उखु खेतमा आगो,३ लाख बराबरको क्षति

रौतहट,माघ १ । रौतहटको एक किसानको उखु खेतमा आगो लाग्दा तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । गेडहीगुठी वार्ड नं. ३ का मणिलाल सहनीको १५ कठ्ठा खेतमा सोमवार विहान आगो लागेको स्थानीय कृष्ण सहनीले बताउनुभयो । आगो कसरी लागेको भन्ने थाहा हुन सकेको छैन । एक वर्ष लगाएर उब्जाएको उखुमा अचानक आगो लागेर सखाप भएर ठूलो क्षति भएको किसान मणिलाल सहनीले बताउनुभयो ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)