भाषा भाबी पिढीको लागि संरक्षण गर्नु पर्छ

सयुक्त राष्ट्र संघ ,शैक्षिक ,बैज्ञानिक तथा सांस्कृतिक संगठन (अर्थात् युनेस्को) भन्दछ
परम्परा हाम्रो अतितको सम्पत्ति हो र हाम्रा भविष्यका भावी पिढीहरुको लागि एक पछि अर्को
गरि संरक्षण गर्दै जानु पर्छ lविश्वमा छ हजार भाषा मध्ये करिब तीन हजार भाषा लोप भै
सकेका छन् l यहि गतिमा रफ्तार लिने हो भने कुनै पनि भाषा धरमरमा पर्दछ र पतन हुन् समय
नै लाग्ने छैन lविश्वमा सम्पर्कको भाषामा सबै भन्दा ज्यादा बोलिने भाषा नै अंग्रेजी हो
l शताब्दी पश्च्यात ब्रम्हाण्ड नै अंग्रेजी भाषाको दबदबा होला भन्ने अड्कल पनि गरिनु
स्वाभाविक होl अनुमान तथ्य र सत्यमा आधारित हुनु पर्ने हुन्छ lविश्वका केहि राष्ट्रका
निरंकुस तथा तानाशाही प्रवृति भएका शासकहरुले बिश्व ब्यापी रुपमा सहर्ष स्वीकार गरिएको
सम्पर्कको अंग्रेजी भाषालाई मुलुक भित्र प्रवेश निषेध गराई आफ्नो मातृभूमिको राष्ट्रिय
भाषाको मात्र पठन पाठन र अंग्रेजी भाषाको पुरै बहिस्कार गरि पुस्तकालयमा राखिएको पुस्तक
समेत जलाई राख बनाएको इतिहासले बताउदछl यसले मात्री भाषा प्रति देखाएको सद्भाव हो तर
भावी पिढीहरु भने अन्तरराष्ट्रिय भाषा प्रति अभिरुचि देखाउदछन र मौका सबै भाषाले पाउनु
पर्दछ l

ज्यादा सम्पर्कको भाषाले शताब्दी देखि नै प्रचलनमा ल्याएको भाषालाई उठिबास कदापी
पार्दैन l भाषालाई समयको माग र काल चक्रसंगै बिकशित गर्दै जाने हो भने हाम्रो नेपाली
भाषा कहिले अस्ताउदैन l२१ औ शताब्दीमा अंग्रेजी भाषा बिना त परिकल्पना गर्न पनि सकिदैन
र व्यापक रुपमा बाढी आएको छ l सिक्ने पर्ने हुन्छ नत्र व्यक्तिगत रुपमा ब्यक्ति धेरै
पछाडी परेको भान हुन् सक्दछ lहाम्रा भावी पिढीले अंग्रेजी भाषालाई जस्तै हाम्रो
राष्ट्रिय भाषालाई समान महत्वको साथ निरन्तरता दिए भने कहिले भाषाको खडेरी न लाग्ने
हुन्छ र सदैब नेपाली भाषा हरियाली भै रहने छ l

अन्तरराष्ट्रिय रुपमा कुनै पनि व्यक्ति सबै भन्दा चलेको सम्पर्कको भाषामा पण्डित बन्दछ
भने विश्वको कुनै पनि मुलुकमा आफु भित्र निहित प्रतिभा प्रस्फुटन गरि जीवन सफलमय बनाउदछ
lयसै भाषाको माध्यमबाट आफुलाई बेच्दछ र नेपालीहरुले पनि यस क्षेत्रमा ठुलो फडको हानी
रहेका छन् lयुनेस्कोले परम्परा ,संस्कृति र भाषा बिषयमा अगि बढाएको कदमले संसार भर
ठुलो भुकम्प ल्याई दिएको छ l लोपोन्मुख भाषाहरु पनि पुनर्जीवितको मार्गमा लम्कदै छन् l
भाषा विचार बिमर्श गर्ने एक माध्यम मात्र हो l भाषालाई प्राथमिकतामा नराखी उपेक्षित
गर्यो ,राष्ट्रिय तथा मातृ भाषा भन्दा अन्तरराष्ट्रिय भाषामा भूत सवारी भयो भने
कालान्तरमा भाषा लोप हुने अवस्थाबाट गुज्रिन्छ lआगन्तुक शब्दहरुको अतिक्रमणको मारमा परि
नेपाली भाषा थिलथिलो हन्छ र भविष्यमा पक्षघात पनि हुन् सक्ने हुन्छ l

बहु भाषाको ज्ञाता हुनु कुनै पनि व्यक्तिको लागि राम्रो कुरो हुन्छ र ज्ञाता हुन साथ
त्यो व्यक्तिले सुन खाने हुदैन lउसले पनि दूई छाक भात र दाल अनि अन्य चौरासी व्यंजन खान
पनि सक्दछ lर बहु भाषामा विद्वान हुदैमा आफ्नो मात्री भाषा ,राष्ट्रिय भाषा र सम्पर्कको
भाषालाई अपहेलनाको जुठेल्नोमा मिल्काउनु हुदैन किनभने नेपालीहरुको लागि नेपाली भाषा
प्राण भन्दा पनि प्यारो हुन्छ lभाषालाई संरक्षण र सम्बर्धन गर्नु हाम्रो प्रमुख दायित्व
हुन्छ र भावी पिढीहरुको लागि यो गम्भीर बिषय बन्दछ lजसरि कुमाले ले जे बनाउछु भनि परि
कल्पना गर्दछ त्यही अनुसार उसले माटाका बिभिन्न भाडाकुडा बनाएको जस्तै हामीले हाम्रा
सन्तानहरुका निम्ति नेपाली भाषालाई अझ बैज्ञानिक ,परिस्कृत र विकास गर्दै लैजान सकेनौ
भने नेपाली भाषाको भविष्य चुनौती पूर्ण हुनेछ lनेपाली भाषामा आगन्तुक शब्द अत्यधिक
प्रचलनमा ल्याई भाषाको मौलिकता बिलय पनि हुन् सक्ने सम्भावना हुन्छ lभाबी पिढीरुको
निम्ति हाम्रो मातृभाषा र राष्ट्रको पहिचान नेपाली भाषाको निम्ति त्याग र तपस्याको
टड्कारो आवस्यकता देखिन्छ l यसको निम्ति तमाम भाषा शास्त्री तथा विज्ञहरुले ठुलो अहम
भूमिका निर्वाह गर्नु पर्दछ नत्र वर्तमान अवस्थामा अंग्रेजी भाषाको व्यापक प्रचलन र
आदान प्रदानले गर्दा नेपाली भाषा किनारा लाग्ने भै सकेको भान हुन्छ l

नेल्सन मण्डेला भन्दछन ‘यदि तपाई कुनै मानिसले बुझ्ने भाषामा कुरा गर्नु हुन्छ भने
त्यो उसको मस्तिष्कमा जान्छ l यदि तपाई उसको भाषामा कुरा गर्नु हुन्छ भने त्यो उसको
हृदयमा संचित हुन्छ l ‘यो उनीहरुको भाषा प्रतिको मोह र राष्ट्रिय भाषा प्रति देखाएको
सद्भाव हो ,भारतका पूर्व प्रधान मन्त्री अटल बिहारी बाजपेयीले सयुक्त राष्ट्र सघको
महासभामा हिन्दीमा भाषामा बोलि दिए र उनको जय जयकार गरियो lहामी नेपाली हौ र हाम्रो
पहिचान नै हाम्रो नेपाली भाषा हो lहामी सबैले हाम्रो आफ्नो मात्री भाषालाई हृदय देखि नै
सद्भाव गर्दछौ किनभने हामी सबै नेपालीको सम्पर्कको भाषा नेपाली हो lप्रतिस्पर्धा र
होडबाजीको कारण युवा पिढीहरु नेपाली भाषाप्रति अभिरुचि कम राख्दैछन् किनभने उनीहरुको
सापना नै विदेशमा गै अध्ययन गर्ने हुन्छ lबिदेशमा नेपाली भाषाले काम गर्दैन किनभने
सम्पर्कको भाषा नै अंग्रेजी भै सकेको छ l यसको माग र जीवन जिउन नै अंग्रेजी अपरिहार्य
भै सकेको छ l

महाकवि लक्ष्मी प्रसाद देवकोटा पनि बहु भाषाका ज्ञाता भएता पनि उनले नेपाली राष्ट्रिय
भाषामा कलम जीवन भर चलाए ,खप्तड बाबा पनि बहु भाषाका गुरु नै थिए र अनेकौ पुस्तकहरु
नेपाली मै लेखे lजस्तो परिस्थिति भएता पनि हामीसंग नेपालीमन छ र नेपालीपन छ l त्यसैले
भाषाको संरक्षण गर्न घर भित्र नेपाली भाषा बोल्न र लेख्न आफ्ना सन्तानलाई अभिभावकले
सिकाउने वातावरण बनाउनु पर्दछ l यस्तो चाजो मिलाउन सके भावीपिढीहरुले आफ्ना पुर्खाले
संरक्षण गरेको नेपाली भाषालाई अझ मलजल गरि सम्वृद्धिशालि बनाउन सक्ने छन् l

नेपाली भाषाको संरक्षणको लागि वातावरणको निर्माण गर्नु पर्ने र बिदेशमा नेपाली समुदायमा
आफ्नो सन्तानहरुको अगाडी नेपाली भाषाको प्रयोग गर्न सके त्यसैबाट उनीहरु उत्प्रेरित भै
सिक्ने अवसर प्राप्त गर्ने छन् lअभिभावकहरुले आफ्ना सन्तान सामुन्ने जे नराम्रो गरेको
देख्दछन उनीहरुले यस्तै सिको गरेका कैयौ उदाहरण हामीले सुनेका र कसै कसैले देखेका र
भोगेका पनि छौ तसर्थ हामी सबैले भाषाको जगेर्ना गर्नु पर्दछ त्यसको शुभारम्भ हामीले
आफ्ना सन्तान र घरैबाट गर्नु पर्दछ l नेल्सन मण्डेलाले भनेको जस्तै हामी नेपाली मूलका
नेपालीहरुलाई सर्बाधिक सम्पर्कको भाषा ,अंग्रेजी भाषा प्रयोग गर्यौ भने हाम्रो
मस्तिष्कमा सम्म पुग्दछ तर हाम्रो राष्ट्रिय भाषा बोलि दियौ भने हाम्रो हृदय सम्म
पुग्दछ l तसर्थ मस्तिष्क सम्म पुर्याउने वा हृदय सम्म पुर्याउने भन्ने प्रश्न यहाहरुलाई
छोडदै ,हामी सबैले भाषा सम्बर्धन सम्बन्धमा बिकुल फुकेमा भाषा मौलाउने छ र चिरन्जीवी
हुनेछ l

अस्तु ,

विजय थापा
भर्जिनिया ,अमेरिका

 

One Response to “भाषा भाबी पिढीको लागि संरक्षण गर्नु पर्छ”

  1. I would love to learn chinese.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)