काठमाडौं,पुष २९ । युद्ध अपराधको आरोपमा नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतमा पक्राउ परे, दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा पक्राउ परेका ५ जनाको अनुसन्धान भैरहेको छ । तर २०६० साल फागुन ५ मा आफ्नै घरबाट पक्राउ गरी जेलमा चरम यातना दिएर हत्या गरिएकी काभ्रेकी १५ वर्षीया मैना सुनारको हत्या अभियोग लागेका तीन प्रहरी जवानहरु बवी खत्री, निरञ्जन बस्नेत र अमित पुनलाई भने कानुनी कारबाही भएको छैन । उनीहरु अहिले पनि सरकारी जागीरमै छन् । यसैविचमा २०६० फागुन ५ मा तत्कालिन शाही नेपाली सेनाका १५ सैनिकले पक्राउ गरि पाँचखालमा रहेको व्यारेकभित्रै चरम यातना र बलत्कार पश्चात हत्या गरिएकी काभ्रेको खरेलथोककी १५ वर्षीया मैना सुनुवारको घटनालाई मुख्य बिषय बनाएर निर्माण भएको चलचित्र ‘मैना’ ले प्रदर्शनको मिति सार्वजनिक गरेको छ । निर्देशक केपी पाठकका अनुसार चलचित्र फागुन ४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । चलचित्र ‘मैना’ यथार्थमा आधारित छ । मैनाकी आमा देवीका दाजुकी छोरीलाई तत्कालीन शाही सेनाले विना कसुर पक्रेर बलात्कारपछि हत्या गर्छ । त्यो घटनालाई देवीले पत्रकार र मानव अधिकारवादीसमक्ष पु¥याएर सार्वजनिक गर्न सहयोग पु¥याउँछिन् । त्यो थाहा पाएर सेना २०६० चैत ५ गते माओवादीको आरोपमा उनलाई पक्रीन काभ्रेको खरेलथोक पुग्छ । तर, उनी माइतबाट फर्केकी हुन्नन् । त्यसैले घरमा भेटिएकी छोरी मैनालाई नै सेनाले लैजान्छ । सेनाले पक्राउ नै नगरेको जवाफ पाएकी मैनाकी आमाले छोरीको खोजीमा प्रहरी, जिल्ला प्रशासनदेखि मानव अधिकारवादी संघ–संस्थासम्म धाउँछिन् । घटना सार्वजनिक भएर चौतर्फी दबाब आएपछि सेनाले मैनाको हत्या भएको स्वीकार गर्छ । त्यसपछि मैनाको शव–उत्खनन गर्ने र दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढ्छ । तर, पनि दोषीलाई हुनुपर्ने कारबाही अझै हुनसकेको छैन ।
कथाको मुख्य सार यही हो । चलचित्रमा सकेसम्म यथार्थ चित्रण गर्ने कोसिस गरिएको छ । जसले चलचित्र हेर्ने दर्शकलाई एकपटक संकटकालमा भोगेको त्रासदीको सम्झना गराउँछ । खरेलथोकस्थित मैनाको घर, विद्यालय, धादीङको जंगल र नौबिसेमा छायाँङकन गरिएको ‘मैना’ मा अनिता के सी मैना सुनारको चरित्रमा देखिएकी छन् । अनिताको साथमा गोविन्द प्रभात, राधा श्रेष्ठ, सौरभ चौलागाई लगायतले चलचित्रमा अभिनय गरेका छन् । युद्ध अपराध सम्बन्धीको घटनालाई मुख्य पाटो बनाएर निर्माण गरिएको ‘मैना’ प्रदर्शन पश्चात दोषीलाई कारबाही गर्न एक खालको जनमत प्राप्त हुने निर्देशक केपी पाठकको भनाइ छ । चलचित्रका निर्मातासमेत रहेका निर्देशक पाठक भन्छन्, “मैना नेपाली चलचित्र निर्माण र सामाजिक परिवर्तनको आन्दोलन पनि हो ।” सिनेमा निर्माण नगर्न विभिन्न पक्षबाट दबाव समेत आएको अनुभव सुनाउदै उनले भने, “हामीले मैना सुनार पक्राउ गरिएको दिन पारेर प्रदर्शन गर्दैछौं । साथै अहिले गम्भीर प्रकृतीका अपराधमा संलग्नहरु पक्राउ परेर कानुनी प्रक्रियामा पुगेका बेला ‘मैना’ प्रदर्शन गर्ने अवसर मिलेको छ । यो सिनेमाले जनताप्रती जवाफदेही र न्यायीक हुन राज्यलाई एक किसीमको दबाब सृजना गर्दछ ।” निर्माण पक्षका अनुसार ‘मैना’ जोखिम मोलेरै बनाइएको चलचित्र हो । निर्माता तथा छायाकार जीवनाथ सुवेदी भन्छन्, “चलचित्र बनाउने क्रममा छायाङकनस्थलमा अवरोध गर्नेदेखि फोनमा धम्की दिने लगायतका कार्य पनि भयो । त्यसैले छायाङकन गर्ने क्रममा हामीले धेरै स्थान परिवर्तन समेत गरेका छौं ।” नयनराज पाण्डेले पटकथा लेखन गरेको ‘मैना’ सिने मेकर्स प्रालिले निर्माण गरेको हो । चलचित्रमा केपी पाठक, जीवनाथ सुवेदी र तेजनारायण सापकोटाले संयुक्त लगानी गरेका हुन् । २०६५ सालमा निर्माण सकिए पनि प्रदर्शनको लागि अनुकुल समय नमिलेपछि निर्माण पक्षले विदेशका विभिन्न स्थानमा प्रदर्शन गरेको थियो ।
जे भएपनि यो फिल्म हेर्ने पर्छ /
मन परे हरियो, नपरे रातो
3
0