काठमाडौं, माघ ३ नेपाल क्रिकेट संघ (क्यान) को मातहातमा रहने गरी स्थापित नेसनल क्रिकेट एकेडेमी (एनसिए) को शुभारम्भ गरिएको छ। राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले झन्डै ६ महिनाअगाडि ल्याएको एनसिएले मंगलबार मूर्त रूप पाएको हो।उनले नेपाली टोलीका प्रमुख प्रशिक्षक नै एनसिएको मुख्य व्यक्ति हुने जनाउँदै दुई प्रशिक्षकमा जगत टमाटा र विनोद दास रहेको बताए। त्यस्तै रमन सिवाकोटी कम्प्युटर विश्लेषकमा छन्। हाललाई राष्ट्रिय टोली, नेपाल ‘ए’, यु-१९ टोली तथा महिला राष्ट्रिय टोलीले एनसिएअन्तर्गत रहेर प्रशिक्षण गर्नेछन्। त्रिवि मैदानस्थित स्टोर शाखा रहेको भवनलाई जिम सेन्टर बनाई एनसिएको स्थापना गरिएको हो।प्रशिक्षक दासानायकेका अनुसार छिट्टै १२ वर्षमुनिका खेलाडीबीच परिचयात्मक कार्यक्रम ल्याइनेछ। यु-१२ का ती खेलाडीलाई सातामा एक दिन प्रशिक्षण दिइनेछ। भविष्यमा प्राविधिक विश्लेषक, फिजियोथेरापी, फिटनेस टे्रनर तथा ब्याटिङ र बलिङका विशेष प्रशिक्षकद्वारा खेलाडीलाई प्रशिक्षण गराइने छ। दासानायकेले अर्को वर्ष काठमाडौं बाहिर एनसिएका थप तीन शाखा खोल्न प्रयास गरिने बताए।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
मा निकै खुसि छु र उतर उत्तर को कामना गर्छु ल
मन परे हरियो, नपरे रातो
11
2
निकै राम्रो
मन परे हरियो, नपरे रातो
9
2
good job
मन परे हरियो, नपरे रातो
5
1
मलाई पटकै मन परेन किनकी यहाँ पनि कुन बेला राजनीति गुस६अ र बिबाद को खबर सुन्न पाइएला सुभ खबर सुन्न पाइएको 6aina राजनीति घुसी हाल्छ कहिले पियोर मह खाने दिन आउ६अ त नेपाल मा
मन परे हरियो, नपरे रातो
3
1