डोटीको छत्तिवनमा बस दुर्घटनामा कम्तिमा ३० जनाको मृत्यु |

डोटीको छत्तिवनमा शनिबार बिहान भएको बस दुर्घटनामा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ९ बजेसम्ममा २९ जनाको शव फेला परेको छ । उद्दारम खटिएका प्रहरी निरीक्षक रविन्द्र भट्टले बिहान ९ बजेसम्ममा २९ जनाको शव फेला परेको जानकारी दिए ।

रोल्पालगायत मध्यपश्चिमाञ्चलका दुई जिल्लामा विगत पाँचदिनदेखि अवरुद्ध विद्युत् अझै सुचारु हुनसकेको छैन । हालसम्म विद्युत्भार कटौती नभइरहेको जिल्ला रोल्पा, प्युठान र अर्घाखाँचीमा दैनिक ६ घन्टा विद्युत्भार कटौती हुने भएपछि आन्दोलन थालेका उपभोक्ताहरुले विद्युत्भार कटौतीको विरोध गर्दै गत सोमबार विद्युत्गृहमा तोडफोड र आगजनी गरेपछि विद्युत् अवरुद्ध भएको हो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

विद्युत् अवरुद्धका कारण रोल्पामा सञ्चालित दुईवटा सामुदायिक रेडियो, एक दैनिकसहित तीनवटा साप्ताहिक पत्रिका पूर्णरुपमा बन्द भएका छन् । त्यसका साथै नमस्ते फोन सेवा पनि बन्द भएको छ ।

जेनेरेटरको प्रयोगबाट एनसिएल सेवा चलिरहेको भए पनि शुक्रबारबाट उक्त सेवासमेत बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् सुचारु गर्न निर्देशन दिए पनि विद्युत्गृहमा कार्यरत कर्मचारीहरुले क्षतिपूर्तिको माग गर्दै पुनः आन्दोलन थालेपछि उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।

थप पहलका लागि रोल्पा र प्युठान जिल्लाका सङ्घर्ष समिति र कर्मचारीबीच विभिन्न समयमा वार्ता चलिरहेको भए पनि विद्युत् सुचारु गर्नका लागि आफूहरुलाई कुनै जानकारी नआएको नेपाल विद्युत् प्राधिकरण रोल्पा शाखाले जनाएको छ

 

 

5 Responses to “डोटीको छत्तिवनमा बस दुर्घटनामा कम्तिमा ३० जनाको मृत्यु |”

  1. हितमान घले, लाप्राक गोर्खा says:

    Isn’t the road problem the biggest problem ever? I can’t bloody understand why the f___ these stupid f___ed up political mother f___ers don’t care about it. Roads are a hell lot more important than the PM’s chair, isn’t it?

    Is it because they can travel by air?

    More Importantly, why the f___ these stupid a$$ lickin कार्यकर्ता should even do आन्दोलन ?

    Before मावोबादी कांग्रेस committed the crimes, killing people, killing journalist, breaking properties, 16 years ago मावोबादी copied कांग्रेस and repeated the same sort of mistakes. Now मधिसे Forum, Zebra, Cobra, Lopra whatever party are copying the same thing and repeating the same mistake all over again. We people are sick and f___ing tired of आन्दोलन l

    The border has to be secured immediately. This is the 2nd biggest problem after the road problem.


    We people don’t care and will never care about Political System, Prime Minister, चुनाब, आन्दोलन bla bla bla.
    We just care about Transportation, Border Security, Communication, Electricity, Education, Drinking Water bla bla bla.

    Like डा बाबुराम भट्टराई says ” अब स्वतन्त्र बेक्ती प्रधान मन्त्रि हुनु पर्छ l ” . It is so true.
    I reckon whatever system governs the country it doesn’t matter as long as it is Transparent and Open. So that problems such as this and Border Security can be easily solved.

    Well-loved. Like or Dislike: Thumb up 122 Thumb down 4

  2. shahadev says:

    मिर्तक मा चिर सान्ति को कामना गर्दछु त घाइते हरु मा छिटो सस्थाये को कामना गर्दछु !!
    जय नेपाल आमा !!

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 1

  3. Shesh laoti says:

    डोटीको छातिसबन, सुर्खेतको गमखोला लगाएत जतिपनि यातायात दुर्घटनामा परी दिवंगत हुनुभएका मृतकहरुको आत्माले चिरशान्ति अनि परिवारजन आफन्त हरुमा धैर्य-धारण गर्ने शक्ति प्राप्त होस् र अब उप्रान्त यस्ता अप्रिय घटना नघटोस भनि भगवान संग प्रार्थना गरौँ /

    सुनदैमात्र आङसिरिङ्ग हुने यस्ता दुर्घटनाहरु जनमानसमा अबत सामान्य कुरा जस्तै भैसक्यो / हुनपनि नेपालमा यातायत दुर्घटना बाट बर्षेनी अनाहकमा सयौले ज्यान दिनु पर्ने र हजारौ अपाङ्ग, टुहुरो हुनुपर्ने नियति अनिवार्य जस्तै भएको छ / तर आज यसको नैतिक जिमेवार बहन गर्न कोइ सरकारी निकाय, राजनैतिक दल, यातायत संघ, नागरीक समाज या जनतानै कोइ अगाडी सरेर आछन-नै कोहिपनि आउदैनन / त: जिमेवार कसको ? वास्तबमा धेर-थोर सबैको जिमेवारी र कर्तब्य हो यसलाई न्युनिकरन गर्न / जबसम्म राज्य हक्नेहरु सिर्फ कुर्सि र शताको लडाईं मा मात्र व्यस्त नभई यस्ता घटना हुदा यातायत मन्त्रीले नैतिक जिमेवारिका साथ राजिनामा दिदै सडक तथा यातायत नियमावली र कानुनलाई आबश्यक संसोधन गरि कडाई का साथ लागु गरी बर्षेनी सवारी साधनको चेकजाच अनुगमन, चालको लाइसेन्स, शारीरिक, मानशिक अवस्था अनि दक्षेताको जाच नगरेसम्म / राजनैतिक दलहरु आफनो कार्य-कर्ता ब्यक्तिगत फौजदारिमा मर्दा सरकारलाई शहिद घोसना गर भनेर सडकमा टायर बाल्ने काम, आफनो राजनैतिक पावरलाई दुरुपयोग गर्दै सडक खन्ने ठेकेदार बाट कमिसन लिएर कम्जोर सडक निर्माण गर्नेलाई बचाउने काम नरोकेसम्म / यातायत संघले खाली आफनो मागलाई मात्र सरकारकोमा बुझाउने, पैसा ले सवारी साधन होइन सवारी साधनले पैसा कमाउनु पर्छ भन्ने ज्ञान नभएर साधनको छ्यमता भन्दा धेरै यात्रु कोच्ने, मर्मत सम्हार कहिले नगर्ने प्रथा नरोकेसम्म / किन यति बिघ्न सडक दुर्घटना हुन्छ भनेर बिद्द्वान हौँ भानौदहरुको थोरै भएको बुद्दि यसमा खर्च नगरेसम्म र जनता यात्रुहरुले पनि हतार गरे पुगिन्न भन्ने आख्यान लाई बुझी बुझी खादखाद गरि भए पनि यात्रा गर्ने बानी नछोडेसम्म यस्ता सडक दुर्घटना दोहोरि रहने छ तेहेरिरहने छ……..सबैलाई चेतना भया: /
    लेख्दा लेख्दै लामो भएछ छेमा चाहन्छु……

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  4. Jarna says:

    दुर्घटना को अर्को कारण धेरै भाडा असुलेने लोव ले गाडी ओवर लोड हो यो traffic पुलिस को कमजोरी हो मृतक को आत्मा ले सान्ति पवोस !

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  5. Arjun says:

    दुर्घटना मा निकै दुखित छु मिर्तिक को चिर शान्तिको कामना गर्छु र द्रिवर लै रक्सि नाकै द्रिवे गर्न आनुरध गर्छु

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)