दैलेख,पुष २९ । दैलेखका पत्रकार डेकेन्द्र थापा हत्या प्रकरणमा भईरहेको कानूनी कारवाहीमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले ठाडो हस्तक्षेप गरेपछि स्थलगत भ्रमणमा रहेको नेपाल पत्रकार महासंघको मिशन टोलीले आइतबारदेखि अध्ययन सुरु गरेको छ । महासंघका अध्यक्ष शिव गाउँलेको नेतृत्वमा पुगेको टोलीले पीडित पत्रकारका परिवार, स्थानीय पत्रकार, प्रशासन, नागरिक समाज, राजनीतिक दललगायतसँग छलफल गरी यथार्थ विवरण लिने प्रक्रिया थालेको हो । टोलीमा महासंघका सल्लाहकार पोषण केसी, केन्द्रीय सदस्य सूर्यमणि गौतमलगायत रहेका छन् । महासंघको टोली पुग्नासाथ दैलेखमा पत्रकार थापाको हत्याका आरोपीहरुसँग अहिलेसम्म लिईएको बयान र प्रमाणहरु नष्ट गर्न सरकारले दिएको आदेशको विरोधमा ब्यापक जनप्रदर्शन भएको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
प्रदर्शनमा ठूलो संख्यामा नागरिक समाजका अगुवा, पत्रकार, विभिन्न पेशा, वर्ग र क्षेत्रका ब्यक्तित्व तथा सर्वसाधारण सहभागी थिए । प्रदर्शनमा सहभागीहरुले अनुसन्धान स्थगन गर्न र प्रमाण नष्ट गर्न सरकारले दिएको आदेशको विरोध गर्दै दोषीलाई कारवाही गर्न माग गरेका थिए । प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शिव गाउँलेले अनुसन्धान रोक्न दबाब दिने प्रधानमन्त्री भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानविरुद्ध सर्वोच्चमा रिट दायर गर्ने बताए । उनले सरकारले जतिसुकै दबाब दिएपनि न्यायको लडाइ नरोकिने पनि बताए । यसअघि प्रधानमन्त्री बाबुराम भट्टराईका सरकारी कानूनी सल्लाहकार महान्यायाधिवक्ता मुक्ति प्रधानले जिल्ला न्यायाधिवक्तालाई प्रमाण नष्ट गर्न दबाब दिएका थिए । जसका कारण अहिलेसम्म संकलित बयान र प्रमाण नै नष्ट हुने खतरा बढेको छ । महान्यायाधिवक्ता प्रधानले सबैखाले कानूनी प्रक्रिया रोक्न लिखित आदेश नै दिएपछि दैलेखस्थित सरकारी वकिलको कार्यालयले बयान नै रोकेको छ । पत्रकार थापाको हत्यामा संलग्नहरुलाई बचाउन सरकारले गरिरहेको षडयन्त्रबारे छानविन गर्न काठमाडौबाट मानवअधिकारकर्मीको ६ सदस्यीय टोली पनि दैलेख पुगेको छ ।
जो जुन पार्टीको भय पनि अपरादीलाई कानूनी कारवाही गर्न प्रधानमन्त्रीले किन हस्तक्षेप गर्न खोजेको होला ? त्यो पनि पत्रकार
जस्तो देशको एक पेशाकर्मीलाई, एस्त अपरादी लाई त साबि जना मिली कारबाई अगाडी गर्न सयोग गर्नु पर्ने होएन र?
Well-loved. Like or Dislike:
724
355
हौ, के पो
मन परे हरियो, नपरे रातो
8
3
शिब गाउँले जी यो बेमौसमी बाजा नाबजाउदा राम्रो होला ! बजाउनु राम्रो होला जहिले शान्ति र संबिधान बनि सके पछि मात्रै !यदी नेपाल मा शान्ति चाहने हो भने !
मन परे हरियो, नपरे रातो
8
11
दल थापा जी, तपाइले भनेजस्तो मौसमी बाजा चै के पर्यो? त्यो पनि स्पस्ट पर्दिनु भाको भए उत्तम हुन्थ्यो कि?
मन परे हरियो, नपरे रातो
5
3
मैले उतर पनि संगै दिएको छु त फेरी दोह्र्याएर पढ्नुस हजुर !
मन परे हरियो, नपरे रातो
2
3
के नेपाल अब सधै यहि किचलो मा फस्ने हो १० बर्से जन्यूद्ध मा भयका सम्पूर्ण घटना क्रम हरु फेरि दोरियाएर देश लाई अनेयोल तर्फा लैजाने कि निकास एक ले आर्को गरि सबै घटना क्रम हेर्ने हो भने सबै पार्टी का नेता लाई जेल हाल्नुस अनि तेस्मा पनि नेपाली सेना जना सेना प्रहरी सबै र धेरै थोरै जनता पनि अनि देश लाई कुनै बिदेशी को हातमा सुम्पिदिनुस बल्ल आनन्द होला (न रहन्छ बास न बज्छ बासुरी)
मन परे हरियो, नपरे रातो
0
0