ट्राउट माछापालन गर्ने किसानको संख्या बढ्यो

रसुवा,पुष २४ । रसुवामा पछिल्लो समय हिमाली रेन्बो ट्राउट माछापालन गर्ने किसानको संख्या बढेको छ । थोरै तथा भिरालो जमीनमा पनि माछा पालन गरि राम्रो आम्दानी हुन थालेपछि रसुवाका किसानहरु हिमाली रेन्बो ट्राउट माछा पालनतर्फ आकर्षित भएका हुन् । एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरर्गत जिल्ला कृषि बिकास कार्यालय र उद्योग बाणिज्य संघको सहयोगमा ट्राउट माछा पाल्ने किसानको संख्या वढ्दै गएको हो । पानीको स्रोत प्रशस्त हुनु र बजार पनि पर्याप्त हुनुले किसानहरु उत्साहीत भएका छन् । अहिले किसानले अन्य जिल्लाका लागी माग अनुसार माछाका भुरा पनि उत्पादन गरी विक्रि गर्दै आएका छन् । प्रति किलो एकहजार देखि बाह्र सय रुपैंयामा बिक्री हुने माछा रसुवाको धुन्चे, स्याफ्रु, गत्लाङ तथा टिमुरे गाउ बिकास समितिमा एक दर्जन स्थानमा सामूहिक रुपमा माछा पालन शुरु गरेका छन् । रसुवामा उत्पादित माछा नुवाकोट तथा राष्ट्र चीनको केरुङमा समेत पठाईने गरेको किसानले वताएका छन् । चीनको केरुङबाट समेत यसको माग हुन थालेपछि हिमाली रेन्बो ट्राउट पालन गर्ने किसानको संख्या बढेको हो ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)