थ्री स्टारद्वारा नेपाल पुलिस क्लव पराजित

काठमाडौं,माघ २ । राजधानिमा जारी रेडबुल सहिद स्मारक ए डिभिजिन लिग फुटबल अन्तर्गत मंगलवार भएको दोश्रो खेलमा थ्री स्टार क्लव विजयी भएको छ । दशरथ रंगशालामा नेपाल पुलिस क्लवलाई २–० ले हराउँदै लिगको शिर्ष स्थानमा रहेको थ्री स्टारले महत्वपूर्ण ३ अंक बटुलेर ३ अंकको अग्रता लिएको छ । थ्री स्टारलाई जिताउन इब्राहिमले एक गोल गरे । यस्तै ८१ औं मिनेटमा पुलिसका सुमन सुवेदीले आत्मघाती गोल गरे । यो नतिजासँगै थ्रीस्टार क्लवको १३ खेलबाट २९ अंक भएको छ । दोश्रो स्थानमा रहेको रानी पोखरी कर्नर टिम आरसिटी र तेश्रो स्थानमा रहेको मच्छिन्द्र क्लवको १३ खेलबाट २६ अंक मात्र छ ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)