पुरानो घर भत्किँदा २ जनाको मृत्यु

दाङ,पुष २७ । दाङको श्रीगाउँमा बिहीबार राती पुरानो घर भत्किँदा २ जनाको मृत्यु भएको छ । श्रीगाउँ २ बागरमा पुरानो ३ तले घर भत्किँदा घरधनी ५५ वर्षिय ठाकुर थापा र ६१ वर्षिय अमृता थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठाकुरकी १० वर्षिया नातिनी समीक्षा घाइते भएकी छन् । उनको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जानकारी दिएको छ ।

 

-
 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)