अग्नी एयर लिलामी गर्न नदिई आफैंले संचालन गर्ने तयारीमा व्यापारिक प्रतिष्ठानका लगानीकर्ता

काठमाडौं,पुष २६ । बैंकिङ कसुर अन्तर्गत पक्राउ परेका घर जग्गा व्यवसायी सुधीर बस्नेत संलग्न रहेको अग्नी एयर विभिन्न बैंकले लिलामी गर्न खोजेपनि अदालतको आदेशपछि रोकिएको छ । ओरियन्टल हाउजिङ, ओरेन्टल कोपरेटिभ लगायतका व्यापारिक प्रतिष्ठानका लगानीकर्ताहरु भने अग्नी एयर लिलामी गर्न नदिई आफैंले संचालन गर्ने तयारीमा जुटेका छन् । ओरियन्टल हाउजिङ,ओरेन्टिल कोपरेटिभ, अग्नी एयर लगायतका ब्यापारिक प्रतिष्ठानका संचालक सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गर्नु अघिल्लो दिन गत बिहिबार अग्नी एयरले ऋण लिएको केहि बैंकले आकस्मिक रुपमा लिलामीका लागि भन्दै सात दिने सूचना जारी गरेका थिए । लिलामीको सूचनाको भोलिपल्ट अध्यक्ष बस्नेत पक्राउ परे । अध्यक्ष बस्नेत पक्राउ परेपछि उन्का ब्यापारिक साझेदार एवं निक्षेपकर्ताहरुले बैंकले गैरकानुनी रुपमा सूचना निकालेर अग्नी एयर हडप्न खोजेको आरोप लगाए । सो बिषय अदालत सम्म पुग्यो । पाटन पुनराबेदन अदालतले शुक्रवार हुने भनिएको लिलामी प्रक्रिया अगाडि नबढाउन आदेश दियो । ब्यवस्थापनले केही समयदेखि ग्राउण्डेड रहेको अग्नी एयर ठूला बचतकर्ता तथा सर्बसाधारण निक्षेपकर्ताको रकमबाट पुन संचालन गर्ने तयारी भैरहको बताएको छ । ११ अर्ब १८ करोड भन्दा बढी लगानी रहेको ब्यापारिक प्रतिष्ठानका अध्यक्ष बस्नेत पक्राउ परेपछि ती कम्पनी पुन संचालन गर्न झण्डै २ अर्ब रुपैया आबश्यक रहेको बताइन्छ । यस्तो अबस्थामा बैंकले थप रकम उपलब्ध नगराउनु र कानुन मिचेर लिलामीको सूचना सार्वजनिक गर्नुलाई कतिपयले अग्नी एयरमा कर्जा प्रवाह गर्ने बैंकहरुले नियतबशनै ब्यवसायी बस्नेत संलग्न रहेको ब्यापारिक प्रतिष्ठानको स्वामित्व लिन खोजेको दाबी गरिरहेका छन् ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)