नेपाल भुकम्पको उच्च जोखिममा रहेको देश भएकाले ठूला भुकम्प गएमा धेरै धनजनको क्षति हुने

माघ २ गते देशभर राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईयो । विक्रम सम्बत १९९० साल माघ २ गते नेपालमा महाभुकम्प गएर जनधनको ठूलो विनास भएको संझना गर्दै हरेक बर्ष भुकम्प सम्बन्धी जनचेतना फैलाउन यो दिवस मनाईन्छ । यस अबसरमा नेपाल सरकार र विभिन्न संघसंस्थाहरुले राष्ट्रब्यापी भुकम्पीय पुर्वाभ्यास संचालन भएको थियो । भुकम्प आएमा के गर्ने भन्ने सिकाउन यो पुर्वाभ्यास गराउन लागिएको हो । नेपाल भुकम्पको उच्च जोखिममा रहेको देश भएकाले ठूला भुकम्प गएमा धेरै धनजनको क्षति हुने विज्ञहरुले बताएका छन् । नेपालमा साना खाले भुकम्पका धक्काहरु बेलाबेलामा महसुस गर्ने गरिएको छ । १९९० को महा भुकम्प गएको झन्डै ८० बर्ष बितिसक्दा हामी १५ औ भूकम्प दिवस् मनाई सकेका छौ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

2 Responses to “नेपाल भुकम्पको उच्च जोखिममा रहेको देश भएकाले ठूला भुकम्प गएमा धेरै धनजनको क्षति हुने”

  1. John says:

    साएद अर्को भुकम्बा निम्त्याएको होला

    मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 7

  2. “……देश रोइ रहेको छ”

    व्यबस्थापिका मक्ख छ
    कार्यपालिका ठप्प छ
    न्यायपालिका चुप्प छ
    पत्रकारिता भुक्क छ
    यी सबै देखेरै हुनु पर्छ आज ,
    धुरु धुरु देश रोइ रहेको छ |

    भोकालाई गास छैन
    निर्बासिलाई बास छैन
    नंगालाई कपास छैन
    पिडितलाई आश छैन
    यी सबै बुझेरै हुनु पर्छ आज,
    धुरु धुरु देश रोइ रहेको छ |

    महंगीले आकाश छोयो
    छिमेकीले सिमा मिच्यो
    गरिवीले सिरै किच्यो
    दण्डहिनताले सब जित्यो
    सायद हुनु पर्छ !!
    यो पर्लय देख्दा !!
    ‘मेरी आमा नेपाल आमा’
    अत्तालीकी छन् , छटपटायकि छन्
    र त आज मेरो देश रोयको छ,
    नेपाली र नेपाल रोयको छ ,
    धुरु धुरु देश रोयको छ , हाम्रो देश नेपाल रोयको छ ||

    -”मेरो नेपाल प्यारो नेपाल”

    Well-loved. Like or Dislike: Thumb up 27 Thumb down 3

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)