काठमाडौं,पुष २६ । मुख्य तीन दल तथा मधेसी मोर्चाका नेताहरुले पुस मसान्तसम्म सहमतिका लागि अधिकतम प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । विहिबार राष्ट्रपति कार्यालयमा पुगेका नेताहरुले सहमतीय सरकार गठन पुस मसान्तसम्म गरिने भनाइ दोहोर्याएका हुन् । सहमतीय सरकार गठनका लागि दिएको आठौ पटकको समय पनि निरर्थक भएपछि राष्ट्रपतिले मूख्य दलका शिर्ष नेताहरुलाई शितल निवास बोलाउनु भएको थियो । राष्ट्रपतिसँगको छलफलपछि शितल निवासबाट बाहिरिएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि राष्ट्रपतिसँग समय नमागेको बताउँदै छिटो सहमतिमा पुग्नेगरी छलफल गर्ने बताउनुभयो । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले सहमतिका लागि पुष मसान्तसम्म अधिकतम प्रयास गर्ने बताउनुभयो । अध्यक्ष खनालले उत्तरायण सकिएर दक्षिणायन लाग्नु अगाडिनै सहमतिमा पुग्ने बताउनुभयो । त्यस्तै, काँग्रेस उपसभापति रामचन्द्र पौडेलले दलहरुबीच पुस मसान्तसम्म सहमति जुट्नु पर्ने बताउनुभयो । भोलि विहान राष्ट्रपतिले पूर्व संविधानसभामा प्रतिनिधि गर्ने सबै दलका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाउनुभएको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
नेताहरुले देशलई किनारा लगाउने सहमति बनौन नसके जनताले ज्ञानेलाई ल्याउने सहमति गर्नु पर्ला जस्तो छ.
Well-loved. Like or Dislike:
20
4
यो त मह जोडीलाई पनि पछाडी पार्ने तमाशा भयो /यो तमाशा पनि आफैले गरेको भए पो,अरुले गराएको तमाशा/कोहि जन्मेला यो तमाशा बन्द गर्ने?
मन परे हरियो, नपरे रातो
9
0
अब पनि सहमति भएन चुनाब हुन सकेन भने देश कालो सुचिमा जाने छ अनि समात्न थाल्ने छ ब्रिटिश र अमेरिकाले ति काला कर्तुत भएका नेताहरुलाई हेर्दै जानु होला , सार-अन्तरास्ट्रिय कुटनीतिक नयूजबाट ,
Well-loved. Like or Dislike:
19
0
हाम्रो देशमा सहमति भन्ने सब्द फापेन , अब कुनै अर्को शब्दको खोजि गरौ , सबै पार्टीका नेताहरु सहमति गर्नमा असफल भै सके/ रास्ट्रपति पनि निरिह नै देखिन्छन / अब के गर्ने बारे चेतना भएका रास्त्रप्रेमिहरुले सोच्ने बेला आइसकेको छ/
Well-loved. Like or Dislike:
166
0
नेपालको कानुन दैबले जानुन भने जस्तै छ I जसले जसरि अर्थ लगाउदा नि हुने I आखिरमा जसरि राम चन्द्र पौडेलले एक्लै १६ पटक सम्म चुनाब लडे त्यस्तै छ यो सहमतिको स्वरुप I भन्ने बेला सबै दल वा दलका नेता देश र जनताका लागि भन्ने गर्छन तर यो होइनरहेछ I
Well-loved. Like or Dislike:
30
0
सहमति गर्न खोजे पो सहमति हुन्छ, सहमति नै गर्न खोजेको छैन अनि कसरी सहमति हुन्छ! यस्तो अबस्थामा राष्ट्रपतिले बारबार सहमति गर्न को लागि समय थपिरहन हास्यास्पद र राष्ट्रको लागि धोका हो!राष्ट्रको संरक्षक को हिसाबले यी अपराधी,चोर र फटाहा नेताहरुलाई मिलाउन नसक्नु राष्ट्रपतिको पनि फितलो पना हो,यस्तो अबस्थामा राष्ट्रपतिले पनि राजिनामा दिएर,ल मैले सकिन अब राष्ट्र बचाउन सक्षम व्यक्ति आउ भन्नु पर्छ !
Well-loved. Like or Dislike:
37
0
थापा ji ko kuro सहि छ
मन परे हरियो, नपरे रातो
0
0
प्रजातन्त्र, गणतन्त्र राजनैतिक दलहरुको लागि बाँदरको हातमा नारिवालनै भयो भनौ बहुत दुखले आर्जेको गणतन्त्र बाँदर हरुको हातमा गैसक्यो / खतराको संकेत नजिकै आ…….
मन परे हरियो, नपरे रातो
5
0
नेपालको राजनीति कसले बुज्ने राजनीति र सामती बन्ने सब्द चै हटाय हुने कसैलाई पनि था नाबयको किन समयको बर्बाद गरे को होला अब नेपाल को सम्बिदन अरु देशलाई बनाई देउ बने बनाई दिई हल्छानी १ मैनाबितारा सबै तयेरपरी दिन्छा नत्र नेपालको नेता हरुलाई चै नबनाऊ नेपालको बादरहरु को चै कहिले पनि समाती हुदैन
मन परे हरियो, नपरे रातो
2
0