साझा सवाल: महिलामाथि बढ्दो हिंसा कसरी रोक्न सकिन्छ ?

काठमाडौंमा ८ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार । बारामा छोरीलाई हत्या गरेको अभियोगमा बाबु पक्राउ । सर्लाहीमा बोक्सीको आरोपमा महिलालाई मलमुत्र खुवाइयो। वैदेशिक रोजगारबाट फर्केकी भोजपुरकी युवतीलाई प्रहरीद्वारा बलात्कार । आजभोलि दिनदिनै यस्ता समाचार दोहोरिरहेका छन् । महिलामाथि बढ्दो हिंसा कसरी रोक्न सकिन्छ? आज हामी महिलामाथि भइरहेका ज्यादती र त्यसलाई रोक्ने उपायका बारे बहस गर्दैछौं । बहसमा हामीसँग अन्तरपार्टी महिला सञ्जालका पूर्व अध्यक्ष एवं एनेकपा माओवादीका नेतृ शशी श्रेष्ठ, राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेख चाँदतारा, प्रहरी प्रवक्ता डिआइजी केशव अधिकारी र महिला अधिकारकर्मी डा. रेणु राजभण्डारी हुनुहुन्छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

18 Responses to “साझा सवाल: महिलामाथि बढ्दो हिंसा कसरी रोक्न सकिन्छ ?”

  1. yangji sherpa says:

    अब हाम्रो नेपालमा यस्तो कानुन चाहिन्छ कि महिला हिग्स्सा होस् या कुनै अपारद घरेको होस् तेस्तो अपरादिलाई कारबाही गर्नको लागि कुनै पनि राजनीति सग हेलमेल नाबयाको छापामार समूह चाहिन्छ जुन समूह सग अटय्दुनिक हतियार सहित हुनु पर्छ र ७५ जिल्लामा तेस्तो समूह हुनु पर्छ र अपरादिलाई यस्तो सजाय होस् कि उसलाई अपाङ्ग बनायर छोड्नु पर्छ तर तेस्तो समुहलाई कुनै पनि राज्नितिहरुको दबाब हुनु हुदैन अनि मात्र बल्ल हाम्रो देशमा सान्ति हुन्छ नत्र अपरादी हरु बढेको बढे हुन्छ

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 11

    • padam rai says:

      एस्तो अपराधीलाई जन्म कैद हुनु पर्ने जस्तो लaग्छ अपराध सम्बन्धि प्रमान जति सके पछि

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

  2. ranjan miya says:

    nepal ma yasto rokna ko lagi readlight area hunu par6

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

  3. John says:

    सजिलो तरिका फासी को सजाय हुनु पर्छ भेट्यो कि गोलि हान्नु पर्छ चोर हरु लाई

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

  4. phurba tashi gurung says:

    महिला हिंसा …जुन मुख्य बक्ता हरु हुनुहुन्छा नि हो उहा हरु दिनभर महिला हिंसा को बिरोध मा तारे होटल मा मिटिंग बस्नु हुन्छा ..घर पुगे पछी कान्छी (घरमा काम गर्ने अबोध गाउले केटि )लै मद्य रात सम्म काममा दलौनु हुन्छा …खै त नारायण जी ति कान्छी हरुको लागि केहि विकल्प छैन र ?कि गाउकी कान्छी महिला होइनन र ???बास्तबिकता खोज्नुस ..२ सब्द मिठो बोल्न जान्दैमा ठुलो र इज्जत हुन सक्दैन हाम्रो नेपाली समाज मा ..

    Well-loved. Like or Dislike: Thumb up 59 Thumb down 0

  5. Rajendra Uprety says:

    Nepal मा महिला हिंशा सम्बन्धि बहस सुन्दा मलाई धेरै कुरा खड्कियो , मेरो बिचारमा सब्वंदा पहिला पुलिस प्रसासन निर्विक भएर कम गर्न सकोस, राजनीतिक तहमा गुन्डा पाल्ने काम बन्न्दा गरियोस, महिला सछारता सुस्म रुपमा लागु गरियोस, कडा वन्द कडा कानुन को बेबस्था र तेस्को प्रयोग को बेबस्था होस्, राजनीतिक संरछान गर्ने नेता माथि कडा कारबाही होस् , प्रवाब कारी महिला संजाल सोतंत्र रुपमा लागु होस्
    येसो वयेमा चाडैनै महिला हिंशा बन्द गर्न सकिन्छा जस्तो लग्छ.

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

  6. kishwor sherpa says:

    महिलामाथि हिंसा कसरि रोक्न सकिन्छ ? मुख्यतय कानुन कडा चुस्त दुरुस्त हुनुपर्यो | कानुन सबै वर्ग समुदायमा समान हुन पर्यो | कानुन बनाउदा हाल भइरहेको समस्यालाई मध्ये नजर राख्दै जसले जसरि पनि अर्थ लगाउने खालका दोभासे कानुन हुनुभएन | सार्बजनिक ठाउ र यातायातका साधनहरुमा कढैका साथ शुरक्ष परिचालन हुनुपर्यो | यति गर्दा पनि पालन नगरियको भेटीए बाकी फासिको सजाय भए महिला हिंसामात्र होइन सबै हिंसा बन्द हुन्छ |

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

  7. nepali says:

    मलाई यहाँ सब भन्दा मन नपरेको कुरा त नेकपा माओबादी ससि कला दिदि को हो ,दिदि नेपालमा कम्निस्ट भनेको हिन्दु धर्म र जसले चाहे दुख र सैङ्ग्ग्र्स गरे आर्जन गरेको धन होस तिनी हरुको धनमा आखा लगाउनु ,हो हिन्दु धर्ममा र अरु धर्म मा अनि समाजमा केहि कुरीति छन् र तिनी हरु बिस्तारै हददै पनि छन् तर कुरा माओबादी को तपैले किन समाज लै यति दोस दिनु हुन्छ ,तपाई को नेता पर्चंदा ले अझै नारी अधिकार बुजेनना ,पोस्था बहादुर बोगटीले बुडी को बेजती सुन्नु परियो , यस्ता अनगिन्ति घटना हजुर हरु छन् आफुले सर जिबन दिदा दसा तेस्तो छ अनि अरु लै दोस लगाउन लाज लाग्दैन

    अनि अरुको कुरा राजा भण्डारी दिदि लै छोटा मोटा लुगा लगुना किन नपाइने भनेर खुबै अर्ज्हनु भयो , के गर्नु दिदि तपाइको देस European होइन जहानियम प्रधान मन्त्रीलाई उसैको कार्यकला लाग्ने , Nepal हो तेसैले आफुले पनि यसो होसियारी अपनाउनु राम्रो हुन्छ ,जस्तो पशुपति मा गहना लगायर जान डर भय जसतै हो .

    दुनियामा अपराध नियन्त्रण गर्ने भनेको त पहिला मनिस ले आफ्नो नैतिकता बचायर हो ,दोस्र्सो भनेको नीतिनियम अनुसार नै हो .

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

  8. आजसम्म को अनुभब बाट हेर्दा हाम्रा नेता ले नै महिला हिम्सा होस् भनेर कम्जोर कानुन अनि कम्जोर करबि गर्ने नीति पास गर्छ / तपाई भन्नुस तिनै मान्छे महिला /महिला भन्दै सडक मा हिद्छां तर कानुन बनौदैनन र करबि पनि गर्दैनन् किन ? सब नेता लाई चिल्ला गाडी र सिंघ दरबार भए पुग्छ /

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  9. Muna Rai says:

    Wऔ!! आजको साझा सवाल एकदमै मन पर्यो. विशेष गरी माल्भिका, राज भण्डारी दिज्यु र कानुनविद ज्यु वहाहरुको शब्दहरु तर्कपूर्ण र गहन छन्|साच्चै यो हत्यारा बलात्कारी तथा जुन सुकै अपराध महिला हिंसामा संलग्न पसुहरुलाई त कानुनविद्ले भने जस्तै १ घण्टा भित्रमा आफ़ैमिलेर झ्याप खुकुरीले छप्काउनु पर्छ |डी.एस. पी.,इन्स्पेक्टर, पोलिस फोल्लिच्ले केहि ख्यास्दैनन| घुस्याहा भ्रष्टहरु

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  10. Shesh laoti says:

    अपराधको प्रकिति अनुशार अपराधीलाई हदैसम्मको कारवाई जस्तै जन्मकैद सम्मको कानुनी व्यवस्था हुनु पर्छ भने त्यो भन्दा पनि महत्वपूर्ण कुरा पिडित लाई र तमाम महिलाहरु माथि हेर्ने हाम्रो समाजको दृष्टिकोन लाई सुधार्नु अतिअबश्य्क छ/

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  11. Shesh laoti says:

    अपराधीले अपराध गर्दा आफनो कुनाचाही जिब्रो प्रयोग गरेको थियो त्यसलाई झ्वाट्ट थुतेर निकाल्ने ! अनि अचानोमा राखेर ट्वाक..ट्वाक…. मिलाएर काट्ने !! त्यसपछि मस्त तेलमा पर्रर…….फ्राई गरेर चट्ट नुन खोर्सानी संग साधेर…… ची….सो बियर संग ठ्वक मिलाएर टकरै दिने……कुकुरलाई!!!

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  12. himal says:

    यसप्रकारको घटनालाई लिएर सरकार वा सम्बन्धित निकायलाई दोष दिनु भन्दा अबको आन्दोलन छिटो संबिधान निर्माण गर भन्ने बारेमा हुनु परयो/जब संबिधान बन्छ तेसमा बलात्कारीलाई सर्बोस्वा सहित जन्म कैद राखने र सोहि कैदीको जफत सम्पत्ति बाट पिडितलाई भर्पोषण गराउने बेवास्था हुनु पर्छ/यदि बलात्करिसंगा जफत गर्ने कुनै चल अचल सम्पत्ति नभएको खण्डमा पिडितको सम्पूर्ण जिम्मा सरकारले लिनु पर्छ /र पीडकलाई जन्म कैद गरिनु पर्छ /

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  13. अरुण रिजाल says:

    वाह जहाँ पनि नेता हरु राजनीति घुसाउन माहिर हाम्रा राजनीतिज्ञ | सन्दर्भ एक /बिषय एक /बिसलेषण हुनु पर्ने एउटा त्यस्तो ठाउ मा पनि राजनीति जोड्ने पाखण्डी नेता हरु |धिक्कार छ तिमि हरु लाइ तर्क दिन न सके त्यस्तो कार्यक्रम मा नजाउ तर कृपा गरि यस्ता बिसुद्द सामाजिक कार्यक्रम मा राजनीति नघुसाई देउ|

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  14. Dal Thapa says:

    यस साझा सवाल कार्य क्रम ले साँची नै जनचेतना फ़ैलाउनुको साथै सामाजिक परिबर्तन र राष्ट्र निर्माण मा ठुलो योगदान पुग्ने देखिन्छ ! कार्यक्रम संचालक नारायण ज्यू धन्न्यबाद भन्नई पर्छ ! महिला माथिको बढ्दो हिंसा कसरि रोक्न सकिन्छ भन्ने बहस निक्कै रोचक र ज्ञानमूलक लाग्यो ! सबै कुरा सुन्दै जाँदा घोंचिला पेचिला कुरा अनि समाजमा रही आएको हुनेगरेको बिकिर्ती विसंगति अन्याय अत्याचार पुलिश प्रशासन को शान्ति सुरछ्या र जिम्मेवार लियको डी.आइ .जी सहाबको अबिब्यक्ति सुन्दा पनि लाजमर्नु कति कम्जोर मनस्थिति अचम्मै लाग्यो ! आए जति सबैको उजुरी लिएर चाङ्ग लगाएर मात्रै भएननी भन्ने यस्तो त छ सोंचाई र बुझाई जिम्मेवार लिएर बसेको को अविब्य्क्ती अनि कहाको होस् सान्ति सुरछ्या ? अरु सबै ठिकै हो भन्नु पर्ला महिला हरु यस बिषय मा लागि पर्नु भाकै छ तर पुलिश प्रशासन बाटै सुनुवाई नभए पछि के गर्नु यसमा सुधार हुन अति जरुरि छ ! बरु एउटा कुरा गर्नै मन लाग्यो महिला अधिकार कर्मी अणु दिदीले अहिले का महिला दिदि बहिनीहरुले कपडा लगाई हिडाई मा पनि बिचार पुर्याउनु पर्ने देखिन्छ भनेर यही मंच बाट भनि दिएको भए अलिकता महिलाहरु को लागि चेतना मुलक पनि हुने थियो ! अहिले यस्ता बिबिध उत्तेजना आउने खाल का फिलिम ,संचार का साधन यस घटना का कारक तत्वो हुन् ! मेरो आफ्नो बुझाइ हो अन्यथा नलिनु होला कसैले पढ्नु भयो भने !

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  15. nayan chamling says:

    नेपालमा अहिले महिला बलात्कार र हिंग्सा चरम सीमामा पुगेको छ .यो हामी नेपाली को लागि दुखको कुरा हो साझा सवाल को कार्यक्रममा हेरे पछि यो प्रस्ट थाहा हुन्छ कि प्रहरी प्रसासनको ठुला कमजोरी छ यी सबै बाहिर आएका हुन् त बाहिर नआएका कति दर्दनात्मक घटनाहरु कति छन् अभाब छ मृतु दण्डको सजाय . फरक तरिका बाट हेर्ने कोसिस गरौ
    बलात्कारका कारण हरु
    १) अहिले सबैको हातमा फोन छ महिलाको हकमा कमै भए पनि १२ देखि सम्मका सबै पुरुस हरुको मोलबाइलमा ब्लु फिल्म छ भन्दा फरक नपर्ला यसले बलात्कार र योन हिंग्सालाई प्रेरणा मिलेको छ .
    २) फेसबुक र पत्र पत्रिका मा देखयिने नाङ्गो तस्बिरले बलात्कार र योन हिंग्सालाई प्रेरणा मिलेको छ .
    ३) फेसन अर्को कारण हो सडकमा हिड्दा महिला ले लगाउने पहिरले पनि हो त्यसो भन्दा फेसन गर्न हुदैन भन्न खोजेको होइन तर केहि समय यता बाट दुखका साथ भन्नुपर्दा अलि सिमा नाघेको छ .अन्य धेरै कारण छन् अलि गौण छन .
    महिला हिंग्सा
    १) महिलाहरु महिला बाटनै हिंसामा परेका छन्
    २) धार्मिक अन्ध बिस्वासको कारण सबै भन्दा बढी हिंग्सामा छ जो धर्मको कारण लाज हुने डर परम्परा तोडिने डर क कारण हिन्ग्समा परेका महिला हरुले बाहिर ल्याउन चाहदैन .
    ३) बेरोजगारी पनि अर्को डरलाग्दो आफ्नो रोजीरोटी गुम्ने दरले
    हिंग्सामा परेका महिला ले बाहिर यो पिडा ल्याउन चाहदैनन्

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  16. नेपाल मा धेर्रै महिला हिंशाको बारेमा लेखिएको कमेन्ट पढे सबैको एक्कै खाले प्रतिकिया दिएको बुझिन्छा, जो पुरुष हरु बाट महिलाहरु माथि भएको हिंसा को बारेमा मात्रै एक तर्फी त्यो ठिक्कै होला जो महिला पुरुसहरुबाट हिंसाको सिकार भएका छन् उसलाई कानुन बमोजिम सजाए हुनु पर्छ// यसमा मेरो पनि १००% सपोर्ट छ //,तर nepal मा यस्ता पुरुष हरु पनि छन जो महिलाहरुकै कारणले गर्दा धेर्रै पिडित छन// महिला हरुकोइ कारणले गर्दा आफ्नो सुन्दर घर pariwar धन सम्पति समेत गुमाउनु परेको घटना धेर्रै छन्,,अनि जीवन भरि मुटु माथि ढुंगा राखी बाच्नु परया छ,,एति मात्रै होइन कत्ति पुरुषले त आत्मा हत्या जस्ता घटना पनि गरि सकेका छन,,यसको जिम्मेबारी को हो .?
    १- जो श्रीमान आफ्नै श्रीमती छोरा छोरी को सुन्दर भाबिशे को सपना बोकी विदेशमा या सोदेशमा रात दिन दुख गरेर घर खर्छ मोटो रकम श्रीमतीलाई पठाउने तर श्रीमती भने आफ्नो लोग्नेको सतमा नबसी कात्तिके कुकुर्नी जस्तो १० नागा खेलाउने,लोग्नेको सम्पतिमा पर पुरुस संघ मोज मस्ती गरेर हिड्ने अनि जब पाप धुरी बाट कराउनु थाल्छ,,र लोग्नेले र छर छिमेकीले थाहा पाए पछि आफ्नो पाप ढाक छोप को लागि सुटुक्क माइती भाग्ने अनि लोग्ने संघ छोड पत्र गरि आधी अंश दिलाई pau भनि लोग्ने या उनका परिवार को सल्ला बिना अदालतमा अंश बंडा को झुटो किर्ते मुद्दा हाल्ने ति पातकी महिलालाई नेपाल सरकारको कानुनले कस्तो सजाए हुन्छ,त्यो घर बिगार्ने महिला बाट त्यो लोग्नेले पनि आधि अंश पाउछकि पाउदैंन नेपाल को कानुन मा,?किनकि कानुन सबैको लागि बराबर होकी, महिलाले जे गरे पनि लोग्नेले चुपचाप सहनु पर्छ, लोग्नेलाई मात्रै कानुन लाग्छ भन्ने नेपाल को कानुन मा छ कि?तर ,संसारको कुंनै पनि देश को कानुन मा कसैको घर परिवार धन सम्पति जान जानी हानी नोक्सानी गर्नु गराउनु कुंनै महिला या पुरुष लाई छुट छैन,जसले गल्ति गर्छ उ सजाएको भागीदार हुन्छ,,तेसै कारण मेरो अनुरोध यो छकि नेपाल का महिला हिंशा बिरुद्ध लड्ने बुद्धिजीबी महिलाहरु र नेपाल सरकार का कानुन विद हरु लाई मेरो कमेन्ट को सहि जवाब दिनु होला,,जवाब को प्रतिछा मा छु,
    जय नेपाल,,,….

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 0

  17. purushottam says:

    सबैजनाले ओशो को किताब पढ्नुहोस
    त्यहि नियम लागौनुस बलात्कार शुन्य हुञ्छ पक्का हो

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)