जाडो कति साह्रो, सरकारद्धारा तराई बासीलाई उपलब्ध गराउने भनेको एक थान कम्मलमा पनि अनिमियताता

सरकारले तराईमा शीतलहर र चिसोबाट ज्यान गुमाएका परिवारका आफन्तलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।मन्त्रिपरिषदको आज बसेको बैठकले शतलहरबाट पीडित विपन्न सर्वसाधारणलाई ‘एक परिवार एक कम्बल र काठदाउरा’ उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री बर्षमान पुनले जानकारी दिएएका थिए ।प्रभावित क्षेत्रमा स्थानीय प्रशासन र स्थानीयलाई एकीकृत रुपमा परिचालन गरी लत्ता कपडा वितरण गरिने छ ।त्यसै गरेर, त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय बनाउने निर्णय गरेको सरकारले गरीबी निवारण कोषको उपाध्यक्षमा युवराज पाण्डेलाई नियुक्त गरेको छ ।बैठकले उद्योग मन्त्रालयका सहसचिव लक्ष्मण भट्टराईले दिएको राजीनामा स्वीकृती पनि गरेको मन्त्री पुनले एबताएएका थिए । स्वास्थ्य सेवा ऐन सहित सार्वजनिक सेवालाई समावेशी बनाउन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय समेत सरकारले गरेको छ ।सरकारले नेपाली सेनाका सात सहायकरथी र एक महासेनानीको पनि सरुवा गर्ने निर्णय गरेको थियो ।सरकारद्धारा तराई बासीलाई उपलब्ध गराउने भनेको एक थान कम्मलमा पनि अनिमियताता खुलासा भएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

 

8 Responses to “जाडो कति साह्रो, सरकारद्धारा तराई बासीलाई उपलब्ध गराउने भनेको एक थान कम्मलमा पनि अनिमियताता”

  1. deep gurung says:

    हैन माओबादी सरकारमा अयो भने चोरि. डकैति. भ्रस्टाचार. आनिमियत.बलात्कार यो सब रोकिन्छा भनेकोता झन् उल्टो पो भयोता.आफ्नो कार्यकर्ताले मान्छे मरे पनि चोरि गरे पनि मन्त्रि जी को ठाडो आदेश पौछ के को पिर. जुन जोगी आय पनि कानै चिरेको.

    Well-loved. Like or Dislike: Thumb up 83 Thumb down 4

  2. janata says:

    यो नेपाल को सरकार मर्नु नि यार .जाबो जाडो को लागि १ कम्मल दिनु पनि यस्तो नत्तक .

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

  3. Ram Thapa Magar says:

    यी धन्युद्ध वालाहरुले कुरा मिले देशै सुइक्याइ दिन्छन/

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

  4. Dal Thapa says:

    नेपाल मा खै के भन्नु राम्रो कुरा कहिल्लै सुन्न पाइदैन खाली निराश र प्रतिशोध को बिषय बन्छ ! हामि नेपाल र नेपाली को गुण गान गाउने इछ्या शायद भाग्य ले नै ठगेको होला भन्छु ! स्वोर्ग भुमि नेपाल मा नर्ग भुमि बनाउने नेता, कर्मचारी, पुलिश, प्रसाशन सबै मिलेर देश खोक्रो बनाए ! दच्छ युवा जन सक्ति विदेश धपाएर बिदेशी रेमिटेन्स ले मुलुक को अर्थ तन्त्र चलेको अबस्था मा आर्थिक अवस्था कम्जोर बिपन्न वर्ग यो मौशम ले पनि यातना दिएको बेला मा बडो मुस्किलले सरकार बात राहत स्वोरुप पाएको एउटा कम्मल मा पनि यस्तो अनिएमित्ता ? कस्तो मानाबियेता हो कुन्नि बडो दुक्ख को कुरा जहाँ तही भ्रत्चार मात्रै भयो भन्ने अनियमितता भयो भन्ने अब हाम्रो नेपाल मा दया माया ममता भएको जना मानस को कमि भएको हो त ? बिचार पुर्याउनु पर्ने कुरा के छ भने केहि ब्यक्ति को स्वार्थ ले गर्दा नेपाल र नेपाली को भबिस्य अन्धकार होला भन्ने खतरा बढ्दै गयो ! सबैले बुझ्नु पर्ने कुरा यही हो कि त्यस्तो अराजक अपराधीलाई समयमै कडा कारबाही गर्नु पर्छ ! अब हामि सबै नेपाली ले बुझ्नु पर्ने बेला आएको छ, एक हुनु पर्ने बेला आएको छ !

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

  5. Shesh laoti says:

    “लगन पछिको पोते के कामको, मरे पछि लौ बाबै खा केरा” सरकारको चाला यस्तै छ तर हामी केनैपो गर्न सक्छौर…

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  6. के बनि आँउ….? ‘म’

    परिधिको ब्यास नाप्ने फिता बनि आँउ,
    या रामको निम्ति लायक हुने ‘म’सिता बनि आँउ ?

    संग-संगै जात्रा धाउने केटा बनि आँउ ,
    या पवित्र कल्याण समाजको ‘म’सभ्यता बनि आँउ ?

    देश को होइन भारत-चीन को बेटा बनि आँउ ,
    या जन् र देश को हीत गर्ने ‘म’नेता बनि आँउ ?

    काम-कुरो चौपट पार्ने नेट बनि आँउ ,
    या टुटियका मनहरु जोड्ने ‘म’ भेट बनि आँउ ?

    गरिवी र भोकमरी को पेट बनि आँउ ,
    या सुन सरि अन्न दाता ‘म’ खेत बनि आँउ ?

    की नेताको झैँ दुइ मुखे चेत बनि आँउ ,
    या संबैधानिक निकास को ‘म’ ठेट बनि आँउ……??

    { जदो मित्र, असफल प्रयास सुम्पिदै जादो भय,,,, -के.आर.शर्मा(साइराम) }

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  7. ram oli says:

    एउटा कम्मल मा अनिमियता कस्ता मान्छी र कस्तो नेपाल किना र कसरी एस्तो र कसरी नियन्त्रण होला अब इसोर पुकार्नु बाहेक केही रहे ना बाकि कारबाही को माग पनि कति गर्नु र कति लाइ कारबाही गर्नु

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  8. ganga b grg says:

    माओबादी लाई चौतर्फी घेराउ छ. देश र जनताको लागि बजेट पास हुन न दिने ,दुखो सुखो केहिगारी कम्मल दिने आदेश लाई कर्मचारी ले ब्यापारी संग साठ गाठ मिलौदा, भ्रस्ट गर्नी नियत ले मनिष मारी सक्ने,नेपाली काँग्रेस को नेता लाई राष्ट्रपति बनाउन ठुलो गल्ति भयो जो आज नेपाली ले भोग्न परिराखेको छ.भविस्य मा रास्ट्रपति नेपाली ले चुनाब बाट बनौन पर्यो या दल भन्दा बाहिर को नेपाली हुनु पर्छ.हाल नेपाली ले दुखो पाएको मुख्य कारण १० बर्से युग्द को रिस र बिगत को चुनाब मा माओबादी को जित ले मुर्मुरिएर हरुवा दल हरु , कर्मचारी,सैनिक,प्रहरी , पत्रकार ले जनता र माओबादी लाई बदला लिदै छ.बिगत मा यिनै सस्था हरु माओबादी को दुस्मन थिए र जनता ले उसैलाई चुनाब मा जिताई दियो.

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)