सुन्तला किसानहरुलाई बजार खोजी गर्नुपर्ने बाध्यता हट्यो!

पर्वत,पुष २६ । सुन्तला खरिद गर्न पर्वतका किसानहरुलाई बजार खोजी गर्नुपर्ने बाध्यता हटेको छ । सुन्तला व्यापारीहरु गाउँमै आउन थालेपछि किसानहरुको ढुवानी खर्च जोगिएको छ भने सु्न्तला खेतीतर्फको आकर्षण बढेको छ । पर्वतको देउपुर र बांसखर्क सुन्तला उत्पादनका लागि प्रख्यात मानिन्छन् । यहाँका चार सय भन्दा वढी घर परिवारले सुन्तला खेती गर्दै आएका छन् । कृषि विकास कार्यालय पर्वतका अनुसार यी दुई गाउँमा मात्र बार्षिक एक करोड रुपैँया भन्दा वढीको सुन्तला उत्पादन हुने गरेको छ । यति धेरै सुन्तला उत्पादन हुने क्षेत्रका किसानलाई विगतका वर्षमा सुन्तला विक्रि गर्न वजारको खोजी गर्दै हिंड्नु पर्ने वाध्यता थियो । तर यो वर्ष देखि किसानलाई बजारको खोजी गर्दै हिंड्नुपर्ने वाध्यता हटेको छ । गाउँमै व्यापारी आएर सुन्तला खरिद गर्न थालेपछि उनीहरु खुशी भएका छन् । मंसिर अन्तिम सातादेखि व्यापारीहरु घरमै आएर अधिकांश किसानका सुन्तला ब्यापारीले खरिद गरिसकेका छन् । केही किसानले सहकारी मार्फत र केहीले आफैंले सुन्तलाका बगैंचा नै विक्रि गर्दै आएका छन् ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)