काठमाडौं,पुष २७ । प्राध्यापक डाक्टर डिपी भण्डारीको निबन्ध संग्रह”त्यो धर्ति त्यो आकाश” सार्वजनिक भएको छ । राष्ट्रकवि माधव घिमिरेले उक्त निबन्ध संग्रहको विमोचन गर्नुभयो । लामो समयदेखि विभिन्न पत्रपत्रिकामा उहाँले लेख्दै आउनु भएका ६३ वटा निबन्धलाई संग्रह गरेर पुस्तकका रुपमा बाहिर ल्याइएको हो ।
पुस्तकमा समावेश गरिएका निबन्धका विषयमा सिके लाल, अजय दीक्षित र ज्ञानु पाण्डेले टिप्पणी गर्नु भएको थियो। कार्यक्रममा विभिन्न साहित्यकारहरुको उपस्थिति रहेको थियो ।