नेपाल र कुवेतबीच हुने भनिएको दोस्रो मैत्रीपूर्ण खेल रद्ध

माघ २ । नेपाली महिला फुटबल टिम र कुवेतबीच मंगलबार हुने भनिएको दोस्रो मैत्रीपूर्ण खेल रद्ध भएको छ । दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपाल तयारी अवस्थामा रहेपनि कुवेतले आफ्ना खेलाडी घाइते भएको भन्दै नखेल्ने बताएपछि खेल रद्ध भएको हो । फूटबलको सर्वोच्च निकाय फिफाले अधिकारिकता प्रदान गरेको मैत्रीपूर्ण खेलबाट नेपाली महिला टिमको वरियताक्रम सुध्रने अपेक्षा गरिएको थियो । दोस्रो मैत्रीपूर्ण खेल रद्ध भएपछि नेपाली टिमको वरियतामा पनि असर पर्ने भएको छ । पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न कुबेत पुगेको नेपाली टिमको पहिलो अनुभवनै नमिठो भएको छ । पछिल्ला दुई वर्षमा दक्षिण एसियाली खेलकुदको तीन महत्वपूर्ण प्रतियोगिताको उपविजेता बनेको नेपालले पहिलो मैत्रीपूर्ण खेलमा कुवेतलाई आठ शून्यको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपाली टिमका प्रशिक्षक कुमार कटुवालले खेलको लागि टिम तयारी अवस्थामा रहेपनि खेल्न नपाउँदा दुःख लागेको प्रतिक्रिया दिनुभयो । नेपाली टिम भोलि स्वदेश फर्कनेछ ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)