घिउ चाकु तरुल खाएर मनाउने मकरसक्रान्ति पर्व नुवाकोटको तारुका र वेत्रावतिमा सोमबार गोरु जुधाएर मनोरन्जन लिदै संक्रान्ति मनाएका छन् । नेपालको राजनीतिले समाजलाई समेत कसरी विभाजित गरेको छ भन्ने उदाहरण नुवाकोटमा देखिएको छ । राजनीतिक तुषकै कारण नुवाकोटको प्रसिद्ध गोरु जुधाउने मेला पनि छायाँमा परेको छ ।माघे संक्रान्तीका दिन गोरु जुधाउने सय बर्षदेखिको मेला यस पटक राजनीतिक रुपमा विभाजित भयो । जिल्लाका तीनवटा प्रमुख पार्टी सम्वद्ध किसानहरुले आज छुट्टाछुट्टै स्थानमा गोरु जुधाउने मेला आयोजना गरे ।एकीकृत माओवादी समर्थकहरुको गोरु जुधाईको उद्घाट्न पर्यटन मन्त्री पोष्टबहादुर बोगटीले गरे भने एमाले लगायत पक्षको गोरु जुधाईको उद्घाटन युवा संघका अध्यक्ष महेश बस्नेतले गरे ।नुवाकोटको तारुकामा गोरु जुधाउने गरिएकोमा यस पटक बेत्रावतीमा पनि गोरु जुधाउने मेला आयोजना गरियो । दुवै स्थानमा गरेर २४ हल गोरु जुधाइएको मेला व्यवस्थापन समितिले जनाएको छ । कृष्णबहादुर अधिकारी, शिवदास श्रेष्ठ, प्रकाश रेग्मी लगायतका गोरुले जितेका थिए ।विजेता गोरु धनीलाई एक हजार र उपविजेतालाई ५ सय रुपैयाँ प्रदान गरिएको थियो । गोरु जुधाई हेर्न २० हजार भन्दा बढीे मानिस सहभागी थिए ।बझाङ्गी राजा जयपृथ्वीवहादुर सिंह तारुका गाविसको चन्दनीस्थित मामाघर जाँदा भान्जालाई मनोरञ्जन दिन उनका मावालीले बाजागाजासहित गोरु जुधाउने परम्परा थालेको बताइन्छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
बहादुर गोर्खालीको छोराले जानुवार गोरु जुदाई खेल हेर्नु अलिकति पनि सुहाएन तेस्मथी हिन्दु राष्ट्र बन्नेहरु कहाँ मोरे गाइ माताको रुपमा पुजे पछि गोरु पिता मान्नु पर्ने खोइ यी कुरा को सम्मान
Well-loved. Like or Dislike:
296
231
What a stupid festival. Entertaining by making others fight.
Well-loved. Like or Dislike:
65
21
हाम्रो नेता हरु को भन्दा पशु भए पनि गोरु हरु को दिमाख छ जस्तो लाग्छा नेता हरु ता पशु भन्दा गएको हुँदो रहेछ
Well-loved. Like or Dislike:
32
3
Honestly, I can’t enjoy watching innocent animals fighting. For f***s shake.
Well-loved. Like or Dislike:
46
3
यसरि गोरु लडाउने जस्तो पशु अधिकार हनन हुने काम गर्ने मंत्री पोष्ट बहादुरलाई कारबाही गरिनु पर्छ/
Well-loved. Like or Dislike:
55
21
नुवाकोटका राज – नेताहरु गोरु जुधाएर नया शिक्षा लिएरहेछन, कि जनता कसरि जुधाउने भनेर / नत्र युगौं देखि चल्दै आएको परम्परालाइ किन राजनीतिककरण गराउनु पर्थ्यो ?
मन परे हरियो, नपरे रातो
4
0