हिमालयन शेर्पा क्लव विजयी

काठमाडौं,माघ २ । राजधानिमा जारी सहिद स्मारक रेडबुल ए डिभिजन लिग फुटबल अन्तर्गत मंगलवारको पहिलो खेलमा हिमालयन शेर्पा क्लव विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा जाउलाखेल युथ क्लबलाई २–१ ले हराउँदै हिमालयनले स्पष्ट ३ अंक बटुलेको छ । यो जितसँगै रेलिगेसनबाट जोगिएको हिमालयन शेर्पाको सुपर एटमा पुग्ने गणितीय संभावना कायम छ ।
हारपछि जाउलाखेलको सुपर एटमा पुग्ने सवै संभावना सकिएको छ र उसको रेलिगेसनमा पर्ने संभावना पनि कामय छ । हिमालयन शेर्पाका लागि दुवै गोल धिरज तामाङ्गले गरेका हुन भने जाउलाखेलका थोमस वाङ्गिराले एक गोल फर्काएका हुन् ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)