

    Hot debate. What do you think? Thumb up 40 Thumb down 60

  12. devdas491yahoo.com says:

    दोषीलाई कार्यबाही गर्ने अनेक तरिका छन् तर माथिको आदेश खतरनाक हुन्छ,तेसैले जसले जे गल्ति गर्छ तेस्को सजाय पनि तेहिनै हुन्छ मतलब ज्यान लिने को ज्यान लिनु नै उसको न्यापूर्ण सजाय हो,समयमै ख्याल गर्नु जसले गर्दा कोहि पनि कसैको ज्यान लिन अग्रसर हुने छैनन्,,,,,

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 40

  13. shashi says:

    लोव र लालच, मा अनी सत्ता मा पुग्नु ६ भन दै मा अर्काको परिवार मार्न पईदई न ,मार्नु पर६ त्सलाई जो नेपाल मा नेपाली ले नै दुख दॆन६

    Hot debate. What do you think? Thumb up 68 Thumb down 68

  14. Tina says:

    यो माथिका मगर र प्रेम भन्ने केटाहरु माओबादीका लठेत हरु हुन् भन्ने प्रस्ट छ……………………

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 58

  15. विष्णु सिम्खडा says:

    मिर्तक को चिर शान्तिको कामना गर्दछु/ अनि दोषी लाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ/

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  16. amar says:

    what they had done to him they must get punish as it is.

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 31

  17. prem pokhrel says:

    दोन्द काल मा जो बीच मा आए तिनको गर्दन काटियो ..कोसीलाई पुरियो….कसैलाई ..खोला मा फालियो…नभए आज पनि तपाई राजसस्था को दासत्तो सहेर बस्नु पर्ने हुन्थियो…यी पुराना कुरा कोत्तयेरा देश ले निकास पौदैना…..ठुला ठुला मानब अधिकार का कुरा गर्ने भतुवा हरु सद्दाम हुस्सैन लै अमेरिका ले फासी दिउयो तेस्को वकालत गरे हुन्छ….गद्दाफी लै bomb हानेर मर्यो तेस्को वकालत गरे हुन्छ बडा मानब अधिकार को कुरा गर्ने हरु आफु पनि जोगिएर बसे हुन्छ होइन भने राम्रो हुने छैन खबरदार

    Well-loved. Like or Dislike: Thumb up 217 Thumb down 38

  18. Sunil says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 4 Thumb down 219

  19. rupak says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 4 Thumb down 306

  20. erika says:

    hamro desh ma ramro kanun chaina ,ra vaye ni karbahi gardaina chahe dhoshilai vetaye ni,,thts y bideshi harule thik parcha lama jasta lai samatera..

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  21. GANGA says:

    माथि को like र dislike हेर्दा लग छ नेपालमा राम्रा मान्छे
    भन्दा नराम्रा मान्छे को संख्या बादी छ,लाग्छ नेपालमा सुधार
    कहिले हुदैन …….

    Well-loved. Like or Dislike: Thumb up 43 Thumb down 0

  22. sabitri says:

    बिबिध राजनैतिक अराजकता र द्वन्द को विस्तार नेपालमा कहिलेइ नहुने भयो, जो जो सत्तामा आए गए तर सिर्फ स्वार्थ मात्र ले प्रस्रय पाएको छ . दुखि गरिबका छोरा छोरी लाइ हतियार बनाउदै आफुहरु सत्तामा जान्छन जति मरे मारिए तेस्को गणना छैन. यो प्रथा कतिन्जेल चलौछौ ये पशु हरु तिमीहरुलाई तिन मृत आत्माहरुले नापिरोलूंन ….धिकार छौ तिमि नेता हरु…कति मुटु दुख्ने कथा छन् कयेउ डेकेन्द्र थापा हरुका ,,कडा भन्दा कडा सजाय सकिन्छा भने ति मार्ने हरुलाई पनि मरणासन्न बनाइ देउ ताकी येस्त घटना दोहोरिने छैनन्

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  23. सान्ती जिउ तपाइको कुरामा म १००% समर्थन गर्छु ..किनकि नेपाल मा यस्तै खेल भै रहेको छन ,,अबो भन्नु होस्त त्यो दिकेन्द्र थापालाई कसले र कुन पार्टीले जिउदोइ मार्नु लगायो त,तेस्को जर्रोई देखि कारबाही गर्ने हि भने लहरो तान्दा पहरो पनि पैरो जान्छ, //अनि मात्रै नेपाल दोषीले सजाए र निर्दोशिले नाये पाउछ..हेर्रु यसको नतिजा कहाँ सम्म र क कसको तिम्ले खेल को मैदान म जित हासिल गर्छ,अबो कर्नेल लामालाई uk म फसाउने human right को पाठ सिकाउने संसारको 1,no चम्चे ब्रिटिश लाई पनि यो काण्डमा नेपाल म झिकाउनु पर्छ,,,जे होश अबो नेपाल म़ा सत्ते को सुरुओवत हुँदैछ,र अपराधीलाई पनि मुनि लुके पनि निकालेर कारबाही हुनेछ भन्ने लगेको छ,,,जय होस् नेपाली जनताको जय नेपाल,,////

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)